This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Translate

Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Friday

यौनबारेमा पुरुषभन्दा महिला धेरै जानकार

image


पुरुषले आफूलाई यौन सम्बन्धका बारेमा निकै जानिफकार ठान्ने गरे पनि हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले यौनबारेमा पुरुषभन्दा महिला निकै जानकार रहने गरेको देखाएको छ ।
एसोसिएटेड प्रेस र लाइफगोजस्ट्राग वेबसाइटले गरेको सर्वेक्षण नतिजाअनुसार ५९ प्रतिशत महिला यस्ता छन्, जसलाई यौनबारेमा थाहा नभएका कुनै कुरा छैनन् । तर, यस मामलामा ४८ प्रतिशत पुरुषमा मात्र आत्मविश्वास पाएको छ ।
इन्डियाना विश्वविद्यालयका शोधकर्ता डेबी हेरबेनिकका अनुसार महिला यौनबारेमा आफ्ना साथीसँग पुरुषले भन्दा धेरै कुरा गर्ने गर्छन् । उनीहरू मनोवैज्ञानिक तथा डाक्टरसँग यौनबारेमा सल्लाह लिन पनि हिच्किचाउँदैनन् । महिला यौनबारेमा बढीभन्दा बढी कुरा थाहा पाउन किताब तथा फिल्मको समेत सहारा लिने गर्छन् । जसकारण पुरुषभन्दा महिला यौनबारेमा बढी जानकार हुने गरेको देखिएको छ ।

naya patrika

Saturday

भारतीय सोध्छन्- ‘गर्भवति बन्ने कसरी ?’

कसलाई के को चिन्ता घरज्वाईंलाई खानकै चिन्ता भन्ने उखान नेपालीमा प्रचलित छ । यसको सिधा अर्थ हो भगवनका थरि थरिका यी सन्तानका रुची, चिन्ता र चासो पनि थरीथरिकै छन् । त्यस्तै एक अजिवको रुची देखिएको छ इन्टरनेट प्रयोग गर्ने भारतीयहरुमा । २१ औं शताब्दीका भारतीय युवापीढीहरुमा अझै आफ्नो आमाबुबासँग सेक्स वा सेक्स जीवनबारे खुलेर कुरा गर्ने आाट छैन । सायद यसैले होला इन्टरनेट दुनियाँको भगवान भनिने गुगल सर्च इन्जिनमा २०१० मा भारतीयहरुको हट प्रश्न थियो- गर्भवती बन्ने कसरी ? २०१० लाई बाईबाई गर्दै वर्षको अन्त्यमा गुगल इन्डियाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भारतीयहरुले गत वर्ष इन्टरनेटमा सबैभन्दा बढी सोधेको प्रश्न थियो- हाउ टु गेट प्रेगिनेन्ट अर्थात गर्भवती बन्ने कसरी ?
झण्डै १ अरब २० करोड जनसंख्या रहेको भारतमा उक्त प्रश्न नै इन्टरनेटमा तेर्साइनुको पछाडि धेरै कारणहरु हुनसक्छ । पहिलो कुरा त भारतीयहरु अझै पनि सेक्सको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । सायद नयाँ पुस्ताले मनको बह पोख्ने ठाउँ भेटाए गुगललाई । भारतीय युवाहरुले जिज्ञासा राखेका अर्को प्रश्न चुम्बन र केटी पट्ट्याउने तरिकाबारे थियो । विपरित लिङ्गिसँग सफल सम्बन्ध कायम गर्न युवापिढीले देखाएको यो चासो र चिन्ता हो ।
इन्टरनेट प्रयोगकर्ता भारतीयहरुको चिन्ताका बिषय अरुपनि छन् । जस्तो अंगे्रजी भाषाको सुधार कसरी गर्ने ?, वजन कसरी घटाउने ?, ध्यानका तरिकाहरु के के हुन ?, पैसा कसरी कमाउने लगायतका बिषयमा पनि उनीहरुले इन्टरेनट गुरु अर्थात गुगललाई प्रश्न सोधेका छन् । इन्टरनेटमार्फत सुचना, प्रविधिको प्रयोग गरी आफूलाई परिस्कृत गर्दै लैजाने भारतीयहरुको यो बानीलाई भने प्रसंसा गर्नैपर्छ ।

online

Friday

चुम्बनका लागि हरेक व्यक्तिको ३३६ घण्टा खर्च

How-to-French-Kiss

बाल्यकालदेखि अहिलेसम्म तपाईले कयौ पटक किस अर्थात चुम्बन गर्नुभयो होला । तर के तपाईलाई थाहा छ आफ्नो जीवनकालमा कति समय किस गर्नमा खर्च गर्नुभयो ? यो जान्नका लागि तपाईले ‘किस स्टोरी’ नामक पुस्तक पढ्नुपर्नेछ। यो पुस्तकमा किससँग सम्बन्धित धेरै जानकारी दिइएको छ।
किस शब्द युरोपीय शब्द kussjan बाट बनेको हो । आफ्नो पुरा जीवनकालमा एक व्यक्तिले औषतः किस गर्नमा ३३६ घण्टा खर्च गर्दछन् । त्यसो त संसारमा सार्वजनिक रुपमै किस गर्ने मानिसहरुले धेरै पहिला किस गर्न सुरु गरेका थिए। तर फेरि पनि केही स्थानमा सार्वजनिक रुपमा किस गरे मृत्युदण्डको सजाय दिइन्थ्यो । १५६२ मा नेपल्समा यसप्रकारको व्यवहारका लागि मृत्यु दण्डको सजाय दिइन्थ्यो ।
भारतसहितका पूर्वी संस्कृतिको प्रभाव रहेको क्षेत्रमा बन्नेचलचित्रमा यसप्रकारको दृष्य देखाउनसमेत निकै समय लागेको थियो । १९२६ मा एक अंग्रेजी चलचित्रमा स्मुचको दृष्य सबैभन्दा पहिला देखाइएको थियो ।
फ्रेन्च किसको सुरुवात अंग्रेजीकै देन हो । तर लिप टु लिप किसको सुरुवात फ्रान्समा भएको थियो । फ्रेन्चका मानिस यसप्रकारको किस गर्न मन पराउने गर्दथे ।
स्त्री र पुरुषको क्लोज किस ८० वर्ष पहिले सन् १९२७ मा चलचित्र विङ्गस Wings मा देखाइएको थियो । यस्तै खुला रुपमा समलैङ्गक किस ठुलो पर्दामा सन् १९२२ मा फिल्म two lesbians snogging मा देखाइएको थियो । सबैभन्दा बढी किसको दृष्य भएको चलचित्र  191 – Don Juan सन् १९६०मा देखाइएको थियो । १९९० मा अल्फ्रेड वोलफ्रेमले मिनेसोटामा भएको एक समारोहका क्रममा ८ घण्टामा ८००१ जना व्यक्तिलाई किस गरेका थिए । यसरी १ मिनेटमा १६ जनालाई किस गरेको रेकर्ड बनेको थियो ।
यो पुस्तकमा हर्मोन्सका कारण दुई व्यक्तिलाई नजिक्याउने दावी पनि गरिएको छ। अर्कातिर किसका क्रममा २७८ प्रकारका ब्याक्टेरिया आदानप्रदान हुने र यसका कारण प्रेमी कयौ रोगको शिकार हुने गर्दछन् ।

एजेन्सी

'काम’ किन भयो बेकाम ?


श्रीमान्-श्रीमती दुवैको सामिप्यता स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले विकार मानिएको काम भावना जगाउने सम्भावना हुने हुँदा, त्यसलाई दमन गर्ने यही नै हो सबैभन्दा सरल उपाय हो। यो उपाय अवलम्बन गरिएन भने त्यसमा फेरि प्राकृतिक नियम स्वतः लागू हुन्छ र पुरुषभित्रको पुरुषत्व अनि महिलाभित्रको स्त्रीत्व जागृत हुन्छ र त्यसको निकासका लागि यौनको आवश्यकता हुन्छ।



संस्कार, परम्परा, अभ्यास, अध्ययन, अनुभूति जस्ता कुराहरूका अतिरिक्त एउटा अर्को कुरा पनि छ, जसको आचारसंहिता भित्र मानिस मात्र होइन सम्पूर्ण जीवजन्तु र वनस्पतिसमेत बाँधिएका छन् । त्यो कुरा प्राकृतिक नियम हो । भोक होस् वा निद्रा, लगाउँछु भनेर लाग्दैन आपै+m लाग्छ । सृष्टिलाई निरन्तरता दिन मात्र होइन, शारीरिक एवं मानसिक सन्तुष्टि अनि तृप्तिका लागि सम्पूर्ण जीवजन्तुका लागि प्राकृतिक उपहार हो- यौन समागम ।

यौनका सन्दर्भमा कुन सीमा सम्म अत्यावश्यक र कुन सीमा नाघ्यो भने विकार हो भनेर सिंमाकन गर्नु आवश्यक हुन्छ । कामका विभिन्न रूपमध्ये व्यभिचार, दुराचार, बलात्कार र अति कामुक प्रवृत्ति निश्चय पनि विकार हुन् जसका कारण समाजमा विभिन्न अपराध एवं हिंसा देखा पर्छ, तर सत्य, द्वापर, त्रेता र कलियुगमा समेत धर्म, संस्कार, परम्परा, समाज र कानुनले समेत मान्यता स्थापित गरेको र विज्ञानले पनि अपरिहार्य आवश्यकताका रूपमा मान्यता स्थापित गरेको श्रीमान्-श्रीमतीबीच हुने समर्पण युक्त शारीरिक सम्पर्क कसरी विकार हुनसक्ला ?

श्रीमान्-श्रीमतीको बीचमा विश्वास एवं आत्मियता छ भने उनीहरूबीचको सामिप्यता, स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले जन्माउने भाव हो- कामवासना । ती क्रियाकलाप बेगरको कामवासना भनेको यौन आशक्ति मात्र हो र त्यसपछिको शारीरिक सम्पर्क भनेको बलात्कार नै हो चाहे त्यो श्रीमान-श्रीमतीबीचमै किन नहोस् । एउटाको मनमा काम भाव उत्पन्न भयो र अर्कोको मनमा वितृष्णा भने त्यसले पनि एउटाको स्वार्थपूर्तिका कारण अर्कोले बलात्कारको सिकार बन्नुपर्छ । शारीरिक बनावट र अंगको संरचना निर्माण गर्दा प्रकृतिले नै गरिदिएको भेदभावका कारण महिलाले त्यो शारीरिक एवं मानसिक शोषणको शिकार बन्नुपर्ने वाध्यता हुन्छ । त्यसैले कामवासनाको भाव श्रीमान-श्रीमती दुवैको मनमा समानान्तर रूपमा जाग्नुनै चरम सन्तुष्टि र तृप्तिको आधारशीला हो । श्रीमान-श्रीमतीबीचमा पनि काम वासनालाई विकार मान्ने हो र वासनारहित दाम्पत्यको कल्पना गर्ने हो भने, आमा, बाबु, छोरा-छोरी, नोकर चाकर वा अन्य सदस्यबीचको सम्बन्ध र श्रीमान्-श्रीमतीको सम्वन्धमा के नै भिन्नता रहन्छ र ? दैनिक कामको जिम्मेवारी बाँडफाँड गर्ने अनि आ-आपmनो काम र जिम्मेवारी पूरा गर्न जुट्ने जस्ता कार्यले जीवन एउटा रुटिनमा ढालिएको दिनचर्या मात्र बन्न पुग्छ ।

श्रीमान्-श्रीमती दुवैको सामिप्यता स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले विकार मानिएको काम भावना जगाउने सम्भावना हुने हुँदा, त्यसलाई दमन गर्ने यही नै हो सबैभन्दा सरल उपाय हो । यो उपाय अवलम्बन गरिएन भने त्यसमा फेरि प्राकृतिक नियम स्वतः लागू हुन्छ र पुरुषभित्रको पुरुषत्व अनि महिलाभित्रको स्त्रीत्व जागृत हुन्छ अनि त्यसको निकासका लागि यौनको आवश्यकता हुन्छ । समागम पूर्वका अन्य सबै क्रियाकलाप भएर पनि यौन इच्छा जागृत नहुनु भनेको नपुंसकत्वको अवस्था हो जसलाई विकार मान्न सकिन्छ । जीवनको माधुर्यता र मिठासको परित्याग मात्र होइन उत्साह, उमंग र रोमान्सबाट जुन उर्जा उत्पन्न हुन्छ त्यसको मुहान पनि बन्द हुन्छ । सक्रिय र जागरुक जीवन जिउन आवश्यक ऊर्जा प्राप्तिका लागि योग साधनाको मार्ग देखाउँछन् योग गुरुहरू । व्यायाम र प्राणयाम जस्ता योग साधनाको माध्यमबाट जीवनलाई स्वस्थ्य र स्फुर्त बनाउन सकिन्छ । शारीरिक एवं मानसिक रूपमा अस्वस्थ व्यक्तिमा काम भावना पनि स्वतः निस्तेज र निस्कृय हुन्छ भने तुलनात्मक रूपमा स्वस्थ्य व्यक्तिमा त्यो भावना सक्रिय रूपमा जागृत हुन्छ ।

व्यायाम र प्राणयाम बाट प्राप्त हुने मानसिक एवं शारीरिक स्वास्थ्य लाभसँगै काम भावना पनि जागृत हुन्छ भने त्यसलाई जगाउन सहयोग गर्ने योग गुरुहरूनै किन यसलाई विकार भन्छन् ? यसलाई विकारका रूपमा यस अर्थले पनि बुझाइन्छ कि कामक्रिडापश्चात् वीर्य स्खलन हुने हुँदा त्यो वीर्यसँग सँगै जीवनको महत्वपूर्ण उर्जा खेर जान्छ । वीर्यको सञ्चय गरेर जीवनलाई ऊर्जामय बनाउन सकिन्छ भन्ने मानसिकतामा बिनातथ्यको छाप लगाइन्छ । यसको कुनै वैज्ञानिक आधार छैन ।

जीवधारीहरूमा पसिना, सिंगान, आँसु, मल, मूत्र आदि त्याज्य पदार्थका रूपमा प्राकृतिक रूपमा निर्माण भएको हुन्छ । त्यस्तै वीर्य पनि त्याज्य तत्व नै हो फरक यतिमात्र हो कि सृष्टिलाई निरन्तरता दिन त्यसमा शुक्रकिट समाविष्ट हुन्छन् । बीर्य स्खलनबाट जीवनको ऊर्जा नष्ट हुने हो भने, ब्रम्हचर्य पालन गर्नेहरू अझ त्यसमा पनि बाल ब्रम्हचारीहरू ऊर्जाको तेजका कारण शारीरिक रूपले हृष्टपुष्ट अनि मानसिक तिक्ष्णता र ज्ञानको भण्डारले विश्वमै चर्चित व्यक्तित्वका रूपमा देखापर्नुपर्ने हो । मानिस र पशुको शारीरिक बनोट र अंगको संरचना भिन्न-भिन्न भए पनि कामक्रीडाको प्रकृति एउटै हो । बिऊका लागि पालिएको बोको, साँढे वा राँगो अति कामुक हुन्छन् र उनीहरूको प्रयोजननै स्त्रीलिङ्गी पशुसँग समागम गराउनु हो । कलिलो उमेरमै प्रजनन शक्ति नष्ट हुने गरी अण्ड बिच्छेद पारिएका खसी, गोरु र रांगोको तुलनामा बिऊको बोको, साँढे, राँगो नै हृष्टपुष्ट र बलवान देखिन्छन् ।

समय-समयमा गरिने रक्तदानले शरीरमा रगतको मात्रा घट्दैन । प्राकृतिक रूपबाटै पूर्ति हुन्छ । तर, कुनै दुर्घटना बाट बढी रक्तश्राव भयो भने रक्त अल्पताका कारण प्राण जान्छ । त्यसैले कामक्रिडामा पनि अति सर्वत्र बर्जयेत् को मान्यता लागू हुन्छ । बढी कामुक व्यक्तिले काम इच्छामा नियन्त्रण नगर्ने हो भने, सम्पूर्ण ध्यान त्यसैमा केन्द्रीत हुने हुँदा त्यही कुरा अन्य सामाजिक क्रियाकलाप बाधक बन्न पुग्छ ।

श्रीमान्-श्रीमतीबीचमा जागृत हुने काम भावना र कामक्रिडा भनेको दुवैलाई शरीर, आत्मा एवं भावनाले एकाकार बनाउने मात्र होइन कि दुवैको बीचमा श्रद्धा, समर्पण, विश्वास र प्रेमले जीवनलाई सुमधुर तथा ऊर्जामय बनाई सुनिश्चित भविष्य निर्माणमा समान सहभागिता र उपलब्धि हासिल गर्ने भरोसा युक्त कार्य हो । जुन कहिल्यै विकार हुन सक्दैन ।

प्रमोद भट्टराई 
sapthahik

Sunday

गालैमा रैछ डन्डिफोर..............

डन्डिफोरबाट छुटकारा कसरी ?
छालामा आउने स-साना राता फोका डन्डिफोर हुन् । सामान्यतया छालाका प्वालमा संक्रमण भयो भने डन्डिफोर देखा पर्छ । छालामा रहेका मसिना प्वालमा अवरोध हुँदा वा संक्रमित हुँदा यो समस्या देखिन्छ । जब डन्डिफोर बराबर देखिन थाल्छ, यसलाई डन्डिफोर बिग्रेको भनिन्छ । यस्तो हुनुमा धेरै कारण हुन सक्छन् । जस्तो ः छालामा रहेका मसिना प्वालमा ब्याक्टेरियाको संक्रमण एउटा कारण हुन सक्छ । यस्तो अवस्था आएमा तत्कालै उपचार गराउनुपर्छ । उपचार नगरिएमा अवस्था झनै गम्भीर बन्न सक्छ र छालामा नराम्रो दाग बस्छ ।
अधिकांश किशोर/किशोरीले डन्डिफोरको संक्रमण अनुभव गरेका हुन्छन् । किशोरावस्थामा हर्मोनमा हुने परिवर्तनसँग छालाले आफूलाई अनुकूल बनाउन खोज्छ । यद्यपि, धेरै किशोर/किशोरीमा डन्डिफोर बिग्रेर घाउ नै हुने गर्छ । महिलाको अनुहारमा महिनावारीको समयमा डन्डिफोर बढी आउने गर्छ । महिनावारीको वेला उनीहरूमा हर्मोन परिवर्तन हुने र चिल्लो पदार्थका कारण छालाको प्वाल टालिने हुँदा डन्डिफोर धेरै देखिने गर्छ । हाम्रो छालामा दसौँ लाख मसिना प्वाल हुन्छन् । यी प्वाल तैलीय ग्रन्थीसँग जोडिएका हुन्छन् । फोहोर वा अन्य कारणले यी प्वाल टालिए भने डन्डिफोर निस्कन्छ ।

डन्डिफोरको उपचार
डन्डिफोर बिगि्रएर घाउ हुने अवस्थामा पुग्नुअघि नै उपचार गराउनु उपयुक्त हुन्छ  । छाला हाम्रो शरीरका भित्री अंगलाई संरक्षण गर्ने कवच हो । बाँच्नका लागि हामीले विभिन्न खालका शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ । यसो गर्दा छालामा अनावश्यक धुलो वा अन्य फोहोर पदार्थ आएर टाँसिन पुग्छन् । त्यसलाई हटाउन सफा साबुनपानीले नियमित रूपमा सफा गर्नुपर्छ । फोहोर जमेर टालिएको छालाको प्वाललाई खोलिदिएमा समस्या निकै हदसम्म कम हुन्छ । त्यस्तै डन्डिफोर आइसकेको छ भने आफैँ निचोर्न नखोज्नुहोस् । डन्डिफोर निचोर्नाले झन् संक्रमण बढ्ने र ठूलो घाउ हुन सक्छ ।
अनुहारमा डन्डिफोर आएको छ भने सधँै हात लगिरहने, मुसार्ने गर्नुहुँदैन । त्यसो गर्दा हातमा टाँसिएका विभिन्न प्रकारका जीवाणुले समस्या झन् जटिल बनाउँछन् । ब्याक्टेरिया प्रतिरोधक र चिल्लो पदार्थ नभएको साबुन प्रयोग गर्दा डन्डिफोर धेरै हदसम्म कम हुन्छ । तर, छालाको स्वास्थ्यका लागि उपयुक्त चिल्लो पदार्थ हुनु आवश्यक हुन्छ । आवश्यकताभन्दा धेरै सफा गर्दा पनि छाला सुख्खा भएर डन्डिफोर आउन सक्छ । त्यसैले ठिक्कसँग सफा गर्नुहोस् । केही छालारोग विशेषज्ञले पानी र सामान्य खालको साबुन प्रयोग गर्न सुझाब दिने गर्छन् । जुन पायो त्यही साबुनले एलर्जी गराउन सक्छ ।
मरेका कोष र हर्मोन र ब्याक्टेरियाका कारण डन्डिफोर आउँछ । डन्डिफोर पूरै निको हुन एक महिना पनि लाग्न सक्छ, जति कम निचोर्नुहुन्छ त्यत्ति नै चाँडो समस्या समाधान हुन्छ । सन्तुलित भोजनले पनि डन्डिफोर कम गर्न सकिन्छ । त्यस्तै दैनिक डेढदेखि दुई लिटर पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । जंकफुट, चिल्लो बढी भएको खाना खान छाड्नुहोस् । फलफूल र तरकारी बढी खाने गर्नुहोस् । फलफूलको रस पनि पिउन सक्नुहुन्छ । सम्भव भए दूध पिउनुहोस् । यसो गर्दा डन्डिफोर निकै हदसम्म कम गर्न सकिन्छ ।

Thursday

उफ यो रुघा


सिर्जना लामिछाने २५ वर्षीया गृहणी हुन् । कृतिका उनकी पहिलो सन्तान हुन् । कृतिका भर्खर सात महिनाकी भइन् । विगत तीन दिनदेखि उनलाई रुघा लागिरहेको छ ।  रुघा लाग्ने बित्तिकै शिक्षित एवं सचेत आमाबाबुले उनलाई प्रतिष्ठित बाल विशेषज्ञबाट परीक्षण गराएर औषधी ख्वाए । औषधी खानेबित्तिकै उनको रुघा निको भयो तर औ षधी छाडेको केही दिनमै फेरि रुघा लाग्ने, छाती घ्यार घ्यार गर्ने, खोकी लाग्ने तथा ज्वरो आउने हुन थाल्यो । बेला-बेला त ज्वरो १ सय २ फोरेनहाइटसम्म पुगेको  थियो ।

यस्तो समस्या एक महिनादेखि दुई वर्षसम्मका शिशुहरूलाई हुन्छ । यस्तो समस्यालाई ब्रोन्काइटिस भनिन्छ । यो रोग मुख्यतः रेस्पिरेटोरी साइनसिटयल भाइरस (आरएसभी)  ले गर्दा हुन्छ । यस प्रकारका समस्या आरएसभीबाहेक इन्फुलुन्जा पाराइन्फलुन्जा, एडिनो भाइरस तथा कहिलेकाहीँ माइक्रोप्लाजमा निमोनियाँ आदिले पनि गराउन सक्छ ।

सामान्यतयाः यो रोग सबै शिशुमा कुनै न कुनै समयमा लागेको पाइन्छ । वातावरणको परिवर्तनसँगै ब्रोन्काइटिस हुनसक्छ । यो रोग जाडो याममा बढी देखा पर्छ । जन्मदा  कम तौल भएका तथा निश्चित मितिभन्दा अघि जन्मिएका शिशुमा यसको प्रभाव बढी हुन्छ । चिसो वा ओसिलो कोठामा राखिएका शीशुमा पनि यो समस्या बारम्बार दो होरिन्छ । शिशुलाई गुम्साएर पनि राख्नु हुँदैन साथै आमाले पनि चिसोवाट जोगिनुपर्छ ।

रुघा अर्थात ब्रोन्काइटिस तथा भाइरसले गर्दा हुने समस्या हो । भाइरसलाई मार्न वा निस्क्रिय पार्न सकिने औषधी साधारणतया उपलब्ध छैन । उपलब्ध केही एन्टिभाइरल  औषधी पनि त्यति प्रभावकारी छैनन् । त्यसैले ब्रोन्काइटिसका लागी केही सहयोगी औषधी वा पीडा कम गर्ने औषधी मात्र दिन सकिन्छ । ज्वरो बढी आएको अवस्थामा  सिटामोल दिनुपर्ने हुन्छ । खोकी तथा घ्यार-घ्यार गर्ने छातीका लागि खोकीको औषधी प्रयोग गर्न सकिन्छ । यसका लागि मह, अदुवाको रस तथा तुलसीको रस आदि पनि  प्रभावकारी हुन्छ । यो रोगमा सबैभन्दा महत्त्वपूर्ण उपचार भनेको वाफ दिनु हो । बाफले शिशुको श्वास नली खोल्न तथा श्वास नलीमा जमेर बसेको कफ फाल्न मद्दत  गर्छ तर बाफ दिँदा होसियार हुनुपर्छ । शिशुलाई धेरै बेर धेरै तातो बाफ दिँदा नकारात्मक असर पनि हुन सक्छ ।

वाफ बेलुका सुतिरहेको अवस्थामा आमासँगै राखेर दिनुपर्छ । बाफ दिँदा शिशुले कति तातो तथा कति अवधिसम्म बाफ सहन सक्छ, अन्दाज गर्न सक्नुपर्छ । कतिपय  अवस्थामा ब्रोन्काइटिसलाई पनि एन्टिवायोटिक दिनुपर्ने हुन सक्छ । बोन्काइटिसले शिशुलाई कमजोर बनाएको अवस्थामा ब्याक्टेरियाबाट शिशुलाई बचाउन एन्टिवायोटिक  दिनुपरेको हो ।

रोग लाग्न नदिन शिशुलाई चिसोवाट जोगाउनु अनिवार्य हुन्छ । त्यसबाहेक छ महिनासम्मका शिशुलाई आमाको दूधमात्र खान दिनुपर्छ । आमाको दूधमा शिशुलाई रोगबाट  बचाउन सक्ने शक्ति हुन्छ । शिशुलाई एक-दुई वर्षसम्म गाई-भैंसीको दूध ख्वाउनु हुँदैन । गाईको दूधले एकातिर शिशुलाई एलर्जी रुघा लगाउन सक्छ भने अर्कोतिर उसको  रोग प्रतिरोधात्मक शक्तिलाई पनि कमजोर बनाउँछ । शिशु छ महिना पुगेपछि लिटो ख्वाउनु राम्रो हो तर बजारमा पाइने बट्टाका खानेकुराहरू उपयुक्त हुँदैनन् । त्यस्तै  बालबालिका वा शिशुलाई चिसो हुन्छ भनेर शिशुलाई फलफुलको रस ख्वाउन

छोड्नु हुँदैन । फलफूलमा भिटामिन सी हुन्छ । भिटामिन सीले शिशुलाई भाइरसबाट हुने रोगहरूवाट बचाउने हुनाले शिशु छ महिनाको भएपछि थोरै-थोरै मात्रामा  फलफूलको रस ख्वाउनुपर्छ ।

कम उमेरका शिशुलाई गाई-भैंसीको दूध ख्वाउनु हुँदैन, फलफुलको रस खान दिनुपर्छ तथा चिसोबाट जोगाउनु पर्छ । रुघा लाग्नेबित्तिकै मह र अदुवाको रस आदि  ख्वाउनुका साथै बाफ दिनाले उनीहरूलाई ब्रोन्काइटिसबाट बचाउन सकिन्छ र पटक-पटक औषधी ख्वाउनु पनि नपर्ने हुन सक्छ ।

डा.बालकृष्ण साह

मेची अञ्चल अस्पताल

Tuesday

Michael Jackson's doctor to be tried for manslaughter

Michael Jackson in 2005


A judge has ordered the personal doctor of Michael Jackson to stand trial for involuntary manslaughter.
Judge Michael Pastor gave the ruling against Dr Conrad Murray at a preliminary hearing in Los Angeles.
Prosecutors say that he gave Jackson a lethal dose of a powerful anaesthetic mixed with other sedatives and then failed to provide proper care.
Dr Murray, 57, has pleaded not guilty, and says he did not give Jackson anything potentially lethal.
Judge Pastor made the order against the cardiologist on the sixth day of the hearing. He also granted a request by the California Medical Board to suspend the licence of Dr Murray to practise in the state.
Dr Murray faces up to four years in prison if convicted at trial.
'Becoming addicted' Earlier, Detective Orlando Martinez, who interviewed Dr Murray two days after Mr Jackson's death in June 2009, gave evidence to the court.
Mr Martinez told the hearing Dr Murray said that Jackson told him on the day he died he would have to cancel his comeback concerts in London unless he had a dose of the anaesthetic, propofol.
Michael Jackson was rehearsing for a series of concerts in London when he died
The detective said Dr Murray admitted giving Jackson it after a night administering lesser drugs to help him sleep.
The doctor said he then left the room for "two minutes" to go to the bathroom, but on returning found the singer had stopped breathing, Mr Martinez said.
Dr Murray started to try to resuscitate Mr Jackson but told the detective he did not call for an ambulance himself because "he said he was caring for his patient and he did not want to neglect him".
Prosecutors say that phone records show the doctor made a series of other calls before an ambulance was finally called more than an hour later.
Mr Martinez also said Dr Murray told him he had given Mr Jackson doses of propofol six nights a week for two months but was trying to wean him off the drug as he feared his patient was becoming addicted.
During closing arguments at the hearing, Dr Murray's lawyer, Joseph Low, said the case should be dismissed because prosecutors had not adequately proved how Dr Murray caused Jackson's death. He also said Jackson's health may have been a contributing cause.
Conrad Murray accompanied by police officers

Conrad Murray (c) faces up to four years in prison if convicted

आँसुबाट प्रभावित हुन्छ सेक्स लाइफ

sexlife
यदि तपाईकी केटी साथीले इमोशनल ब्ल्याकमेल गर्नका लागि आँसु बगाउछिन् भने यसबाट तपाईको सेक्स लाइफ अन्त्य हुन सक्दछ।
एउटा नयाँ अध्ययनबाट यो आश्चर्यजनक नतिजाको खुलासा भएको हो । अध्ययनकर्ताहरुका अनुसार आँसुमा हुने रसायनले सेक्स लाइफ अन्त्य गरिदिने गर्दछ।
इजरायलको विंजमान संस्थानका अनुसन्धानकर्ताहरुले महिलाहरुको आँसुमा यस्तो रसायन पाए जसले पुरुषको कामोत्तजनासँग सम्बन्धित हर्मोन ‘टेस्टोसटेरोन’लाई कम गर्दछ र पुरुषको मष्तिष्कमा यौनप्रति अरुची पैदा गर्ने गरेको पाए ।
शोधकर्ताहरुले अध्ययनका लागि इमोशनल फिल्म हेरिरहेका महिलाहरुको आँसु जम्मा गरेका थिए । यसपटि २४ पुरुषको एउटा समूहलाई यस्को गन्ध सुघाइयो । साथै पुरुषहरुलाई नक्कली आँसुको गन्ध पनि सुघाइयो ।
अनुसन्धानकर्ताहरुले पाए कि पुरुषहरुमा असली आँसुको वासनाबाट टेस्टोसटेरोन’ हर्मोनको स्तर १३ प्रतिशतसम्म कम भयो । यो अध्ययनबाट यो प्रमाणित हुन्छ कि हरेक मानिस एकअर्कालाई केही संकेत दिने गर्दछ जसको आधारमा अर्को व्यक्तिको व्यवहार तय हुने गर्दछ। एजेन्सी

Saturday

जीवनसाथीले सताउँदा बढी दुख्छ मुटु

 
जीवनसाथीद्वारा सताइएको हुनुहुन्छ भने सावधान बन्नुस्, यो तपाईंको मुटु स्वास्थ्यका लागि ठीक छैन । साथीको यस्तो बानीले तपाईंमा एन्जाइना -मुटुको दुखाइ) को जोखिम बढाउन सक्छ ।

एन्जाइना भए छातीमा पीडा वा बेचैनी अनुभव हुन्छ । यस्तो प्रायः मुटु रोगका कारणले हुन्छ । यही कारणले कहिलेकाही काँध, पेट, गर्दनमा समेत पीडा हुन सक्छ ।

जनरल अफ इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थका अनुसार केही व्यक्ति यस्तो स्थितिमा पीडा अनुभव गर्छन् । साथीप्रतिको अत्यधिक तिर्सना र ऊबारे गरिने गम्भीर चिन्ता यो रोगको प्रमुख कारण रहेको कोपेनहेगेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बताएका छन् । यो निष्कर्षमा पुग्नअघि एउटा अनुसन्धान गरिएको थियो । त्यसमा महिला र पुरुष गरी चार हजार पाँच सय जनालाई सामेल गरियो । सन् २००० मा यो अनुसन्धान सुरु हुँदा यसमा सामेल कुनै सहभागीलाई मुटु रोग थिएन ।

सहभागीहरूलाई दुई समूहमा बाँडियो । अध्ययनको सुरुवातमा एउटा समूहमा सामेलहरूको उमेर ४० वर्ष हाराहारी थियो भने अर्को समूहका ५० वर्ष । ६ वर्षसम्म उनीहरूको अध्ययन गरियो । त्यसको परिणामले के देखायो भने जीवनसंगिनीको चाहनाले एन्जाइनाको खतरा चार गुणासम्म बढाउँछ ।

बच्चा वा अन्य पारिवारिक सदस्य भइदिए हुन्थ्यो भन्ने इच्छाले चाहिँ रोगको जोखिम दुईगुणा बढाउँछ । तपाईंले छिमेकीसँग बढी झगडा वा भनाभन गर्नुभयो भने पनि यो समस्या उब्जने सम्भावना ६० प्रतिशतसम्म

बढ्छ ।

kantipur

Friday

नर्सको एक हातमा मैन अर्कोमा सिरिन्ज

 

आफ्नो बिरामी सुतेको बेड पत्ता लगाउन नसकेर अर्कैको बेडमा पुगेकी सावित्रा बस्नेत पछुतो मान्दै थिइन्। 'घरबाट उज्यालो नल्याएर बर्वाद भो,' ढिकपुर गाविसबाट बिहीबार राति राप्ती उपक्षेत्रीय अस्पतालमा एकजना गर्भवतीलाई लिएर आएकी सावित्राले त सोचेकी थिइन्, 'अन्त बिजुली गए पनि अस्पतालमा त उज्यालो हुन्छ होला।' तर उनको सोचाईको ठीक उल्टो छ, जिल्ला सदरमुकाममा रहेको राप्ती उपक्षेत्रीय अस्पताल। छेउछाउका घरहरुमा इर्न्भटरको उज्यालो हुँदासमेत अस्पतालमा मैनबत्ति धिपधिपाइरहेको हुन्छ।
दिनदिनै बढ्दै गएको लोडसेडिङले गर्दा अहिले राप्ती उपक्षेत्रीय अस्पतालले निकै सास्ती खेप्नु परेको छ। त्यसमाथि पनि अस्पतालमा रहेको जनेरेटर बिग्रेको साता बितिसक्दासमेत व्यवस्थापनले ध्यान नदिएपछि बिरामी, कुरुवा अनि स्वास्थ्यकर्मीले थप सास्ती बेहोर्नुपरेको छ।

जिल्लामा अहिले करिब ७ सातघण्टा दैनिक बिजुली जान्छ। त्यसमाथि अस्पतालमा भएको जेनेरेटरसमेत चालु अवस्थामा छैन। जसले गर्दा स्वास्थ्यकर्मीलाई अस्पतालमा मैनबत्ति बालेर बिरामीको उपचार गर्नुपर्ने अवस्था छ भने बिरामीलाई औषधी खुवाउन तथा सौचालय ल्याउन लैजान बिरामी र कुरुवा दुवैलाई झनै सास्ती खेप्नुपरेको छ।

त्यसमाथि अस्पताल क्षेत्र नै पूरै अँध्यारो हुने भएकाले कम्पाउण्डभित्र हिंडडुल गर्नसमेत गाह्रो भएको छ। 'सौचालय कता छ भन्ने पनि थाहा छैन,' प्रसुती भवनमा बिरामी कुरुवा सावित्रा बस्नेतले भनिन्, 'घरबाट उज्यालो ल्याउने होसै भएन, अस्पतालमै यस्तो अन्धकार हुन्छ भन्ने के थाहा?'

'एक हप्ताभन्दा बढी भइसक्यो यस्तो अन्धकारमा काम गरेको, संवेदनशील काममा पनि मैन बत्तिको उज्यालोले काम चलाउँदै आएका छौं,' - उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा कार्यरत स्टाफ नर्स सृजना खनालले भनिन्। उनले यो आफ्नो मात्रै समस्या नभएर समस्त अस्पतालमा काम गर्ने चिकित्सक देखि सफाइ गर्ने कर्मचारी र बिरामी अनि बिरामी कुरुवासम्मको रहेको पनि बताइन्। कतिपय अवस्थामा त मैनवत्ति सकिएर आफ्नै मोवाइल बालेर पनि उपचार गर्नुपरेको नर्सहरु बताउँछन्।

बर्षौ पहिला युनिसेफले अनुदान स्वरुप अस्पताललाई एउटा जेनेरेटर उपलब्ध गराएको थियो। विद्युत प्राधिकरणले लोडसेडिङ्को समय बढाइरहेका बेलामा जेनेरेटर बिग्रिएपछि विद्युत नभएका बेला अस्पताल पूरै अन्धकार हुने गरेको छ।अस्पतालका प्रशासनका स्टोर शाखा प्रमुख बामदेव शर्माले जेनेरेटर केही दिनमै बन्ने जानकारी दिए। 'प्राविधिलाईसमेत बोलाइसकेका छौँ, एकदुई,दिनमै जेनेरेटर बन्छु उनले भने। जेनेरेटरसमेत बिग्रिएपछि विद्युत नभएका बेला अस्पतालमा रहेका इन्जेक्सन तथा भ्याक्सिनलगायतका औषधिहरुसमेतमा असर पर्न थालेको सम्बन्धित स्वास्थ्यकर्मीहरुले बताएका छन्।
nagarik

Wednesday

सफल दाम्पत्य जीवनको रहस्य, विवाहपछिको सेक्स

sex
के तपाई सुखी र सफल दाम्पत्य जीवनको रहस्य जान्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने सुन्नुस्…यतिमात्रै हो कि हनिमुनसम्म सेक्सको प्रतिक्षा गर्नुस् । यो कुरा एक स्टडीबाट स्पष्ट भएको हो ।
शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा जुन जोडीले पुरानो तरिकाले विवाह गर्दछन् अर्थात जसले हनिमुन मनाउँदैन उनीहरुको दाम्पत्य जीवन सुखी र सफल हुँदैन । यतिमात्र होइन उनीहरुको आपसी सम्बन्धसमेत राम्रो हुन्न । उनीहरुको यौन जीवन पनि राम्रो हुन्न ।
प्रमुख अध्ययनकर्ता बृघम विश्वविद्यालयका प्रो. डिन बस्बीका अनुसार यस विषयमा भएका अधिकांश शोध व्यक्ति विशेषको यौन अनुभवहरुका आधारित हुन्छन् न कि त्यसको समयमा । सम्बन्धहरुमा यौनक्रियाभन्दा अघि बढेर पनि केही कुरा हुन्छ र हामीले पायौ कि जुन व्यक्तिले अधिक समयसम्म प्रतिक्षा गरेको छ उसकोसम्बन्ध सुखी र सफल रह्यो।
अध्ययनका अनुसार हनिमुनसम्म यौन सम्बन्धको प्रतिक्षा गर्नेहरुको भनाइअनुसार उनीहरुको आपसी सम्बन्ध बढी स्थायी र सन्तोषजनक रहेको छ । जबकि विवाहभन्दा अघि नै यौन सम्बन्ध कायम गर्नेहरुबीच यो तत्व कम थियो ।

FNN

भाडामा कोख

भाडामा कोख


तीन वर्षकी पिंकी -नाम परविर्तन)को कानुनी हैसियतबारे झन्डै डेढ वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनका बाबु उज्ज्वलशमशेर राणा र आमा साम्भवीबीच पिंकीलाई अंश दिने कि नदिने भन्ने प्रश्नमा अदालत पनि रनभुल्लमा परेको छ। नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतमा आएकाले यो मुद्दा बढी जटिल त छँदैछ, त्यसमाथि यसबारे समाज पनि खासै जानकार छैन।

जटिलता जोडिएको छ, पिंकीको जन्मसँग। उनको जन्म आमनेपाली बालबालिकाभन्दा फरक ढंगले भएको हो। आधुनिक प्रविधिको प्रयोगबाट जन्मिएकी उनी 'टेस्ट ट्युब बेबी' पनि होइनन्, बरु त्यसभन्दा पनि फरक प्रविधिको हात छ उनको जन्मका पछाडि। हो, पिंकी 'सरोगेसी' अर्थात् भाडामा लिइएको गर्भबाट जन्मिएकी हुन्।

उज्ज्वलका दाबीम्ाा निःसन्तान उनी र उनकी पत्नी साम्भवीको मञ्जुरीमा सपना नगरकोटी

-नाम परविर्तन)को कोखबाट जन्मेकी हुन्, पिंकी। अर्थात्, सपना पिंकीकी सट्टाआमा -सरोगेट मदर) हुन्। तर, साम्भवी पिंकीलाई आफ्नो सन्तानका रूपमा स्वीकार गररिहेकी छैनन्। साम्भवीले पिंकीलाई 'सरोगेसी'बाट जन्माउन आफूले सहमति नदिएको भन्दै उज्ज्वलसँग सम्बन्धविच्छेदको माग गरेकी छन्। उनले आफू सन्तान जन्माउन सक्षम रहेको पनि दाबी गर्दै अदालतमा उनले कुल सम्पत्तिको आधा अंश आफूले पाउनुपर्ने जिकिर गरेकी छन्। उज्ज्वल भने पिंकीको समेत अंश छुट्याएर साम्भवीले तीनमध्ये एक हिस्सा पाउनुपर्ने दाबीमा छन्।

चार वर्षअघि उज्ज्वल र सपनाबीच सम्झौता भयो। सम्झौता अनुसार, प्रविधिको माध्यमबाट उज्ज्वलको शुक्रकीट सपनाको गर्भाशयमा पठाएर पिंकीलाई जन्माइयो। उज्ज्वलका अनुसार, यसमा उनकी पत्नी साम्भवीको सहमति थियो तर साम्भवी भने यस्तो दाबीलाई सोझै नकाररिहेकी छन् र उज्ज्वलसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन्। सबैका आँखा अदालततिर छन्, पिंकीको भावी हैसियत के हुने भन्नेबारे।

उज्ज्वल र सपनाबीचको समझदारी अनुसार, गर्भाधानदेखि बच्चा जन्मँदासम्मको सम्पूर्ण खर्च उज्ज्वलले बेहोरेका हुन्। उनीहरूबीचको १५ बुँदे समझदारीपत्र काठमाडौँ महानगरपालिका वडा नं १ मा समेत दर्ता छ। समझदारीपत्रमा बच्चा जन्मेको एक वर्षसम्म सट्टाआमा -सपना) को खाने, बस्ने खर्चबापत मासिक बीस हजार र औषधी उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने उल्लेख छ -हेर्नूस्, समझदारीपत्र)।

जिल्ला अदालतले ११ कात्तिकमा प्रतिवादी उज्ज्वललाई कहाँको कुन अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको हो, १५ दिनभित्र प्रमाण उपलब्ध गराउन भनेको छ। अस्पतालका सबै कागजपत्र अहिले विदेशमा रहेकी सपनासँग रहेको भन्दै उज्ज्वलले प्रमाण उपलब्ध गराउन थप १५ दिनको समय मागेका छन्। उनले अदालतमा आफूले भारतको कुनै अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको बताएका छन्, अस्पतालको नाम खुलाएका छैनन्। यो प्रकरणले अदालतका अगाडि यस्तो नयाँ प्रजनन विधिलाई कुन दृष्टिले हेर्ने भन्ने प्रश्न तेस्र्याइदिएको छ।



हुर्किर्दा परम्परा

उज्ज्वल र साम्भवीबीचको यो मुद्दा नेपाली समाजमा पनि सट्टाआमाको प्रचलन सुरु भएको सग्लो प्रमाणसमेत हो। नेपाली समाजमा निःसन्तान दम्पतीहरूले सट्टाआमाबाट बच्चा जन्माउने परम्परा सुरु भइसकेको भन्न अब कठिनाइ छैन। किनभने, यस्तै अर्को उदाहरण हो, ललितपुरमा बस्ने एक मारवाडी दम्पती। यस जोडीका पतिले आफ्नी भाउजूको पाठेघर प्रयोग गरेर बच्चा जन्माएका छन्। पाटन अस्पताल स्रोतका अनुसार, उनको आफ्नै पत्नीको पाठेघरमा गर्भधारण हुन नसक्ने प्रमाणित भएपछि आफ्नी भाउजूको पाठेघरमा भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माएका थिए। यसमा भने वीर्य र डिम्ब दुवै त्यही दम्पतीका थिए, जसलाई निषेचित गरी भाउजूको गर्भाशयमा प्रत्यारोपण मात्र गरएिको थियो।

केही महिनाअघि मात्रै ललितपुरकै एक अर्को दम्पती सट्टाआमा प्रयोग गरेर बच्चा जन्माएपछि कुनै कानुनी उल्झन झेल्नुपर्छ कि पर्दैन भनेर सल्लाह माग्न अधिवक्ता सपना प्रधान मल्लको कार्यालयमा पुगेका थिए। उनीहरूको बच्चा अहिले तीन वर्षको भइसक्यो। स्थानीय चिनजानकै महिलाको गर्भाशय प्रयोग गरेर त्यस दम्पतीले बच्चा जन्माउन लगाएका थिए। सट्टाआमाले जन्माएदेखि नै बच्चाको स्याहार-सुसार दम्पतीले नै गरेका थिए।

बिजुलीबजारस्िथत निःसन्तान केन्द्रकी डा लता वज्राचार्यकहाँ बर्सेनि आधा दर्जन दम्पती यसरी सट्टाआमाबाट बच्च्ाा जन्माउने भन्दै सल्लाह माग्न आउँछन्। डा वज्रार्चायका अनुसार, यसरी आउनेहरूमध्ये अधिकंाश विदेशमा बसेका नेपालीहरू छन्। ग्वार्कोको ग्लोबल हस्िपटलकी डा सानुमैया श्रेष्ठकहाँ केही महिनाअघि मात्रै एक दम्पती श्रीमान्की दिदीको पाठेघर प्रयोग गरेर बच्च्ाा जन्माउने भन्दै आएका थिए। तर, 'आईभीएफ' -टेस्ट ट्युब बेबी जन्माउनका लागि अपनाइने प्रक्रिया) नै असफल भएपछि बच्चा जन्माउने प्रक्रिया सफल हुन सकेन। आईभीएफ त्यो प्रक्रिया हो, जहाँ डिम्ब र शुक्रकीटलाई प्रयोगशालामा मिलाई शरीरबाहिर गर्भाधान गराइन्छ र गर्भाधान गरएिको भ्रूणलाई तीनदेखि चार दिनभित्रमा पुनः पाठेघरमा नै राखिन्छ।

माथिका उदाहरणहरूले नेपाली समाजको नौलो तस्िबर प्रस्तुत गर्छन्। केही वर्षअघिसम्म पनि टेस्ट ट्युब बेबीको अवधारणालाई स्वीकार गर्न अप्ठ्यारो मानेको नेपाली समाजमा यतिखेर सट्टाआमामार्फत सन्तान जन्माउने प्रचलन भित्रिएको छ। २४ वर्षपहिले अमेरकिाबाट सुरु भएको यस्तो प्रविधि भारत हुँदै नेपालसम्म आइपुगेको हो। शुक्रकीट र डिम्ब स्वस्थ हुँदाहुँदै पनि सन्तान जन्माउन नसक्ने नेपाली दम्पतीहरू यतिखेर सट्टाआमाबाट भए पनि सन्तान जन्माउन सक्ने भएका छन्।

टेस्ट ट्युब प्रविधिमा सामान्यतः दम्पतीको शुक्रकीट र डिम्ब प्रयोग गरी गर्भाशयभन्दा बाहिर भ्रूणलाई निषेचित गरेर पत्नीकै पाठेघरमा राखिन्छ। 'सरोगेसी'मा भने अर्कै महिलाको गर्भाशय प्रयोग गरन्िछ। कोख भाडामा लिन सहमत पत्नीको डिम्ब निषेचित हुन नसक्ने अवस्थामा चाहिँ सट्टाआमाकै पनि डिम्बको प्रयोग हुने गरेको छ। टेस्ट ट्युबमार्फत सन्तान जन्माउने नेपाली चिकित्सकहरू सरोगेसी प्रविधिमा पनि सक्षम छन्। चाबहिलस्िथत ओम अस्पतालका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा भोला रजिालका अनुसार, अब नेपाली समाजमा सट्टाआमाहरूले अरूका लागि बच्चा जन्माउने प्रचलन नौलो रहेन। वंश परम्पराको सांस्कृतिक मान्यताका कारण नेपाली समाजमा अधिकांश दम्पतीले आफ्नै भ्रूणबाट सन्तानको अपेक्षा राखेका हुन्छन्। अरूको बच्चा स्याहार्नुभन्दा जसरी भए पनि आफ्नै भ्रूणबाट बच्चा चाहने दम्पतीहरूको संख्या उल्लेख्य छ। डा रजिाल भन्छन्, "सन्तान नहुनेहरू समाजबाट खेप्नुपर्ने सामाजिक अवगालका कारण पनि अधिकांश सन्तान प्राप्तिका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्।"

पश्चिमेली मुलुकहरूमा सट्टाआमा बनिदिएबापत महिलाहरूले ३६ लाख नेपाली रुपियाँसम्म पाउने गरेको सरोगेसी सेवा प्रदान गररिहेका संस्थाका वेबसाइटहरूमा उल्लेख छ। छिमेकी मुलुक भारतमा भने चारदेखि छ लाख रुपियाँसम्ममा सट्टाआमाहरू पाइन्छन्। डा रजिालका अनुसार, उनीकहाँ आएका दुई दम्पतीले सट्टाआमाबाट सन्तान जन्माउन आफूहरू तयार रहेको बताएका थिए। तर, कानुनी जटिलताका कारण ती दुवै दम्पतीले भारतसम्म पुगेर भाडाकै महिलाद्वारा सन्तान जन्माएका थिए। त्यसरी सन्तान जन्माउन ती दम्पतीले पाँच लाख रुपियाँ खर्च गरेका थिए। डा लता वज्राचार्यकहाँ आएका एक दम्पतीले पनि सट्टाआमाबाट सन्तान जन्माउने सल्लाह लिए। लामो समयसम्म बेलायत बसेका उनीहरू लन्डनमा भाडाका महिला महँगो पर्ने र त्यहाँको कानुन अनुसार ३८ वर्ष उमेर कटेपछि सरोगेसीबाट बच्चा पाउन नमिल्ने हुनाले नेपाल आएका थिए। पत्नी ४० वषर्ीय र ५० वर्ष कटेका पतिको त्यो दम्पतीले राजधानीकै एक महिलालाई भाडामा बच्चा जन्माइदिन सहमत पनि गराएका थिए। दुई/तीन सन्तानकी आमा भइसकेकी र श्रीमान्ले छोडेकी एक महिला ती दम्पतीका लागि बच्च्ाा जन्माउन तयार भएकी थिइन्। कानुनी सम्झौताका बेला त्यो प्रक्रिया रोकिएको डा वज्राचार्यको भनाइ छ।

नेपाली दम्पतीले मात्रै होइन, भारतबाट समेत दम्पतीहरू भाडाकी महिलाको खोजीमा नेपाल आउने गरेका छन्। भारतमा भन्दा नेपालमा सस्तोमा सन्तान जन्माइदिने महिलाहरू भेटिने भन्दै निःसन्तान भारतीय दम्पतीहरू पनि नेपाल आउने क्रम सुरु भएको छ। खासगरी त्यस्ता दम्पतीले नेपालमै रहेका आफ्ना इष्टमित्रहरूको सहयोग लिने गरेका छन्। नेपालमै व्यापार/व्यवसायमा रहेका कतिपय निःसन्तान भारतीयहरूले पनि नेपाली महिलालाई सट्टाआमाका रूपमा प्रयोग गरेका छन् -हेर्नूस्, बक्स, एक सट्टाआमाको कथा)। नेपालस्िथत एक भारतीय कम्पनीमा कार्यरत जोडी भाडामा बच्चा जन्माइदिने महिलाको खोजीमा डा वज्राचार्यकहाँ पुगेका थिए। आफ्ना लागि सन्तान जन्माइदिनेलाई जति पैसा पनि तिर्न तयार रहेको बताएका थिए उनीहरूले। डा वज्रार्चाय भन्छिन्, "भित्री रूपमा भए पनि नेपाली समाजमा भाडाका महिलाको खोजी जारी छ।"

ग्लोबल अस्पतालकी प्रमुख डा सानुमैया श्रेष्ठकहाँ सन्तानको इच्छा भएका तर सन्तान जन्माउन नसक्ने दम्पतीहरू सट्टाआमाको खोजीमा आउने गर्छन्। तर, भाडाका महिला सहज रूपमा भेट्न नसकेका कारण कैयन् दम्पतीहरू आफ्नो चाहना त्याग्न बाध्य हुन्छन्। डा श्रेष्ठ भन्छिन्, "समाजले स्वीकार्ने हो भने भाडाका महिलाहरूबाट सन्तान जन्माउने प्रक्रिया अप्ठ्यारो कुरा होइन।"



कानुनी अड्चन

नेपालमा सट्टाआमासम्बन्धी कुनै कानुन छैन। त्यसैले सट्टाआमामार्फत जन्मिएका सन्तानको कानुनी हैसियत पनि प्रस्ट हुने अवस्था छैन। जस्तो ः उज्ज्वल-साम्भवीबीच काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सम्बन्धविच्छेदको मुद्दाले पनि यसलाई पुष्टि गर्छ। कानुनको अभाव भए पनि नेपाली समाजमा सट्टाआमाबाट बच्चा जन्माउने प्रक्रिया भने भित्रभित्रै हुर्किरहेको छ। समाजबाट अस्वीकृत हुने डरले न सट्टाआमाहरू खुलेर अगाडि आउन सकेका छन्, न त भाडाका महिलाबाट सन्तान जन्माउनेहरू नै।

सट्टाआमाबाट बच्चा जन्माउने प्रचलनमा द्विपक्षीय विश्वासले नै काम गरेको छ। तर, भाडामा बच्चा जन्माइदिने महिलाको स्वास्थ्य-सुरक्षाको प्रश्न महत्त्वपूर्ण छ। साथै, जन्मँदा बच्चा विकलांग भयो भने दम्पतीले नस्वीकार्ने खतरा पनि उत्तिकै छ। जस्तो कि, केही समयअघि मात्रै भारतमा सट्टाआमा भएर बच्चा जन्माएपछि एक महिलाले वास्तविक पितालाई बच्चा दिन मानिनन्। पछि यो मुद्दा अदालतसम्मै पुगेको थियो। उज्ज्वल-साम्भवीको मुद्दाको प्रकृतिले पनि सट्टाआमासम्बन्धी कानुनी व्यवस्थाको माग गरेको छ।

अधिवक्ता सपना प्रधान मल्ल कानुनी मौनताका कारण सट्टाआमाको परम्पराले नेपाली महिलाको शोषण हुनसक्ने सम्भावना रहेको बताउँछिन्। डा वज्राचार्यका अनुसार, कानुनले नै यसको परििध नतोक्ने हो भने प्रसवपीडाबाटै बच्नका लागि भाडाका महिलाबाट बच्चा जन्माउने क्रम बढ्न सक्छ। त्यति मात्रै होइन- बेलायत, सिंगापुर र अस्ट्रेलियाका दम्पतीका लागि सन्तान जन्माइदिने भारतीय महिलाकै जस्तो अवस्था नेपाली महिलाहरूको पनि हुनसक्छ। यौन तथा प्रजननविज्ञ डा खेम कार्की भाडाका महिलाद्वारा बच्चा जन्माउने विषयमा नेपाली समाजमा बहस हुनु जरुरी ठान्छन्। भन्छन्, "कानुनले नै यसलाई निर्देशित नगर्ने हो भने यो काम पेसामा पनि परण्िात हुनसक्छ ।"

तर, डा वज्राचार्य भने भाडामा अरूको बच्चा जन्माउने परपिाटीलाई कानुनी परििध तोकेर पेसाकै रूपमा विकसित गर्नुपर्ने तर्क गर्छिन्। भन्छिन्, "पैसाका लागि यौन पेसामा लाग्नुभन्दा दुई/चार सन्तान जन्माइसकेका नेपाली महिलाले अरूका लागि सन्तान जन्माएर तिनीहरूको आर्थिक अवस्था सुधि्रन्छ भने यसबारे किन नसोच्ने ?"

सरोगेसीलाई कानुनी मान्यता दिएका अन्य देशहरूमा यसका निश्चित सीमाहरू तोकिएका छन्। अधिवक्ता मीरा ढुंगानाको भनाइमा दम्पती र भाडाकी महिलाबीच समझदारीमा कुनै सम्झौता हुन्छ भने त्यसलाई कानुनले रोक्न सक्दैन। तर, यस्तो विषयमा विद्यमान कानुनी मौनतालाई तोड्नुपर्ने उनी बताउँछिन्। भन्छिन्, "भोलि बच्चा जन्माउन सक्षम महिलाले पनि अरूलाई बच्चा जन्माउन दिने परपिाटी हुर्कियो भने के हुन्छ ?" अघिल्लो साता राजधानीको अन्नपूर्ण होटलमा आयोजित लैंगिक हिंसाविरुद्धको कार्यक्रमका वक्ताहरूले सट्टाआमाबाट बच्चा जन्माउने परपिाटी नेपाली समाजमा हुर्कन लागेको र यसले समस्या निम्त्याउन सक्ने चिन्ता पोखेका थिए।

अहिलेसम्म गर्भधारणको समयलाई छोट्याउन मिल्ने प्रविधिको आविष्कार भइसकेको छैन। कतिपय विकसित देशमा व्यस्तता र झन्झटका कारण भाडामा शिशु जन्माइदिन लेनदेन हुने गर्छ। तर, आपसी विश्वासका आधारमा मात्रै भाडाका महिलाले बच्चा जन्माइदिने परपिाटीले विसंगति जन्माउन सक्ने खतरा पनि उत्तिकै छ। अधिवक्ता ढुंगाना भन्छिन्, "भाडामा बच्चा जन्माइदिन तयार महिला र दम्पतीबीच कुनै कारणले गर्भाधानपछि सम्झौता भंग भए महिलाको अवस्था के हुने भन्ने प्रश्न निरुत्तर छ।" उनका अनुसार, भाडामा बच्चा जन्माइदिने महिलाको सामाजिक हैसियत कस्तो हुने भन्ने विषयमा पनि बहस हुनु जरुरी छ। प्रसूतिगृहकी डा केशरी वज्राचार्य नेपाली समाजमा सट्टाआमाको विषयमा सोच्नुपर्ने बेला आइनसकेको बताउँछिन्। उनी विद्यमान सामाजिक परपिाटीका कारण अहिल्यै यो विषयमा उतिसाह्रो गम्भीर हुनुपर्ने बेला नभएको बताउँछिन्।

प्रविधिको विकासले मानव प्रजननको क्षेत्रमा पनि दखल दिइसकेको छ। सट्टाआमा प्रविधिका पनि सकारात्मक र नकारात्मक पक्षहरू छन्। नेपाली समाजले कस्तो पक्षलाई समेट्ने हो भन्ने पनि राज्यकै जिम्मेवारी हो। यसलाई सम्बोधन नै नगर्ने कि छाडा छोड्ने भन्ने कुराले नै नेपाली समाजको भावी चरत्रि निर्धारति गर्ने हो। यससम्बन्धी बहसको एउटा पाटो त उज्ज्वल र साम्भवी राणाबीचको मुद्दाको फैसलाले नै निक्र्योल गर्नेछ।

इसाई धार्मिक ग्रन्थमा समेत सट्टाआमाबारेमा उल्लेख छ। जेनिस भाग १६ मा उल्लेख भए अनुसार करबि दुई हजार वर्षपहिले अर्थात् जेसस क्राइस्ट जन्मिनुअघि, अब्राहमकी पत्नी सराह गर्भवती हुन नसकेपछि विवाहित कारन्िदा हेगरलाई सट्टाआमा बनिदिन आग्रह गरएिको थियो।



बाँझोपनाका कारण पनि अहिले विश्वमा सट्टाआमाबाट सन्तान जन्माउने क्रम बढ्दो छ। ३० वर्षयता विश्वमा २० लाखभन्दा बढी मानिसको जन्म सट्टाआमाबाट भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका ८ देखि १२ प्रतिशत महिलामा बाँझोपनको समस्या छ। स्वास्थ्यविज्ञहरूका अनुसार, नेपालमा छ प्रतिशत बाँझोपनको समस्या रहेको छ। नेपालको कानुनले विवाह गरेको १० वर्षसम्म जीवित बच्चा जन्मन नसके पतिले अर्को विवाह गर्न पाउने छुट दिएको छ।



अस्ट्रेलियालगायतका कतिपय देशमा समलिंगी जोडीहरूले पनि भारतीय महिलाहरूको कोख भाडामा लिने गरेका तथ्यहरू भेटिएका छन्। अस्ट्रेलियाको कानुनले समलिंगी जोडीले भाडामा कसैको कोख लिएर सन्तान जन्माउने छुट दिएको छ।



यो हो 'सरोगेसी'

पुरुषको वीर्य र महिलाको डिम्बलाई शरीरबाहिर नै कृत्रिम रूपमा निषेचन गराई तेस्रो महिलाको पाठेघरमा राखी गर्भाधान गराउने प्रक्रियालाई नै चिकित्सा विज्ञानमा 'सरोगेसी' भनिन्छ। यसरी अरूको डिम्ब र वीर्यमार्फत बच्च्ाा जन्माइदिने आमालाई 'सरोगेट मदर' अर्थात् सट्टाआमा भनिन्छ। तर, कतिपय अवस्थामा महिलाको डिम्ब पनि काम नलाग्ने र पाठेघरले पनि काम नगर्ने अवस्थामा पुरुषको शुक्रकीटलाई सट्टाआमाको डिम्बसँग निषेचन गराएर पनि बच्चा जन्माउने गरन्िछ। बाहिरै निषेचन गरी जन्मिने बच्चामा भने सट्टाआमाको कुनै पनि जैविक गुणहरू भेटिँदैन।



कथा एउटी सट्टाआमाको

म अहिले २८ वर्षकी भएँ। बिहे गरेकै वर्ष हो, म पहिलोपटक नुवाकोटबाट काठमाडौँ छिरेको। गाउँमा पनि हाम्रो सम्पत्ति थिएन। बिहे हुँदा म १८ वर्ष पनि पुगेकी थिइनँ। मैले ३ कक्षा मात्रै पढेकी थिएँ। श्रीमान्को अनुहार नै नदेखीकन मैले बिहे गरेँ।

काठमाडौँ आएकै दिनदेखि पैसाको समस्याले हामीलाई सताउन थाल्यो। श्रीमान् दिनहुँ रक्सी पिएर आउँथे र मलाई पिट्थे। पशुपतिको धर्मशालामा मात्रै हामीले १५ दिनभन्दा बढी बितायौँ। श्रीमान् न्युरोडमा भरयिाको काम गर्थे। १५ दिनपछि मात्रै हामीले डेरा भेट्यौँ, बागबजारमा। अँध्यारो र चिसो भए पनि धर्मशालामा बस्नुभन्दा उचित ठान्यौँ हामीले। गाउँमा हुँदा श्रीमान् उतिसाह्रो रक्सी पिउँदैनथे। तर, काठमाडौँ आएपछि भने उनको रक्सी पिउने आदत ह्वात्तै बढ्यो। जति कमाउँथे, रक्सी पिएर सक्थे। सुरुका दिनमा त म उनीसँग झगडा गर्थें तर मैले कराएको उनले सुने पो !

केही महिनापछि नै मैले पनि काम सुरु गरेँ। अरूका घरघरमा गएर बिहान र बेलुकाको भाँडा माभने। त्यसरी काम गरेबापत महिनाको चार हजारभन्दा बढी त मै कमाउँथेँ। तर, श्रीमान्को रक्सी पिउने र मसँग झगडा गर्ने आदत टुटेन। दुःखीको कर्मै उस्तो भनेर म सधैँ सहेरै बसेँ। वर्षदिनपछि नै हाम्रो छोरो जन्मियो। पहिलो वर्ष त जेनतेन बित्यो। तर, त्यसपछिका दिन सजिला रहेनन्। छोरा जन्मेपछि मैले अरूको घरमा गएर काम गर्न छाडेँ। तर, श्रीमान्को आदत सुधि्रएन। मैले पनि कमाउन छाडेपछि घरमा बिहान-बेलुका भातकै समस्या पर्न थाल्यो। समयमा भाडा बुझाउन नसकेपछि घरबेटीसँग पनि झगडा पर्न थाल्यो। त्यसपछि हामी त्यहाँबाट असन सर्‍यौँ।

पछिपछि श्रीमान् तीन-चार दिन नै घरमा आउँदैनथे। हाम्रो झगडा हरेक दिन बढ्दै गयो। हरेक दिन हात हालाहाल हुन्थ्यो। सुतेको काखे छोरो पनि उठेर बेस्सरी रुन्थ्यो। एकदिन मैले पनि रसिको झोँकमा श्रीमान्लाई बेस्सरी पिटेँ। त्यसैका कारणले उनी दुई दिनसम्म बिरामी परे। बिरामी भएर उठेपछि केही दिन सुध्रेको जस्तो देखिए। तर, उनको आदत फेर िपहिलेको जस्तै हुन थाल्यो। त्यसपछि म उनीसँग छुट्टएिर बस्न थालेँ। वर्षदिनपछि सुनेकी थिएँ, उनी काठमाडौँबाट काम गर्नका लागि खाडी मुलुक गएका छन् भन्ने।

मैले फेर िपहिलेकै काम सुरु गरेँ। पछिपछि त म बिहान र बेलुका चार-पाँच घरका भाँडा माभन भ्याउँथेँ। त्यसो गर्दा महिनाको पाँच/छ हजार रुपियाँसम्म कमाइ हुन्थ्यो। एकदिनको कुरो हो, मैले भाँडा माभने न्युरोडकी साहुनी दिदीले मलाई 'पैसा कमाउने मन छ ?' भनेर सोधिन्। मैले 'पैसा कमाउन कसलाई पो मन हुँदैन र दिदी !' भनेँ। हुर्कंदै गरेको छोरोलाई राम्रो स्कुल पढाउने मेरो धोको थियो। तर, बिहानै-बेलुकी अरूका जुठा भाँडा माझेर भात खानकै धौ-धौ पथ्र्यो। सुरुका दिनमा त डान्सबारमा वेटरको काम गरे राम्रो पैसा कमाइन्छ भन्ने पनि सुनाएका थिए, छरछिमेकका साथीले। मेरी एउटी फुपूकी छोरी पनि ठमेलकै डान्सबारमा काम गर्थी। काम त वेटरको हो भन्थी तर त्यसको चुरीफुरी देख्दा भने मलाई शंका लाग्थ्यो। किन-किन होटलको काम भनेकै जीउ बेच्ने काम भन्ने मेरो मनमा बिझेको थियो। त्यसैले म पैसा कमाउने उपायको खोजीमा त थिएँ तर आफैँलाई बेच्ने कल्पना भने कहिल्यै गरनिँ।

पहिलो दिन त ती दिदीले केही कुरा खोलिनन् तर दोस्रो दिन उनैले कोठामा बोलाएर मलाई सबै कुरा भनिन्। उनका श्रीम्ाान्को न्युरोडमा बिजुलीको सामान बेच्ने पसल छ भन्नेसम्म मलाई थाहा छ। उनको फ्ल्याटमा उनी, उनका श्रीमान् र एउटा काम गर्ने केटो मात्रै बस्थे। उनीहरूले बिहे गरेको वर्षौं भए पनि सन्तान भएका रहेनछन्। डाक्टरले ती दिदीलाई बच्चा जन्माउन नसक्ने भनिसकेको रहेछ। तर, उनले किन बच्चा जन्माउन सक्दिनन् भन्ने कुरा भने मलाई थाहा भएन। मलाई सम्झना छ, त्यस्तो कुरा गर्दा उनका आँखाभर िआँसु भरएिको थियो। त्यति धनी र सम्पन्न मान्छे पनि दुःखी हुन्छन् भन्ने मलाई कहिल्यै लागेको थिएन। त्यति भनेपछि उनले मलाई भनिन्, "तिमीले हामीलाई सहयोग गर्नुपर्‍यो।" मलाई अचम्म लाग्यो, मैले कसरी तिनीहरूलाई सहयोग गर्न सक्छु ? धेरै बेरपछि तिनैले मुख खोलिन्, "तिमीले हाम्रा लागि सन्तान जन्माइदिनुपर्‍यो।" म छाँगाबाट खसेजस्तै भएँ। त्यो दिन म केही बोल्दै नबोली डेरा फर्कें। त्यसको केही दिनपछि ती दिदीले फेर िपुरानै कुरा दोहोर्‍याइन्। मलाई सबै कुराको बेलिविस्तार लगाइन् र त्यसबापत भनेजति पैसा दिन तयार रहेको पनि बताइन्। भोलिपल्ट उनका श्रीमान्ले पनि त्यही कुरा दोहोर्‍याए। सुरुमा त मैले मानिनँ। तर, एकैचोटि त्यति धेरै पैसा आउने भएकाले मैले रातभर त्यही कुरा सोचिरहेँ। आखिर छोराको भविष्य पनि हेर्नैपर्‍यो।

पैसा कमाउनकै लागि अरूको ओछ्यान बन्नुभन्दा ती दिदीको कुरा ठीक लाग्यो मलाई। कमसेकम मैले बच्च्ाा जन्माइदिएर कुनै घरमा खुसी त भित्रिन्छ। तर, अरूका लागि बच्च्ाा जन्माउने काम सजिलो होइन भन्ने पनि मैले नसोचेको होइन। पछि ती दिदीले मलाई धेरै सम्झाइन्। सबै कुरो बुझेपछि म बच्च्ाा जन्माउन तयार भएँ। तर, छोरालाई के गर्ने भन्ने समस्या आइलाग्यो। तिनै दम्पतीले छोराको समस्या पनि टारििदए, छोरालाई पनि सँगै लिएर दिल्ली जाने।

सबै ठाउँको नाम त मलाई सम्झना छैन। ०६४ को चैत महिना हुनुपर्छ, गते भने मलाई यकिन छैन। म तिनै दिदीसँग दिल्ली पुगेँ। गुडगाउँ भन्ने ठाउँमा तिनको भव्य घर रहेछ। हामी माथिल्लो तल्ाामा बस्थ्यौँ। भोलिपल्टै उनका श्रीमान् पनि दिल्ली आइपुगे र मलाई डाक्टरकोमा लगेर स्वास्थ्य जाँच गराए। डाक्टरले पनि त्यतिखेर मलाई धेरै कुरा बताएका थिए। त्यहाँ मजस्तै अन्य गर्भवती महिला मास्क लगाएर बसेका थिए। पछि पो मैले थाहा पाएँ कि तिनीहरू अरूको बच्चा जन्माउने काम नै गर्दा रहेछन् भन्ने।

त्यही साता मेरो पाठेघरमा भ्रूण राखियो। तिनका श्रीमान् त त्यही साता नेपाल फर्के। तर, दिदीले भने मेरो रेखदेखमा कुनै कमी राखिनन्। आफ्नै बहिनीजस्तो मानेर उनी मेरो हेरचाह गर्थिन्। हरेक महिना डाक्टरकोमा लगेर जचाउँथिन्। नौ महिनापछि मैले अप्रेेसन गरेर अस्पतालमा बच्चा जन्माएँ। छोरो थियो, ठ्याक्कै ती दिदीजस्तो। त्यसपछिका पाँच महिना म त्यहीँ बसेँ। त्यसपछि मलाई तिनका श्रीमान्ले काठमाडौँसम्म ल्याएर छाडिदिए। मलाई दुई लाख रुपियाँ पनि दिए। छोरा र मेरा लागि तिनले किनिदिएका कपडा मात्रै एक झोलाभन्दा बढी थिए।

आफैंले पाएको भएपछि अरूको सन्तान भए पनि माया त लागिहाल्छ नि ! आखिर त्यसले दूध त मेरै खाएको थियो। मेरै कोखमा हुर्केको थियो। छाड्ने दिन म बेस्सरी रोएकी थिएँ। बच्चा पनि मैले छाड्ने बेला रोला भनेर ऊ निदाएका बेला मैले त्यो ठाउँ छाडेँ। मेरो आफ्नै छोरो पनि आमा भाइलाई किन सँगै नल्याएको भनेर खुब रोेयो। पछि काठमाडौँ आएपछि पनि त्यसले धेरैपटक 'भाइ खोइ ?' भनेर सोधीखोजी गर्‍यो। तर, मन बुझाउनैपर्‍यो। तिनका श्रीमान् अहिले पनि काठमाडौँमै व्यापार गरी बस्छन्। मैले जन्माएको त्यो छोरो कत्रो भयो होला भन्ने मलाई अहिले पनि लागिरहन्छ। कतिपल्ट मैले सपनामा त्यसलाई देखेकी थिएँ। अलिक कालो वर्णको, मोटो जीउ भएको थियो। छोरा पाएको दिन त ती दिदीले मेरो खुट्टै ढोगेकी थिइन्।

काठमाडौँ आएपछि मैले काम गर्न दिल्ली गएकी थिएँ भनेर सबैलाई ढाँटेँ। सबै कुरा त कसले पत्याउँछ र फेर िपनि! मैले पाप गरेकी भए पो ! बरु धर्म गरेरै पैसा कमाएजस्तो लाग्छ। अहिले मेरो छोरो यहीँकै निजी विद्यालयमा पढ्छ। त्यही पैसाको ब्याजले उसलाई पढाउन पुगेको छ।

(उल्लिखित महिलाकै आग्रहमा गोपनियता कायम राख्न यहाँ उनको नाम उल्लेख गरएिको छैन।)

उज्ज्वलशमशेर राणा र सपना नगरकोटीबीच भएको समझदारीका मुख्य बुँदा

सिाधनसम्पन्न नेपाल, भारत वा अन्य तेस्रो मुलुकको अस्पतालको सहयोगमा आधुनिक चिकित्सा पद्धति आईयूआई वा आईसीआई वा अन्य यस्तै प्रविधिको माध्यमबाट प्रथम -उज्ज्वल) पक्षको वीर्य ग्रहण गरी गर्भाधान गरी 'सरोगेट मदर'का रूपमा बच्चा जन्माई प्रथम पक्षलाई दिन दोस्रो -सपना) पक्ष मञ्जुर गर्दछ। सो बच्चालाई लिन प्राकृतिक रूपमा गर्भ रही जन्मिएको बच्च्ाासरह नै सो बच्च्ाालाई माया, स्नेह र कानुनी हकअधिकार प्रदान गरी बाबुको कर्तव्य निर्वाह गर्न प्रथम पक्ष पनि मञ्जुर गर्दछ।



गिर्भमा रहेको बच्च्ााको स्वास्थ्यमा हानि पुग्ने गरी दोस्रो पक्षले कुनै पनि प्रकारको क्रियाकलाप गर्ने छैन र बच्च्ााको जन्म नभएसम्म दोस्रो पक्ष यौन क्रियाकलापबाट टाढै रहन स्वीकार गर्दछ।



बिच्चा जन्मिएपछि कम्तीमा तीन वर्षसम्म दोस्रो पक्षले आफ्नो साथमा राखी बच्च्ााको स्याहार-सुसार गर्न एक वर्षसम्म स्तनपान गराउने र आवश्यकता अनुसार समय-समयमा लगाउन पर्ने खोपहरू लगाउने कर्तव्य दोस्रो पक्षको हुनेछ। कथम्कदाचित दोस्रो पक्षको काबुबाहिरको परििस्थति परी उक्त पूरै अवधिसम्म दोस्रो पक्षले बच्चाको जिम्मा लिई स्याहारसुसार गर्न असमर्थ भएमा प्रथम पक्षलाई जानकारी गराउनुपर्नेछ र त्यस्तो अवस्था सिर्जना भएका बच्चाको जिम्मा प्रथम पक्षले लिनेछ।



बिच्चा तीन वर्षको भएपश्चात् दुवै पक्षले आवश्यक ठानेको र दुवै पक्ष सहमत भएको अवस्थामा थप अवधिसम्म बच्चा दोस्रो पक्षको जिम्मामा राख्न सकिनेछ। अन्यथा प्रथम पक्षलाई हस्तान्तरण गर्नु पर्नेछ।



बिच्चामाथि बाबुको हैसियतले प्राप्त गर्ने सम्पूर्ण हक प्रथम पक्षले प्राप्त गर्नेछ र बच्च्ााले पनि प्रथम पक्षको वैध सन्तानको कानुनी, धार्मिक, सामाजिक, सम्पत्तिसमेतको सम्पूर्ण हक प्राप्त गर्नेछ। दोस्रो पक्षलाई सरोगेट मदरको रूपमा हाल प्रचलित र भविष्यमा लागू हुने नेपालको कानुन तथा हाल विद्यमान अन्तर्राष्ट्रिय प्रचलन, मान्यता अनुरूपको हकअधिकार प्राप्त हुनेछ।



यिस समझदारीपत्रको उद्देश्य व्यावसायिक सरोगेसी नभई परोपकारी सरोगेसी अर्थात् दोस्रो पक्षले प्रथम पक्षलाई सहयोगस्वरूप सरोगेट मदरका रूपमा बच्चा जन्माइदिने उद्देश्य भएकाले सरोगेट मदरका रूपमा कार्य गरेबापत माथि विभिन्न दफाहरूमा उल्लिखित खर्चबाहेक प्रथम पक्षबाट कुनै आर्थिक लाभ प्राप्त गर्ने छैन।

(उज्ज्वलशमशेर राणा र श्रीमती सपना नगरकोटीबीच २९ असोज ०६४ मा भएको समझदारीपत्रबाट)



विदेशमा के छ ?

पहिलोपटक अमेरकिामा सन् १९८६ मा सट्टाआमाबाट सन्तान जन्माउने काम सफल भएको हो। सट्टाआमाबाट बच्चा जन्माउने कामलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा विश्वभर मतभेद छ। प्रजनन क्षमता नभएकाहरूले सट्टाआमाबाट सन्तान जन्माउन लगाउने चलनसँगै यो प्रक्रिया आरम्भ भएको हो। तर, अधिकांश विकसित देशहरूले सट्टाआमाबाट बच्चा जन्माउने कार्यलाई कानुनी रूपमा व्यवस्िथत पार्ने प्रयास गरेका छन्। भारतमा सन् २००२ मा विधेयकमार्फत यसलाई व्यवस्िथत गरएिको छ। तर, कतिपय समाजशास्त्रीहरूले भने भारतमा यसलाई प्रजनन पर्यटनको पनि संज्ञा दिने गरेका छन्। उनीहरूले शुल्क लिएर अरूका लागि बच्चा जन्माउने कामले भारतीय ग्रामीण क्षेत्रका महिलाहरूको गरबिी हटाउन मद्दत पुर्‍याउने पनि बताएका छन्।

अहिले सट्टाआमाको आवश्यकता बुझिए पनि कतिपय देशमा यसले वैधानिकता पाएको छैन। अस्िट्रया, जर्मनी, नर्वे, स्वीडेन, प|ान्स र संयुक्त अधिराज्य अमेरकिाका केही राज्यहरूमा यसलाई निषेध गरएिको छ। यद्यपि, कानुनी मान्यता नदिइए पनि बेल्जियम, ग्रीस, आयरल्यान्ड र फिनल्यान्डमा यसको अभ्यास भइरहेको छ। कतिपय देशमा भने गैरव्यावसायिक प्रयोजनमा यसलाई आंशिक वैधता दिइएको छ। सट्टाआमाले पैसाको कारोबार गर्न नपाउने, विज्ञापन गर्न नपाउनेजस्ता प्रावधानसहित अस्ट्रेलिया, बेलायत, डेनमार्क, इजरायल, स्पेन, क्यानाडा, नेदरल्यान्ड र केही अमेरकिी राज्यहरूमा यसलाई मान्यता दिइएको छ। त्यस्तै, व्यावसायिक वैधतासहित दक्षिण अपि|का, रसिया, जर्जिया, युक्रेनमा भने सट्टाआमाबाट सन्तान जन्माउने छुट दिइएको छ। कानुनी मान्यता दिइएका अधिकांश देशहरूमा सट्टाआमा बन्न चाहनेहरूको योग्यता पनि तोकिएको छ। अधिकांश देशमा सट्टाआमाको उमेर १८ देखि ३५ वर्ष तोकिएको छ।

खासगरी, पश्चिमा मुलुकहरूमा विवाहित दम्पतीहरूले सन्तानप्रतिको मोह पूरा गर्नका लागि सट्टाआमाबाट बच्चा जन्माउने प्रक्रियालाई प्रभावकारी विकल्प ठान्छन्। यस्तो प्रक्रियामा सट्टाआमा र सम्बन्धित दम्पतीहरू एकअर्काबाट शोषित हुनु नपरोस् भनेर बेलायत तथा अमेरकिालगायतका देशमा प्रस्ट नीति र नियम बनिसकेका छन्। भारतमा यो बर्सेनि लाखौँ डलरको व्यवसायसरह हुने गरेको छ। गुजरातको आनन्दगाउँ भारतमा सबैभन्दा धेरै सट्टाआमा भएको गाउँ हो।

जनकराज सापकोटा

Friday

निद्रा लगाउने औषधि छाड्नूस् चमेली फूलको बास्ना लिनूस्

image

अनिद्राका कारण पीडितले आरामको निद्राका लागि निद्रा लगाउने औषधि, योग तथा अनेक प्रयास गर्ने गरेका छन् । तर, अब उनीहरूले आरामदायी निद्राका लागि कुनै औषधि तथा योगको प्रयास गर्नै पर्दैन । किनभने, वैज्ञानिकहरूले हालै अनिद्राबाट पीडितका लागि चमेली फूल निकै लाभदायी हुने बताएका छन् ।
जर्मन वैज्ञानिकहरूले गरेको अध्ययनले अनिद्राका सिकार भएका व्यक्तिले चमेली फूलको बास्ना लिएमा आरामको निद्रा लाग्ने तथा त्यसले उनीहरूको शरीरमा नकारात्मक असर नगर्ने तथ्य देखाएको छ । चमेली फूलको बास्नाले निद्रा लगाउने औषधिको नकारात्मक प्रभावबाट बचाउने र मानिसलाई चैनको निद्रा दिने वैज्ञानिकहरूले बताएका छन् ।
बायोलोजिकल क्यामेस्ट्रीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनअनुसार चमेलीको बास्ना लिँदा दिमागमा हुने आणविक हलचलको तनाबलाई कम गरी मानिसलाई आरामको निद्रा दिन सहयोग गर्छ ।
डुसलडार्फस्थित हाइनरिस विश्वविद्यालय र बोखुममा रहेको रुहर विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेको सो अनुसन्धानले अनिद्राका सिकार व्यक्तिलाई चमेली फूलको बास्नाले आरामदायी निद्रा दिनुका साथै नियमित निद्राको औषधि सेवन गर्नुपर्ने लतबाट जोगाउने नयाँ जानकारी पत्ता लगाएका हो । 'निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै हो,' प्रतिवेदनमा भनिएको छ, 'तर, निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको बास्नाले कुनै नकारात्मक असर देखाउँदैन ।'
अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेली फूलको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । 'मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा यसको परीक्षण गरिएको हो,' उनले भने, 'मानिसमा पनि यसले सकारात्मक प्रभाव देखाएकाले हामीले सबैलाई निद्राको गोलीभन्दा चमेली फूलको बास्ना प्रभावकारी हुने सुझाब दिन थालेका छौँ ।'

Naya Patrika

Tuesday

संयुक्त अरव इमिरेट्समा मदिरापान र चुम्बन निषेध

kiss
अबुधावी। फिफा क्लव वल्र्डकपको आगामी डिसेम्बर ८-१८ सम्म हुने फुटबल खेलमा खेलका दर्शकहरुले सार्वजनिक स्थलमा मदिरापान र चुम्बन गर्न नपाउने भएको एक पत्रिकाले सोमबार जनाएको छ ।
फिफा वर्ल्डकप आयोजक समितिले गर्न नहुने कामको एउटा लामो सूचि प्रकाशित गर्दै मुस्लिम सम्बेदनशीलतालाई ध्यानमा राख्दै देश वाहिरका दर्शकहरुलाई सो आहृवान गरेको एमारत अल-योमले जनाएको छ ।
सो नियम अनुसार संयुक्त अरव इमिरेट्समा आउने खेलप्रेमीहरुले सार्वजनिक वा निजी जहाँ भए पनि लागू औषध प्रयोग गरे सजायको भागी हुनुपर्ने पनि चेतावनी दिइएको छ ।
आयोजक समितिका प्रवक्ता शाजा अल रुमाइथीले बताए- हामी मुस्लिम राष्ट्र भएकोले हाम्रा आफ्नै रीति र परम्परा छन् जसको सम्रक्षण गर्नुपर्दछ । यदी यस्तो कार्य गरेमा समर्थकहरुलाई चिढयाउनेछ ।

एएफपी

Saturday

पुरुषहरु सेक्स फिलिङ लुकाइराख्छन्

imagine11_f 

अहिलेसम्म महिलाहरुले आफ्नो मनको कुरा व्यक्त गर्दैनन् लुकाइराख्छन् भनिदै आएको थियो । तर एउटा नयाँ शोधका अनुसार पुरुषहरु पनि धेरै कुरा मनमा लुकाएर राख्ने गर्दछन् भन्ने खुलासा भएको छ।
त्यसैले महिलामाथि आरोप लगाउनुअघि पुरुषहरुले आफ्नो मनमा गम्भीर भएर हेर्नुपर्ने भएको छ। सेक्स एक्सपर्ट डा. लुआन ब्रीजेनडाइनले गरेको अध्ययनमा पुरुषहरुले आफूभित्र अनेकौ फिलिङ लुकाइराख्ने गरेको पत्ता लगाएका हुन् । पुरुषहरु बाहिर अर्कै देखावटी गर्दछन् । पुरुषहरुको दिमाग बुझ्न कठिन छ ।
सेक्समा मामिलामा पुरुषहरुको चाहना बढी हुन्छ। तर उनीहरु आफ्नो फिलिङ लुकाइराख्ने गर्दछन् । यहाँसम्म कि यौन चाहनामा उनीहरु महिलाहरुसँग चिटिङ गर्न पनि पछि हट्दैनन् ।
लुआनका अनुसार यसका लागिपुरुषहरुमा पाइने हर्मोन टेस्टोस्टेरांन जिम्मेवार छ। यसैका कारण पुरुषहरुको आँखा महिलाहरुको शरीरको कर्व्समा घुमिरहन्छ।
यति मात्र होइन, महिलाहरुको तुलनामा यौन चाहना पुरुषहरुमा साढे दुई गुना बढी हुने गर्दछ। त्यसैले महिलाहरुले पनि पुरुषहरुसँग गम्भीरतापूर्वक काम लिनु बाञ्छनीय छ । 


एजेन्सी

Friday

ज्याक्सनका पिताद्वारा मुद्धा दायर

michal_jackson_home_400

विश्व विख्यात पप गायक स्वर्गीय माइकल ज्याक्सनको मृत्यु भएको डेढ वर्षपछि उनका पिता जोसेपु ज्याक्सनले माइकलको उपचारमा संलग्न चिकित्सक डा. कोन्र् याड मुर्रेलगायत अन्य सम्बद्ध चिकित्साकर्मी बिरुद्ध अपिल दायर गरेका छन् ।

लस् एन्जेलस् उच्च अदालतमा दायर गरिएको उक्त २४ पृष्ठ लामो अपिल मुद्धामा डाक्टर मुर्रे अन्य चिकित्साकर्मी र लस् भेगास औषधी भण्डारलाई समेत दोषारोपण गरिएको छ ।

गायक ज्याक्सनको गत सन् २००९ जुन २५ तारिखका दिन मृत्यु हुनु पूर्व डाक्टर मुर्रेले उनको उपचारमा उदासिनता देखाई ४७ मिनेटसम्म कसैसँग फोनमा वार्ता गरी उपचार गर्न अत्यन्त बिलम्ब गरेका कारण ज्याक्सनको मृत्यु भएको आरोप लगाइएको छ ।

त्यसैगरी अन्य चिकित्साकर्मीले बिलम्ब गराउनमा सहयोग गरेको र औषधि भण्डारले चाँही आवश्यक भन्दा बढी कडा खाले लठ्याउने औषधी आपूर्ति गरी छोरालाई मार्न सहयोग गरेको समेत आरोप लगाइएको छ ।

यसअघि गायकका पिताले सङ्घीय अदालतमा दायर गरेको मुद्धा खारेज भएको थियो । यसै क्रममा ५७ वर्षीय डाक्टर मुर्रेको अदालती बयान विवादास्पद भेट्टिएकोले प्रहरीले अनुसन्धान गर्दा आफ्नै निजी व्यापार व्यवसायको सिलसिलामा नेभादा र टेक्सासमा उनले ४७ मिनेटसम्म एकनास टेलिफोन गरिरहेको समेत खुल्न आएको छ ।

सुबिख्यात गायक माइकल ज्याक्सनको ५० वर्षको उमेरमा अकालमा मृत्यु भएको थियो । 

mero cinema

Thursday

एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म


image

नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ
 
विश्वमै एचआइभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् । तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ । केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको छ । दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी र एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो ।
एचआइभी एड्सको नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम बनाउनका लागि आयोजित सो कार्यक्रममा विभिन्न देशको तथ्यांक हेर्दा विश्वभरिमा ७० प्रतिशत महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेको भयानक तस्बिर सार्वजनिक गरिएको थियो । विश्वभरिमा महिलाको एचआइभी र एड्सका कारण मर्ने संख्यामा वृद्धि हुन थालेपछि युनएड्सले लैंगिक मुद्दालाई समावेश गरी विश्वभरि सञ्चालन गरिने पाँचवर्षे कार्यक्रम बनाएर लागू गर्ने भएको छ ।
युनएड्सको एचआइभी तथा एड्स कार्यक्रमले विश्वमै पछिल्लो १० वर्षको तुलनामा एचआइभी संक्रमित र एड्सबाट मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको देखाएको छ । 'समग्र रूपमा हेर्दा विश्वमा एचआइभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ । तर, विश्वमै यो रोगबाट महिला बढी पीडित देखिएका छन् भने बच्चादेखि बूढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन ।' युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, 'एचआइभी र एड्सको महामारी सन् १९९९ को तुलनामा २० प्रतिशतले कमी आएको छ ।' प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै वेला जहाँ पनि देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
नेपालमा पनि २२ वर्षअघि देखापरेको एचआइभी सहर हुँदै ग्रामीण्ा क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा चार यौनकर्मीमा फेलापरेको एचआइभीबाट अहिले दैनिक १५ बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरूले बताएका छन् । नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजार बढीको मृत्यु भइसकेको भने झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले हालै गरेको अध्ययनअनुसार नेपालमा अहिले १४ वर्षभन्दा कम उमेरका ३५ सय ४४ बालबालिका, १५ देखि ४९ वर्षका ५२ हजार प्ााँच सय चार र ५० वर्षभन्दा माथिका सात हजार चार सय ८० गरी कुल ६३ हजार पाँच सय २८ एचआइभी संक्रमित रहेका छन् । केन्द्रको तथ्यांकले पनि नेपालमा बच्चादेखि बूढासम्मका मानिस एचआइभीको संक्रमणबाट ग्रसित रहेको देखाएको छ 
केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले नेपालमा संक्रमितको संख्या ६३ हजार पाँच सय भए पनि जम्मा १६ हजार दुई सय ६२ को मात्र रगत परीक्षणबाट एचआइभी प्रमाणित भएको बताए । 'संक्रमितको संख्या धेरै छ, तर रगत परीक्षण गराउनेको संख्या ज्यादै कम छ,' उनले भने, 'बाँकी अरू संक्रमितले थाहै नपाई धेरै व्यक्तिलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन् । त्यसकारण एचआइभी परीक्षणको सुविधा विस्तार गरी तथा संक्रमितलाई गरिने भेदभाव कमी ल्याएर सबै सम्भावित संक्रमितलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।'
एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. श्याम मिश्रले पछिल्ला वर्षमा एचआइभीको परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको बताए । उनका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको छ । 'हामीकहाँ संक्रमित ६३ हजारभन्दा माथि छन् । तर, थोरैले मात्र रगत परीक्षण गराएकाले बीचमा ठूलो ग्याप देखिएको छ । त्यो ग्याप भर्नका लागि हामीले नयाँ कार्यक्रम ल्याउँदै छौँ,' उनले भने । उनका अनुसार सरकारले सन् २०११ देखि २०१६ सम्मका लागि तयार पारेको कार्यक्रममा परीक्षणमा नआएका संक्रमितका लागि लक्षित कार्यक्रम तयार पारिएको छ 
नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीहरूबाट पनि नराम्र्रो रूपमा हेर्ने जस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. मिश्रले जनाए । उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ, तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्न आउँदैनन् । सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ 
केन्द्रका अधिकृत अधिकारीका अनुसार विगतमा यौनकर्मी र लागूऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि बिदेसिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ । 'विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकबाट फर्किएका ग्रामीण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,' उनले भने, 'केही वर्षअघिसम्म एचआइभीवाहकका रूपमा यौनकर्मीलाई मात्र लिने गरिन्थ्यो, तर अहिले लागूऔषध सेवन गर्ने, बिदेसिएर फर्किएका, पुरुषले पुरुषसँगै यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन् ।'
सन् १९८१ मा अपि|mकामा पहिलोपटक देखापरेको एचआइभी र एड्सले विश्वभरि साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआइभी र एड्सबाट पीडित छन् । केही समयअगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौँ उपत्यकाभित्र हाल करिब ३५ हजार यौनकर्मी र तीनका ग्राहक ६ लाख भएको जनाएको छ भने स्वास्थ्यका क्षेत्रमै काम गरेको एक संस्थाले सन् २००६ मा गरेको एक सर्वेक्षण्ामा पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ जिल्लामा यौनकर्मीबीच ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआइभी भएको देखाएको थियो जुन अहिले बढेको हुन सक्ने विज्ञहरूले बताएका छन् 
केही समयअघिसम्म यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मक रूपमा एचआइभी बढी देखिए पनि पछिल्ला वर्षमा बिदेसिएका व्यक्ति तथा तिनका परिवार र सुईबाट लागूऔषध लिनेहरूबीच पनि एचआइभी संक्रमण्ा बढ्दो छ । दुव्र्यसनीहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका अनुसार अधिराज्यभरि अहिले झन्डै एक लाख लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । जसमध्ये आधाजसोले सुईबाट लागूपदार्थ लिने गरेका छन् । तीमध्ये अधिकांशलाई एचआइभीको संक्रमणले समातिसकेको हुन सक्ने विज्ञहरूको धारणा रहेको छ । नयाँ सिरिन्ज किन्ने पैसा नभएपछि धेरैले एउटै सिरिन्ज प्रयोग गर्ने हुनाले तिनीहरूमा एचआइभी संक्रमण देखापर्ने गर्छ 
तथ्यांकमा एचआइभी संक्रमितको संख्या थोरै देखिए पनि नेपालमा संक्रमितको संख्या धेरै रहेको विज्ञहरूले बताएका छन् । 'सुरुमा एचआइभी संक्रमितलाई गरिने दुव्र्यवहार र उपेक्षाका कारण्ा रगत परीक्षण नगराई बस्ने गरेका थिए । तर, अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितले रगत परीक्षण गराउन थालेका छन्,' उपाध्यक्ष डा. मिश्रले भने 
उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन् । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ 
केन्द्रका अधिकृत अधिकारीका अनुसार एचआइभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता -अम ायगच) दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । नेपालमा ०६० माघदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एआरभी सेवा सुरु भएको हो । अहिले अधिराज्यभरि २५ केन्द्र, १० उपककेन्द्र र दुई गैरसरकारी संस्थाका केन्द्रबाट एआरभी सेवा प्रदान गरिएको अधिकारीले जानकारी दिए 
उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौले मात्र यस्तो सेवा लिएका छन् । सरकारी तथ्यांकअनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा छन् 
उपाध्यक्ष डा. मिश्रका अनुसार एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाच्न सक्नेछन् । 'संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन्,' उनले भने, 'नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन् ।' उनका अनुसार एचआइभी र एड्सबाट संक्रमित भएकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोसिलो खानेकुरामा ध्यान दिनुपर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी पनि यो कुरामा सहमति जनाउँदै भन्छन्, 'संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषण्ायुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।'
के हो एआरटी ?
एआरटी अर्थात् एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । यसले संक्रमित अरूलाई एचआइभिको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्छ । यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । चिकित्सकहरूका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एनटी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ 
एचआइभी र एड्स के हो ?
अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ । तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रण्ााली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका बारेमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन 
तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ । त्यतिवेला मात्र यो रोगका बारेमा थाहा हुन्छ । सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो, जसमा एचआइभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैसँग आक्रमण गर्छन् । फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन् 
 
एचआइभी सर्ने माध्यम
  • असुरक्षित यौनसम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा
यसरी सर्दैन
  • लामखुट्टेले टोकेर
  • एउटै भाँडामा खाना खाँदा
  • हाछ्यूँ गर्दा, खोक्दा
  • एउटै चर्पी प्रयोग गर्दा
  • एउटै लुगाफाटो प्रयोग गर्दा
  • चुम्बन गर्दा
  • सँगै पौडी खेल्दा
  • बिरामीको स्याहार-सुसार गर्दा
  • परिवारमा सँगै बस्दा
बच्ने उपाय
  • सुरक्षित यौन व्यवहार अपनाउने
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने
प्रवीण ढकाल

Tuesday

एशियाली मुलका बिद्यार्थी सेक्सबारे अनबिज्ञ



एशियाली मुलका बिद्यार्थीलाई सेक्सका बारेमा कम जानकारी रहेको भन्दै न्यूजिल्याण्डको एक बिजनेस स्कुलले बिद्यालयमै यौन शिक्षा दिने भएको छ । न्यूजिल्याण्ड हेराल्डका अनुसार अकुल्याण्ड कोनकोर्डिया स्कुल अफ बिजनेसले आफुकहाँ आएका अधिकांश एशियाली मुलका बिद्यार्थी सेक्सबारे अनबिज्ञ भएको भन्दै अनिवार्य सेक्स क्लास सुरुवात गर्ने भएको छ । अभिभावकभन्दा टाढा खुला समाजमा कसरी सेक्सलाई ह्याण्डिल गर्ने र सेक्स स्वतन्त्रतालाई उपभोग गर्ने भन्नेबारेमा सिकाउन यस्तो कक्षा सुरु गर्न लागिएको म्यानेजर फुवाले बताए ।
एशियाली मुलका बिद्यार्थीमा सेक्सबारे जानकारी कम रहेको र उनीहरुको बिद्यालय शिक्षामा यौन शिक्षालाई अनिबार्य बिषय नबनाएका कारण पश्चिमी खुला समाजमा घुलमिल हुन गाह्रो हुने म्यानेजरले बताए । न्यूजिल्याण्डको एक सर्भेले गर्भपतन गराउनेमध्ये धेरै एशिलायी मुलका रहने गरेको तथ्याङ्क अघि सार्दै स्कुलका ती म्यानेजरले त्यसमध्ये पनि धेरैजसो बिदेशी बिद्यार्थी हुनसक्ने शंका ब्यक्त गरे । घरपरिवारबाट स्वतन्त्र भएको र टाढा भएको ठानेर सेक्सलाई लार्पवाहीपूर्व प्रयोग गरेको भन्दै सेक्सलाई जिम्मेवारीपूर्वक लिन औपचारिक शिक्षा दिन लागिएको बताइएको छ । जे होस आफ्नो घर परिवारमा सेक्सबारे खुलेर छलफल गर्न नपाएका एशियालीले न्यूजिल्याण्डको स्कुलमा भने त्यसको गतिलो स्वाद लिने भएका छन् । छैन त काईदा ?

Friday

एशियालीलाई अब स्कुलमै सेक्स….


एशियाली मुलका बिद्यार्थीलाई सेक्सका बारेमा कम जानकारी रहेको भन्दै न्यूजिल्याण्डको एक बिजनेस स्कुलले बिद्यालयमै यौन शिक्षा दिने भएको छ ।
न्यूजिल्याण्ड हेराल्डका अनुसार अकुल्याण्ड कोनकोर्डिया स्कुल अफ बिजनेसले आफुकहाँ आएका अधिकांश एशियाली मुलका बिद्यार्थी सेक्सबारे अनबिज्ञ भएको भन्दै अनिवार्य सेक्स क्लास सुरुवात गर्ने भएको छ । अभिभावकभन्दा टाढा खुला समाजमा कसरी सेक्सलाई ह्याण्डिल गर्ने र सेक्स स्वतन्त्रतालाई उपभोग गर्ने भन्नेबारेमा सिकाउन यस्तो कक्षा सुरु गर्न लागिएको म्यानेजर फुवाले बताए ।
एशियाली मुलका बिद्यार्थीमा सेक्सबारे जानकारी कम रहेको र उनीहरुको बिद्यालय शिक्षामा यौन शिक्षालाई अनिबार्य बिषय नबनाएका कारण पश्चिमी खुला समाजमा घुलमिल हुन गाह्रो हुने म्यानेजरले बताए । न्यूजिल्याण्डको एक सर्भेले गर्भपतन गराउनेमध्ये धेरै एशिलायी मुलका रहने गरेको तथ्याङ्क अघि सार्दै स्कुलका ती म्यानेजरले त्यसमध्ये पनि धेरैजसो बिदेशी बिद्यार्थी हुनसक्ने शंका ब्यक्त गरे ।
घरपरिवारबाट स्वतन्त्र भएको र टाढा भएको ठानेर सेक्सलाई लार्पवाहीपूर्व प्रयोग गरेको भन्दै सेक्सलाई जिम्मेवारीपूर्वक लिन औपचारिक शिक्षा दिन लागिएको बताइएको छ । जे होस आफ्नो घर परिवारमा सेक्सबारे खुलेर छलफल गर्न नपाएका एशियालीले न्यूजिल्याण्डको स्कुलमा भने त्यसको गतिलो स्वाद लिने भएका छन् । छैन त काईदा ?

O khabar

चुम्बनदेखि सावधान, यदि तपाईमा एलर्जी छ भने

kiss2
एक ३० वर्षिय चिकित्सकले आफ्नी गर्लफ्रेण्डको चुम्बन लिए । लगत्तै उनको ओठ चिलाउन थाल्यो । उनको गला सुक्न लाग्यो र उनलाई अस्पतालमा भर्ना गर्नु पर्‍यो । यि चिकित्सकलाई अखरोटसँग एलर्जी थियो । उनकी गर्लफ्रेण्डले उनीसँग भेट गर्नु ठिक दुई घण्टाअघि मात्र अखरोट खाएकी थिइन्।
चिकित्सकहरुका अनुसार यदि कसैलाई कुनै खानेकुरासँग एलर्जी छ भने उनीहरुले चुम्बन लिनुअघि ध्यान दिनु आवश्यक छ कि आफ्नो साथीले यस्तो कुनै चिज त खाएको छैन जुन आफ्नो लागि हानिकारक छ। अमेरिकन कलेज अफ अलर्जीका अध्यक्ष सामी बाह्राका अनुसार चुम्बनका क्रममा सेल्भिया एकअर्काको मुखमा जाने गर्दछ र यस क्रममा आहारका कणहरु पनि आदानप्रदान हुन सक्छ। यसबाट अलर्जेटिक लक्षण उत्पन्न हुन सक्छ।
यदि आफू सामुको व्यक्तिले ब्रस गरेको होस, मुख राम्रोसँग सफा गरेको होस् तैपनि यस्तो सम्भावना कायमै रहने गर्दछ कि साथीबाट एलर्जीको गुनासो होस् ।
बाह्राका अनुसार ३० वर्षिय चिकित्सकको उदाहरणले यसलाई स्पष्ट गर्दछ। उनकी गर्लफ्रेण्डले अखरोट खाएपछि ब्रसले दांत सफा गरेकी थिइन् । माउथ फ्रेसनरको प्रयोग गरेकी थिइन् र चुइगम पनि खाएकी थिइन् । त्यसको दुई घण्टापछि उनी आफ्नो प्रेमीलाई भेट्न गएकी थिइन् । तर फेरि पनि उनीहरुबीचको चुम्बनले चिकित्सकलाई अस्पताल भर्ना हुन बाध्य बनायो ।
जुन व्यक्तिमा फुड एलर्जी छ, उनीहरुलाई चुम्बनपछि गलामा खसखस, घांटी सुक्नु, जलन हुनु आदि समस्या हुन सक्दछ।
केही व्यक्तिमा योभन्दा पनि भयावह स्थिति आउन सक्छ। कतिपय मानिसलाई लेटेक्स र लुब्रीकेन्टबाट एलर्जी हुन्छ, उनीहरु अन्तरङ्ग क्षणमा कण्डोम प्रयोग गर्न सक्दैनन् । अर्कोतर्फ कतिपय मानिसमा आफ्नो सार्थीको विर्यबाट पनि एलर्जी हुन सक्छ। यसबाट उनीहरुको अन्तरङ्ग जीवन नराम्रोसँग प्रभावित हुने गर्दछ।

एजेन्सी