Translate

Thursday

उफ यो रुघा


सिर्जना लामिछाने २५ वर्षीया गृहणी हुन् । कृतिका उनकी पहिलो सन्तान हुन् । कृतिका भर्खर सात महिनाकी भइन् । विगत तीन दिनदेखि उनलाई रुघा लागिरहेको छ ।  रुघा लाग्ने बित्तिकै शिक्षित एवं सचेत आमाबाबुले उनलाई प्रतिष्ठित बाल विशेषज्ञबाट परीक्षण गराएर औषधी ख्वाए । औषधी खानेबित्तिकै उनको रुघा निको भयो तर औ षधी छाडेको केही दिनमै फेरि रुघा लाग्ने, छाती घ्यार घ्यार गर्ने, खोकी लाग्ने तथा ज्वरो आउने हुन थाल्यो । बेला-बेला त ज्वरो १ सय २ फोरेनहाइटसम्म पुगेको  थियो ।

यस्तो समस्या एक महिनादेखि दुई वर्षसम्मका शिशुहरूलाई हुन्छ । यस्तो समस्यालाई ब्रोन्काइटिस भनिन्छ । यो रोग मुख्यतः रेस्पिरेटोरी साइनसिटयल भाइरस (आरएसभी)  ले गर्दा हुन्छ । यस प्रकारका समस्या आरएसभीबाहेक इन्फुलुन्जा पाराइन्फलुन्जा, एडिनो भाइरस तथा कहिलेकाहीँ माइक्रोप्लाजमा निमोनियाँ आदिले पनि गराउन सक्छ ।

सामान्यतयाः यो रोग सबै शिशुमा कुनै न कुनै समयमा लागेको पाइन्छ । वातावरणको परिवर्तनसँगै ब्रोन्काइटिस हुनसक्छ । यो रोग जाडो याममा बढी देखा पर्छ । जन्मदा  कम तौल भएका तथा निश्चित मितिभन्दा अघि जन्मिएका शिशुमा यसको प्रभाव बढी हुन्छ । चिसो वा ओसिलो कोठामा राखिएका शीशुमा पनि यो समस्या बारम्बार दो होरिन्छ । शिशुलाई गुम्साएर पनि राख्नु हुँदैन साथै आमाले पनि चिसोवाट जोगिनुपर्छ ।

रुघा अर्थात ब्रोन्काइटिस तथा भाइरसले गर्दा हुने समस्या हो । भाइरसलाई मार्न वा निस्क्रिय पार्न सकिने औषधी साधारणतया उपलब्ध छैन । उपलब्ध केही एन्टिभाइरल  औषधी पनि त्यति प्रभावकारी छैनन् । त्यसैले ब्रोन्काइटिसका लागी केही सहयोगी औषधी वा पीडा कम गर्ने औषधी मात्र दिन सकिन्छ । ज्वरो बढी आएको अवस्थामा  सिटामोल दिनुपर्ने हुन्छ । खोकी तथा घ्यार-घ्यार गर्ने छातीका लागि खोकीको औषधी प्रयोग गर्न सकिन्छ । यसका लागि मह, अदुवाको रस तथा तुलसीको रस आदि पनि  प्रभावकारी हुन्छ । यो रोगमा सबैभन्दा महत्त्वपूर्ण उपचार भनेको वाफ दिनु हो । बाफले शिशुको श्वास नली खोल्न तथा श्वास नलीमा जमेर बसेको कफ फाल्न मद्दत  गर्छ तर बाफ दिँदा होसियार हुनुपर्छ । शिशुलाई धेरै बेर धेरै तातो बाफ दिँदा नकारात्मक असर पनि हुन सक्छ ।

वाफ बेलुका सुतिरहेको अवस्थामा आमासँगै राखेर दिनुपर्छ । बाफ दिँदा शिशुले कति तातो तथा कति अवधिसम्म बाफ सहन सक्छ, अन्दाज गर्न सक्नुपर्छ । कतिपय  अवस्थामा ब्रोन्काइटिसलाई पनि एन्टिवायोटिक दिनुपर्ने हुन सक्छ । बोन्काइटिसले शिशुलाई कमजोर बनाएको अवस्थामा ब्याक्टेरियाबाट शिशुलाई बचाउन एन्टिवायोटिक  दिनुपरेको हो ।

रोग लाग्न नदिन शिशुलाई चिसोवाट जोगाउनु अनिवार्य हुन्छ । त्यसबाहेक छ महिनासम्मका शिशुलाई आमाको दूधमात्र खान दिनुपर्छ । आमाको दूधमा शिशुलाई रोगबाट  बचाउन सक्ने शक्ति हुन्छ । शिशुलाई एक-दुई वर्षसम्म गाई-भैंसीको दूध ख्वाउनु हुँदैन । गाईको दूधले एकातिर शिशुलाई एलर्जी रुघा लगाउन सक्छ भने अर्कोतिर उसको  रोग प्रतिरोधात्मक शक्तिलाई पनि कमजोर बनाउँछ । शिशु छ महिना पुगेपछि लिटो ख्वाउनु राम्रो हो तर बजारमा पाइने बट्टाका खानेकुराहरू उपयुक्त हुँदैनन् । त्यस्तै  बालबालिका वा शिशुलाई चिसो हुन्छ भनेर शिशुलाई फलफुलको रस ख्वाउन

छोड्नु हुँदैन । फलफूलमा भिटामिन सी हुन्छ । भिटामिन सीले शिशुलाई भाइरसबाट हुने रोगहरूवाट बचाउने हुनाले शिशु छ महिनाको भएपछि थोरै-थोरै मात्रामा  फलफूलको रस ख्वाउनुपर्छ ।

कम उमेरका शिशुलाई गाई-भैंसीको दूध ख्वाउनु हुँदैन, फलफुलको रस खान दिनुपर्छ तथा चिसोबाट जोगाउनु पर्छ । रुघा लाग्नेबित्तिकै मह र अदुवाको रस आदि  ख्वाउनुका साथै बाफ दिनाले उनीहरूलाई ब्रोन्काइटिसबाट बचाउन सकिन्छ र पटक-पटक औषधी ख्वाउनु पनि नपर्ने हुन सक्छ ।

डा.बालकृष्ण साह

मेची अञ्चल अस्पताल

0 comments:

Post a Comment