एसियाका सबैभन्दा कामुक पुरुष
एसियाका सबैभन्दा कामुक पुरुषका सम्बन्धमा चर्चा गर्दा बलिउड स्टारहरू जोन अब्राहम, ऋतिक रोशन, सलमान खानदेखि आर एन्ड बी स्टार जे सिनसम्मको छवि मस्तिष्कमा आउनु स्वाभाविक हो, तर यस पटक भने लन्डनबाट प्रकाशित हुने इस्टर्न आई नामक साप्ताहिक प्रकाशनले गरेको सर्वेक्षणअनुसार अभिनेता रणवीर कपुर एसियाका सबैभन्दा कामुक पुरुषका रूपमा पहिलो स्थानमा छन् । उनी पछाडि क्रमशः जोन अब्राहम, ऋतिक रोशन, आर एन्ड बी स्टार जे सिन, पाकिस्तानी गायक अलि जफर टप फाइभभित्र परेका छन् ।
कामुक छैनन् किम
साँवरिया गर्ल सोनम कपुर अब सालिन ब्युटि नभएर बोल्ड एन्ड हट बन्न चाहन्छिन् । आफ्नो साधारण र शालिन शैलीबाट बोर भएकीले उनी नयाँ लुकमा देखा पर्न आतुर देखिएको स्रोतले जनाएको छ । परिणामस्वरूप उनी हिजोआज ग्ल्यामरस गेटअपमा देखा पर्न थालेकी छिन् । यतिमात्र नभै बोल्ड हुने क्रममा मिस कपुरले यौन र महिलाका अन्तरंग विषयमा पनि खुलेर कुरा गर्न थालेको स्रोतले उल्लेख गरेको छ ।
५० वर्षमा विवाह ?
सेल की सौखिन
आफ्नो जन्मदिनमा अभिनेत्री समिरा रेड्डीले आफूले कल्पना नगरेको उपहार प्राप्त गरेकी छिन् । आफ्नो अभिभावकसित जन्मदिन मनाएकी समिराले यस पटकको जन्मदिनको उपहारका रूपमा सेतो रंगको बीएमडब्लु फाइभ सिरिजको कार प्राप्त गरेकी छिन् । उनका अभिभावकले उक्त कारसहित उनलाई पोस् र डिलक्स फ्ल्याट समेत दिएका छन् । जन्मदिनकै अवसरमा निर्देशक प्रियदर्शनले अभिनेत्री समिरालाई अभिनेता अजय देवगणसितको नयाँ हिन्दी चलचित्रका लागि अनुबन्ध गरेका छन् ।
sapthahik








0 comments:
Post a Comment