विश्व विख्यात पप गायक स्वर्गीय माइकल ज्याक्सनको मृत्यु भएको डेढ वर्षपछि उनका पिता जोसेपु ज्याक्सनले माइकलको उपचारमा संलग्न चिकित्सक डा. कोन्र् याड मुर्रेलगायत अन्य सम्बद्ध चिकित्साकर्मी बिरुद्ध अपिल दायर गरेका छन् ।
लस् एन्जेलस् उच्च अदालतमा दायर गरिएको उक्त २४ पृष्ठ लामो अपिल मुद्धामा डाक्टर मुर्रे अन्य चिकित्साकर्मी र लस् भेगास औषधी भण्डारलाई समेत दोषारोपण गरिएको छ ।
गायक ज्याक्सनको गत सन् २००९ जुन २५ तारिखका दिन मृत्यु हुनु पूर्व डाक्टर मुर्रेले उनको उपचारमा उदासिनता देखाई ४७ मिनेटसम्म कसैसँग फोनमा वार्ता गरी उपचार गर्न अत्यन्त बिलम्ब गरेका कारण ज्याक्सनको मृत्यु भएको आरोप लगाइएको छ ।
त्यसैगरी अन्य चिकित्साकर्मीले बिलम्ब गराउनमा सहयोग गरेको र औषधि भण्डारले चाँही आवश्यक भन्दा बढी कडा खाले लठ्याउने औषधी आपूर्ति गरी छोरालाई मार्न सहयोग गरेको समेत आरोप लगाइएको छ ।
यसअघि गायकका पिताले सङ्घीय अदालतमा दायर गरेको मुद्धा खारेज भएको थियो । यसै क्रममा ५७ वर्षीय डाक्टर मुर्रेको अदालती बयान विवादास्पद भेट्टिएकोले प्रहरीले अनुसन्धान गर्दा आफ्नै निजी व्यापार व्यवसायको सिलसिलामा नेभादा र टेक्सासमा उनले ४७ मिनेटसम्म एकनास टेलिफोन गरिरहेको समेत खुल्न आएको छ ।
सुबिख्यात गायक माइकल ज्याक्सनको ५० वर्षको उमेरमा अकालमा मृत्यु भएको थियो ।

mero cinema

0 comments:
Post a Comment