Translate

Thursday

के तपाईले घामको पैसा दिनुभो !

 http://www.onlinekhabar.com/wp-content/uploads/2010/11/29hatke1-1_1291051523_m1.jpg
स्पेनकी एक महिलालले सुर्यलाई आफ्नो सम्पक्ति भएको दावी गर्दै यसको प्रकाश प्रयोग गर्न शुल्क लाग्ने दावी गरेकी छिन् ।
स्पेनको ग्यालिसिया शहरकी ४९ वषिर्य एन्जिल्स ड्युनले भनिन्, सौय मण्डलको एक मात्र तासा, सुर्य आधिकारिक रुपमा मेरो हो ।’उनले सुर्यलाई स्थानिय नोटरी कार्यालयमा आफ्नो सम्पत्तिका रुपमा दर्ता समेत गराएकी छिन् ।
उनले अमेरीकाका एक नागरिकबाट प्रभावित भए। आफुले गत सप्टेम्वरमा सुर्यलाई नोटरी कार्यालयमा दर्ता गराएको बताइन् ।
अमेरीकाका ति नागरिकले चन्द्रमा र अन्य केही ग्रहलाई आफ्नो नाममा दर्ता गराएका छन् । अन्तराष्ट्रिय रुपमा भएको सहमति अनुसार कुनै पनि देशले कुनै ग्रहलाई आफ्नो सम्पक्ति वनाउन सक्दैनन् ।
तर यस्तो सहमति व्यक्ति विशेषमाथि भने लागु हुँदैन । स्पेनिस नागरिक ड्युनले भनिन्, ‘यो कुनै मजाक होइन, मैले कानुनी रुपमा नै सुर्यलाई आफ्नो सम्पक्ति बनाएको हुँ । म बेकुप होइन । मलाई पनि कानुन थाहा छ ।’
नोटरी कार्यालयको दस्तावेजमा लेखिएका छ, ‘ड्युनलाई सुर्यको मालिक घोषणा गरिएको छ ।’ नोटरी कार्यालयको दस्तावेजकै आधारमा ड्युनले सुर्यको प्रकाश प्रयोग गर्नेहरुमाथि शुल्क लगाउने तयारी गरिरहेकी छिन् ।
त्यसबाट उठेको रकमको आधा स्पेश सरकारलाई दिने उनको भनाई छ । यसैगरी उनले बीस प्रतिशत एक फण्डलाई दिने छिन् भने दश प्रतिशत शोधकर्ता, दश प्रतिशत विश्वको भोकमरी कम गर्न र बाँकी दश प्रतिशत आफै राख्ने छिन् । 

एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment