Translate

Thursday

मेरो छोराको ज्यानमा खतराः विकिलिक्स संस्थापककी आमा

  Click on the slide!
अमेरिकी गोप्य दस्तावेजहरु सार्वजनिक गरेर विश्वमा हलचल मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्गेकी आमाले आफ्ना छोराको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो छोराले चुनौति दिइरहेको शक्ति 'निकै ठूलो' भएको बताएकी छन्।क्यानाडेली प्रधानमन्त्रीका सल्लाहकार टम फ्लानागनले असान्गेको हत्या गर्नुपर्ने विचार सार्वजनिक रुपमा व्यक्त गरेको भोलिपल्ट बुधबार इन्टरपोलले स्वीडेनमा भएको भनिएको बलात्कारका आरोपहरुमा उनीविरुद्ध विश्वव्यापी गिरफ्तारी वारेन्ट जारी गरेको छ।

एएफपीका अनुसार क्रिस्टिन असान्गेले आफ्नो निकै बुद्धिमान छोरा सानैदेखि नैतिक रुपमा सत्य खोजिहिँड्नेका रुपमा हुर्केको बताइन्। क्विन्सल्यान्डस्थित एक स्थानीय पत्रिका कुरियर मेलसित कुरा गर्दै  उनले आफ्नो छोरा सुरक्षाका लागि परिवारसित टाढा बसिरहेको बताइन्।  विकिलिक्स अमेरिकामा होस्ट गर्न दिइएन-
अमेरिकी कम्पनी अमेजनले विकिलिक्सलाई आफ्नो सर्भरमा होस्ट गर्न अस्वीकार गरेको छ। सिनेटर जो लिबरम्यानको राजनीतिक दबाबका कारण साइट हटाइएको भनिए पनि यस विषयमा अमेजनले कुनै पनि टिप्पणी सञ्चार माध्यमसित गर्न मानेको छैन।

विकिलिक्सले भने आफ्नो ट्विटरमा यसप्रति क्रुद्ध प्रतिक्रिया जनाएको छ। अमेरिकी संविधानको पहिलो संशोधनबाट थपिएको 'अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताविरुद्ध  कुनै कानुन नबनाइने' प्रावधानलाई उल्लेख गर्दै उसले भनेको छ- यदि अमेजनलाई यसबाट असुविधा छ भने उनीहरुले किताब बेच्ने व्यवसाय पनि बन्द गर्नुपर्छ।

'ठीक छ, अब हाम्रो डलर युरोपका मानिसलाई रोजगार दिन खर्च हुनेछ,' उसले अर्को ट्विटमा भनेको छ।

विकिलिक्सले आफूसँग भएका भनिएका साढे दुई लाख कागजातमध्ये यो समाचार तयार पार्दासम्म ६०७ वटा सार्वजनिक गरिसकेको छ।

nagarik

0 comments:

Post a Comment