Translate

Friday

The interresting sexy world

पुतलीसँग आफ्नो जीवनसाथीझै व्यवहार


रूसको सडकमा बसोबास गर्ने एक व्यक्ति सासा पुतलीसँग आफ्नो जीवनसाथीझै व्यवहार गर्छन् । उनी त्यो पुतलीसँग कुरा मात्र गर्दैनन्, सँगै सुत्छन् पनि ।



महिलासँग चाहिँ छुट

ट्रिक साइक्लिस्टले अमेरिकामा गरेको अनुसन्धानमा पुरुषहरूले आफ्ना महिला साथीहरूले छल गरेर पुरुषसँग भन्दा महिलाहरूसँग यौन  सम्पर्क राखे छुट दिने बताएका छन् । सर्वेक्षणमा कतिपय पुरुषले आफ्ना महिला साथीको समलिंगी यौनव्यवहारमा आफू पनि सहभागी हुन  पाए राम्रो हुने  बताएका छन् । ७ सय कलेजका विद्यार्थीसँग व्यक्तिगत रूपमा सोधेर गरिएको सर्वेक्षणको नतिजा हालै प्रकाशित भएको  थियो । मनोचिकित्सक जेमी कोनफेर तथा मार्क क्लाउड भन्छन्- सर्वेक्षणमा सहभागी भएकाहरूमध्ये ५० प्रतिशतले आफ्नी महिला साथीले  महिलासँग यौन व्यवहार गरेको सहन सक्ने बताए भने २२ प्रतिशतले अन्य पुरुषसँग यौनव्यवहार गरे आपत्ति हुने जनाए । महिलाहरूले भने  आफ्ना पुरुष साथीले समलिंगी व्यवहार गरेको वा अन्य महिलासँग शारीरिक सम्पर्क गरेको सहन नसक्ने  बताए ।



जितको खुसीमा निर्वस्त्र

दिस मर्निङ कार्यक्रममा सञ्चालक जिनो डिक्याम्पोले आफ्नो कार्यक्रमले टेलिभिजनको राष्ट्रिय पुरस्कार जिते निर्वस्त्र कार्यक्रम सञ्चालन गर्ने  घोषणा गरेका थिए । उक्त घोषणाको केही समयपछि सम्पन्न राष्ट्रिय टेलिभिजन पुरस्कार समारोहमा उनको कार्यक्रम पुरस्कृतसमेत भयो ।  आफ्नो पहिलो वाचाअनुसार जिनोले निर्वस्त्र भएर कार्यक्रम सञ्चालन गरे । दिस मर्निङमा जिनोले होली विलवाउट तथा फिलिप स्कोफिल्डसँग मिलेर खाना पकाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन् । इटालीयन परिकार तयार पार्ने उक्त कार्यक्रमले पुरस्कार पाएपछि ३४ वर्षीय  जिनोले एप्रोन मात्र लगाएर परिकार तयार पारेका थिए ।



गृहणीको निर्वस्त्र अभियान

पोल्यान्डको लोज नामक सहरका गृहिणीहरूले निर्वस्त्र भएर कल्याणकारी कार्य गरेका छन् । एक चार वर्षीया बालिका जुलिया कोपेरको  उपचारका लागि सहयोग जुटाउन स्थानीय गृहिणीहरूले निर्वस्त्र भएर अर्थ संकलन गरेका थिए । वंशाणुगत समस्याका कारण जुलियाको  मस्तिष्क र शरीर नचल्ने अवस्थामा पुगेको थियो । उनको उपचारलाई ठूलो धनराशि आवश्यक पर्ने भएपछि जुलियाकी नातेदार इवा मासिर् निकले उक्त अभियान थालेकी हुन् । इवाले स्थानीय महिलाहरूलाई भेला गरेर जुलियाको सहयोगका लागि रकम जुटाउन निर्वस्त्र फोटो शुट  गरेर क्यालेन्डर प्रकाशित गरेका थिए । उक्त क्यालेन्डर बिक्रीमा राख्दा पहिलो चरणमै २७ हजार पाउन्ड संकलन भएको बताइन्छ ।



निर्वस्त्र तटमा वस्त्रको छुट

फ्लोरिडाको डिल्रे तटलाई नेचुरीस्ट (प्रकृति प्रेमी) हरूले निर्वस्त्र हिँड्डुल गर्न पाउने समुन्द्री तटमा परिवर्तन गरेपछि अहिले उक्त निर्णयमा  सुधार ल्याउनुपर्ने माग हुन थालेको छ । ६ वर्षअघि नेचुरिस्टहरूले उक्त तटमा निर्वस्त्र हिँडडुल गर्न छुट पाएका थिए । निर्वस्त्र हिँड्डुल गनेर् हरूबाट पटक-पटक यौन दुव्र्यवहार हुन थालेपछि उक्त क्षेत्रमा पोसाक लगाएर पनि हिँड्डुल गर्न मिल्ने व्यवस्था हुनुपर्ने माग हुन थालेको छ ।  स्थानीय नेचुरिस्ट डेभिड आर्मस्ट्रङले नेतृत्व लिएको यो अभियानमा ४५ हजारले हस्ताक्षर गरिसकेका छन् । डिल्रे विच नामक संस्थाले नै उक्त  क्षेत्रमा नेचुरिस्ट बनाएर निर्वस्त्र हिँड्डुल गर्न छुट पाउने व्यवस्था मिलाएको थियो । उनीहरूले सरकारलाई कर तिरेका कारण आफूहरूले निवर् स्त्र हिँडडुल गर्न पाउनुपर्ने माग गरेपछि सो क्षेत्रलाई निर्वस्त्र हिँडडुल गर्न मिल्ने बनाइएको थियो । परिवार एवं नातेदारहरूसँग उक्त तटको  भ्रमण गर्न अप्ठ्यारो स्थिति आउन थालेपछि डेभिडकै नेतृत्वमा पहिरन लगाएर पनि उक्त तटको भ्रमण गर्न मिल्ने सुविधा दिन लागिएको हो ।

sapthahik

0 comments:

Post a Comment