आमिर नुहाउँदैनन् रे
मिस्टर पर्फक्सनिस्टका रूपमा परिचित अभिनेता आमिर खानकी निर्देशिका पत्नी किरण रावका अनुसार आमिर नियमित रूपमा नुहाउँदैनन् । एक अन्तर्वार्ताका क्रममा आमिर पत्नी किरणले आफ्ना श्रीमान्को मन नपर्ने बानीका सम्बन्धमा बोल्दा उक्त कुरा बताएकी हुन् । अन्तर्वातार् का समयमा किरणसँगै रहेका अभिनेता आमिरले आफ्नी श्रीमतीको उक्त अभिव्यक्तिमा आफ्नो बचाउ गर्दै आमिरले आफू घरमा हुँदा मात्र नियमित रूपमा ननुहाउने तर काममा जाँदा भने आफू नुहाउने मामिलामा कन्जुस नभएको बताए ।
मुन्ना भाइको सानो पर्दामा एन्ट्री
महँगो पारिश्रमिकका कारण टेलिभिजन गेम शो 'दसका दम' बाट अभिनेता सलमान खानलाई हटाइने चर्चा चलेकै बेला मुन्ना भाइ अर्थात् अभिनेता संजय दत्त सो टेलिभिजन गेम शोको सञ्चालकका रूपमा सानो पर्दामा देखिने सम्भावना रहेको बताइन्छ । सल्लु भाइको दवंगगिरी हटेपछि मुन्ना भाइको गान्धीगिरीले दसका दमको टीआरपीमा कस्तो प्रभाव पार्नेछ, त्यो भने भविष्यले नै बताउनेछ ।
जेनिलियाले जोनको कुरा मानिनन्
अभिनेता जोन अब्राहम आफ्नो स्वास्थ्यका मामिलामा निकै सचेत छन् र उनी स्वास्थ्य सल्लाह दिन पनि पछि पर्दैनन् । स्रोतका अनुसार यही बानीका कारण जोनले चलचित्र 'फोर्स' मा आफूसँगै काम गरिरहेकी अभिनेत्री जेनिलिया डिसुजालाई स्वास्थ्यवर्धक खाना खान सुझाव दिएका थिए, तर जेनिलियाले फ्राइड स्न्याकप्रतिको आफ्नो मोहलाई त्यागिनन्, बरु उनले जोनको हेल्दी डाइटको कुरालाई अस्वीकार गरिन् ।
sapthahaik
0 comments:
Post a Comment