Translate

Friday

४६ घन्टा २४ मिनेट लगातार चुम्बन गरेर वल्र्ड रेकर्ड

image
थाइल्यान्ड/ थाइल्यान्डका एक दम्पतीले ४६ घन्टा २४ मिनेटसम्म निरन्तर चुम्बन गरेर गिनिज बुकको पुरानो रेकर्ड तोडी नयाँ रेकर्ड कायम गरेको छ । थाइल्यान्डको पटायामा भ्यालेन्टाइन्स डेको अवसर पारेर आयोजना गरिएको चुम्बन प्रतियोगितामा बैंककका ४२ वर्षीय अक्कीककाचाई टिरानारट र उनकी ३१ वर्षीया पत्नी रक्सना टिरानारटले लामो समयसम्म निरन्तर लिपलाप किस गरेर विजेता बनेका हुन् 


आफ्नो पार्टनरलाई जति लामो समयसम्म चुम्बन गरिरहन सक्यो, त्यसैले उपाधि जित्ने प्रतियोगितामा १४ प्रेमी जोडीले भाग लिएका थिए । ४६ घन्टाभन्दा बढी समयसम्म चलेको प्रतियोगितामा टिरानारट दम्पतीले सर्वाधिक ४६ घन्टा ४२ मिनेट ९ सेकेन्डसम्म चुम्बन साटासाट गरिरहेका थिए । यसअघि २००९ मा भएको चुम्बन प्रतियोगितामा जर्मनीको एक प्रेमी जोडीले ३२ घन्टा ७ मिनेट १४ सेकेन्डसम्म निरन्तर चुम्बन गरेर गिनिज बुकमा रेकर्ड राखेका थिए 
सर्वाधिक लामो समय चुम्बन गरेर गिनिज बुकमा रेकर्ड राख्न सफल भएकोमा टिरानारट दम्पती निकै खुसी छ । सर्वाधिक चुम्बन जोडीको उपाधिसहित सो जोडीले दुई लाख थाई भाट र हीराको औँठी पुरस्कारस्वरूप प्राप्त गरेका छन् । उनीहरू अचेल एकअर्कालाई चुम्बन गर्न पछि हट्दैनन् । चुम्बनै गरेर वल्र्ड रेकर्ड कायम गरेका उनीहरू आफ्नो जोडी निकै भाग्यशाली भएको बताउँछन् । प्रतियोगितामा आफूहरूले निकै प्रेमका साथ चुम्बन गरेकाले समय बितेको पत्तै नभएको दाबी विजेता जोडीको छ । 

naya patrika


0 comments:

Post a Comment