‘थुप्रै सिनेमाहरुमा उँहाको छोराको भुमिकामा काम गरियो, अब उँहाको हिरो बन्छु’,सँयम भनछन्,‘त्यसो त निरुता आन्टीलाई पनि मेरो हिरोईन भएर काम गर्न मन छ रे’। सायदमा नायक दिलिप रायमाझीकी साली नवनायिका अनिता दाहाललाई आफ्नो हिरोईनका रुपमा पाएका सँयमले यस सिनेमा भित्र एकोहोरो माया गर्ने प्रेमीको भुमिका निभाएका छन् ।
सायद भित्र नायिका र आफुबिच त्यति धेरै सिने दृश्य नभएको बताउने सँयम कक्षा १२ को पढाई सिध्याएर बसेका छन् । स्मरण रहोस्, सँयम चलचित्र निर्देशक नारायण पुरीका सुपुत्र पनि हुन् ।
अब हेर्न बाकीँ छ, ‘यि नयाँ हिरोले निरुतालाई आफ्नो हिरोईन बनाउन सक्छन् कि सक्दैनन्’ ।








0 comments:
Post a Comment