यौनशिक्षा अनिवार्य गर्ने माग
छलफलमा अश्लील चलचित्रकी नायिका
बेलायतको क्याबि्रज युनिभर्सिटीले आयोजना गर्ने छलफल कार्यक्रमलाई चासोका साथ लिइन्छ । युनिभर्सिटीले यसअघि विन्सटन चर्चिल, रोनाल्ड रेगन, किष्ट उडजस्ता विश्वकै चर्चित व्यक्तिहरूलाई आफ्नो छलफल कार्यक्रममा सहभागी गराएको थियो । अब यो युनिभर्सिटीले आफ्नो छलफल कार्यक्रममा अश्लील चलचित्रकी नायिका सेली लुबेनलाई प्रस्तुत गर्ने भएको छ । सेलीले पिंक क्रस फाउन्डेसनमार्फत अश्लील सामग्रीको स्तर खस्किएको विषयमा वकालत गर्दै आएकी छिन् ।
छलफल पोर्नोग्राफी
-अश्लील सामग्री) ले सर्वसाधारणमा राम्रो प्रभाव पार्छकी पार्दैन भन्ने विषयमा केन्दि्रत हुनेछ, जसमा बेलायतको पहिलो अश्लील चलचित्रकी निर्देशक एन्ना स्पामले समेत सहभागिता जनाउनेछिन् । युनिभर्सिटीकी अध्यक्ष लाउरेन डेभिडसनका अनुसार युनिभर्सिटीले यसअघि राजनेताहरूलाई छलफलमा बोलाइन्थ्यो, तर अहिले अश्लीलताले समाजलाई अर्कै बाटोमा डोर्याइरहेका कारण हामीले यो विषय छनौट
गरेका हौं ।
स्तन बढाउँदा हृदयाघात
जर्मनीमा निर्माण हुने यौन चलचित्रकी एक नायिकाले आफ्नो स्तन ठूलो बनाउन प्लास्टिक सर्जरी गर्ने क्रममा हृदयाघात भएको छ । सेक्सी कोरा उपनामकी ती नायिका गत वर्ष जर्मनीमा प्रसारण भएको विग ब्रदर्स रियालिटी शोमामा सहभागी भएपछि चर्चामा आएकी थिइन् । विग ब्रदर्सको अन्तिम १० प्रतियोगीमा परेकी २३ वषर्ीया कोराले गत वर्ष आयोजित इरोटिक फेयरमा 'बेस्ट एमेच्योर २०१०' को उपाधि पाएकी थिइन् । स्तन बढाउन छैटौ पटक शल्यक्रिया गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो । अहिले उनको उपचार आइसियुमा भैरहेको छ । कोराका प्रवक्ताका अनुसार उनलाई पहिलो हृदयाघात भएर अस्पताल लाने क्रममा एम्बुलेन्समा दोस्रो पटक हृदयाघात भएको थियो ।
अन्त्यमा...
सुन्दै अचम्म लाग्ने जिजुबुबाको उमेरमा पुगेका रामजित राघव बुबा बने । विश्वकै बढी उमेरका बाबु बन्न सफल भारत हरियाणाका ९४ वषर्ीय रामजितले ५० वषर्ीय श्रीमती शकुन्तलामार्फत् हालै छोरा जन्माएका हुन् । अझै पनि स्वस्थ्य महसुस गर्ने रामजित र शकुन्तलाले आफ्नो छोरा हुर्किएपछि अर्को बच्चा पाउने सोचसमेत बनाएका छन् । यौनलाई अपरिहार्य सम्झने रामजित आफू श्रीमतीसँगको यौनसम्बन्धमा सन्तुष्ट रहेको र दम्पत्य जीवन सुखद भएकै कारण सन्तान प्राप्त भएको बताउँछन् । नौ दशक पार गरे पनि वयष्कको जस्तै यौन व्यवहार गर्ने रामजितका बारेमा उनकी श्रीमती शकुन्तला भन्छिन्- 'उनको उमेरका अरू पुरुषहरू वृद्ध भए पनि ऊ त्यस्तो छैन । ऊ मलाई प्रेम गर्दा २५ वर्षको पुरुषको झैं व्यवहार गर्छ ।' पूर्व कुस्ती खेलाडी रामजित अझै पनि खेतमा दैनिक ९ घण्टा शारीरिक श्रम गर्छन् । अहिले घरमा शिशु आएका कारण उनको काम गर्ने समय भने केही कम भएको छ । यसअघि भारतकै एक कृषक नानुराम जोगी ९० वर्षको उमेरमा बाबु बनेर सर्वाधिक बढी उमेरका पिता बन्ने कीर्तिमान कायम गर्न सफल भएका थिए ।
sapthahik








0 comments:
Post a Comment