'फेब्रुअरी १३ मा फर्कदैछु' इमेलमा निशाले लेखेकी छिन् 'घर फर्कन पाउँदा ज्यादै खुशि पनि छु ।' निशाको अमेरिका गन्तव्यप्रति नेपाली मिडियाहरुले उतै लुक्ने भनेर लेखेका थिए । आमा दुर्गाले पनि दाइ उतै भएकाले बस्ने-नबस्ने कुरा छोरीको मुडमा भर पर्ने बताएकी थिइन् । रोचक कुरा त यसपालिको भ्यालेन्टाइन डे प्लेनमै मनाउने पनि बताएकी छिन् उनले । भ्यालेन्टाइन डे त प्लेनमै मनाउलिन् तर कोसँग उल्लेखचाहिँ छैन ।
आफू अमेरिका उड्ने कुरा पनि मेरोसिनेमामार्फत नै सार्वजनिक गरिदिएकी थिइन् निशाले । अमेरिकामा मेरोसिनेमा लोकप्रीय बनिरहेको कुरा पनि निशाले इमेलमा उल्लेख गरेकी छिन् । जेहोस् निशाको घर फर्काइ स्वागतयोग्य कुरा हो । किनभने थुप्रै प्रोजेक्टहरु निशाको बाटो कुरेर बसिरहेका छन् ।
mero cinema








0 comments:
Post a Comment