लोकप्रिय पपगायक माइकल ज्याक्सनले एनेथेसिया प्रोपोफोलको अधिक डोज लिएर आत्महत्या गरेका थिए । डाक्टर कोनरेड मुरका वकिलले यो दावी गरेका हुन् । कोनरेडमाथि ज्याक्सनलाई अस्पतालमा भर्ना गरिएपछि लापर्वाही गरेकाले पपगायकको निधन भएको आरोप लगाइएको छ ।
कोनरेडका वकिलले आफ्नो बचाउ गर्दै लसएन्जल्सका जिल्ला न्यायाधिवक्ता डेभिड वालग्रेनलाई यस्तो कुरा बताएका हुन् । कोनरेडका वकिलले ज्याक्सनको कोठाबाट प्रोपोफोल भरिएका दुई सिरिज भेटिएको समेत दावी गरेका छन् । 'उनले यी औषधीको अधिक सेवनबाट आत्महत्या गरेका थिए । कोनरेडमाथि लगाइएको यो आरोप सरासर गलत हो' उनले भने ।
कोनरेडका वकिलले भने 'अस्पतालमा उनको पूर्ण निगरानी गरिएको थियो । जब उनलाई भर्ना गरियो बाथरुममा गएर उनले प्रोपोफोलको डोज लिए र एनेस्थिसियाको सिरिन्ज पनि रोपे जसका कारण उनको मृत्यु भयो ।' सन् २००९ मा ज्याक्सनको निधन रहस्यमय ढंगबाट भएको थियो । उपचारमा लापर्वाही गरिएर उनको मृत्यु भएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।

mero cinema

0 comments:
Post a Comment