Translate

Monday

सुन्दर अफिसरका हातमा गुलाब



 











दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तका सुन्दर महिला प्रहरीहरुको हातमा हिजोआज लाठी र बन्दूक हुँदैनन् । उनीहरुको हातमा त बरु सुन्दर गुलाबका फूलहरु हुन्छन् । ती गुलाबका फूल आफ्ना प्रेमी वा श्रीमान्का लागि उनीहरुले छुट्याएका चाहिँ होइनन् । बरु जसले सडक नियम मिच्छन्, तिनलाई सम्झाउनका लागि फूल उपहार दिने अभियान शुरु गरेका छन् ।



दाझोउ शहरको प्रहरी प्रशासनले हप्काई दप्काई गरेर नियम मान्न लगाउनुभन्दा पनि प्रेमले सम्झाईबुझाई गर्ने यो नयाँ शैली सोचेका हुन् । महिला प्रहरीहरुले मोटर चालकहरुलाई गुलाबको फूल दिँदै भन्छन्- "राम्रोसँग गाडी चलाउनुहोस्, दर्ुघटनाबाट जोगिनुहोस् किनभने घरमा तपाईंलाई कसैले कुरिरहेको छ ।"

२५ देखि ४५ वर्षउमेरका महिला प्रहरी अधिकारीहरु यस कामका लागि छानिएका थिए ।

"बोर्डमा टाँगिएका सन्देशभन्दा हामीले यसो गर्दा त्यो सन्देश बढी मजाले उनीहरुको दिलमा गढेको मैले पाएँ", प्रहरी प्रवक्ताले चीनको स्थानीय एक पत्रिकालाई बताएका छन् ।

"हामीले ती चालकहरुलाई बढ्ता गतिमा कुदाएको भन्दै कुनै टिकट काट्नु भन्दा पनि गुलाबले गति सीमित गर्न सुझाव दिनु झन् उपयोगी देखिएको छ", उनले बताए ।

यो डिसेम्बर महिनाभर एक लाख गुलाबका फूल एक लाख ड्राइभरलाई दिने योजना राखिएको पनि बताइएको छ ।


ENASHA

0 comments:

Post a Comment