महिलाले दैनिक माछाको तेल खाने गरेमा स्नत क्यान्सरबाट बच्न सक्नेछन् । माछाको तेल सधँै खानेमा भन्दा नखाने महिलामा स्तन क्यान्सर खतरा बढी रहेको एक अनुसन्धानले पत्ता लगाएको छ ।
अमेरिकाका अनुसन्धानकर्ताहरूले ६ वर्षसम्म विभिन्न स्थानका ३५ हजारभन्दा बढी महिलामाथि गरेको अध्ययनका आधारमा सो कुरा पत्ता लगाएका हुन् । माछाको तेलमा पाइने ओमेगा-३ नामक तेलीय एसिडले स्तन क्यान्सरबाट बचाउन सक्ने कुरा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको 'क्यान्सर इपिडिमियोलोजी, बायोमेकर्स एन्ड पि्रवेन्सन' नामक पत्रिकामा उल्लेख छ । 'माछाको तेलमा पाइने ओमेगा-३ एसिडले स्तन क्यान्सरको खतरालाई कम गर्न सक्छ ।' प्रकाशित रिपोर्टमा भनिएको छ, 'त्यसकारण दैनिक माछाको तेल खाने महिलामा नखानेभन्दा तीनगुणा बढी स्तन क्यान्सरबाट बच्न सक्ने सम्भावना रहेको हुन्छ ।'
अध्ययनबाट माछाको तेलमा ओमेगा-३ एसिड धेरै मात्रामा पाइने र सो एसिड सेवनका कारण क्यान्सर रोग लाग्नबाट धेरै हदसम्म बच्न सकिन्छ । ओमेगा-३ पहिलेदेखि नै स्वास्थ्यका लागि फाइदाजनक एसिडका रूपमा प्रसिद्ध रहेको थियो । योभन्दा पहिले पनि ओमेगा-३ ले शरीरका अन्य अंग दुख्नबाट बचाउने, बच्चाको दिमाग तीक्ष्ण बनाउने तथा मनरोगका लागि फाइदा हुने कुरा गरिँदै आइएको थियो । अहिलेको नयाँ अध्ययनले माछाको तेल र क्यान्सर रोगबीच सम्बन्ध रहेको र माछाको तेलमा पाइने ओमेगा-३ ले स्तन क्यान्सर हुनबाट जोगाउँछ भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ ।








0 comments:
Post a Comment