मेरो सिनेमा २३ साउन २०६७,
'बक्सियोस्, ज्यूनार..'जस्ता संवादहरु हामीले उपन्यास, परिकथा र राजतन्त्रकालिन परिवेशमा पढ्दै र सुन्दै आइरहेका हुन् । अझैपनि ठकुरी, क्षेत्री, राणालगायत धनाढ्य वर्गमा यस्तो बोलिन्छ । तर, सन्दर्भ भने चलचित्रको हो ।
नायिका रेखा थापा राजश्री युवती बनेकी छिन् अर्थात परिकथामा जस्तै राजकुमारी । आफ्नो पछिल्लो चलचित्र 'कसले चोरयो मेरो मन'मा रेखालाई 'शाही युवती'का रुपमा देख्न पाइन्छ । यस्ती शाही युवती जो सम्पूर्ण वर्गीय सीमाहरु पार गर्दै गरिब युवासँग प्रेम गर्छिन् । प्रेममा वर्गीयता बाधक छैन ।
आफूलाई अलग भूमिकामा प्रस्तुत गर्न मनपार्ने रेखाको यो पछिल्लो भूमिका हो । लभस्टोरी फिल्म भएपनि रेखाले शाही युवतीको भूमिका मज्जाले पस्केकी छिन् । झलक्क हेर्दा उस्तै पहिरन र सुन्ने संवादमा यी हिफाजत नायिकाको अभिनय छ ।
'नयाँ भूमिकामा निकै छुट्टै अनुभूति भयो' मेरो सिनेमासँग रेखा गफिइन् 'जहाँ मैले इलाइट युवतीको भूमिका गरेकी छु यद्यपी प्रेम भने आर्थिक रुपमा निकै कमजोर युवकसँग पर्छ ।' हिफाजतपछि निकै आश गरिएको रेखाको यो चलचित्र असोज २९ गते रिलिज हुँदैछ । निर्देशन भने सविर श्रेष्ठले गरेका हुन् । हिरोमा आर्यन छन् ।








0 comments:
Post a Comment