रोयर्टस समाचारका अनुसार, इण्डोनेसियाको शक्तिशाली धार्मिक संस्था इन्डोनेसियन उलेमा काउन्सिल -एमयुआई) ले देशभरका मुसलमानहरुले दिशा परिवर्तन गरेर प्रार्थना गर्न आदेश दिएको छ ।
पहिले उनीहरुले जुन दिशामा मक्का पर्छ भनेर प्रार्थना गरिरहेका थिए, त्यो दिशामा अफ्रिकी महादेश पर्ने थाहा भएपछि उनीहरुलाई दिशा परिवर्तन गर्न आदेश दिइएको बताइएको छ ।
"पहिले जता फर्किएर इन्डोनेसियालीहरु प्रार्थना गर्थे, त्यो दिशामा अफ्रिकी देशहरु सोमालिया र केन्या पर्ने थाहा भएपछि हामीले दिशा परिवर्तन गर्ने निर्णय गरेका हौँ", एमयुआईका प्रमुख चोलिल रिधवानले भने- "प्रायः हाम्रा सबै प्रार्थनाघरहरु त्यता फर्किएका भए पनि प्रार्थना गर्दा हामी मानिसहरु चाहिँ मक्कातर्फफर्कनुपर्छ भनी दिशा परिवर्तन गर्न लगाएका हौँ ।"
तर गलत दिशामा फर्किएर गरेको प्रार्थनाका कारण आफ्नो प्रार्थना खेर गएको भनी चिन्ता लिनु कुनै आवश्यक नभएको पनि उनले बताए ।
इन्डोनेसियामा राष्ट्रिय रुपमा कुनै धर्मलाई नअपनाएको पनि जनसंख्याको हिसाबले सबैभन्दा बढी संख्या मुसलमानकै रहेको छ ।








0 comments:
Post a Comment