Translate

Wednesday

डिम्ब सुरक्षित राख्ने होडमा महिला

image

तीस वर्षभन्दा माथिका महिला यतिवेला भविष्यका लागि आफ्नो डिम्ब सुरक्षित राख्ने होड चलेको छ । चालीस वर्षसम्म विवाह गर्न नचाहने र आमा बन्नुभन्दा करिअरलाई महत्त्व दिने महिला संख्यामा वृद्धि हुँदै गएपछि त्यस्ता महिलाले आवश्यक परेको वेला आफ्नो डिम्ब उपायोग गर्न सो डिम्ब सुरक्षित राख्ने गरेको एक अध्ययनले देखाएको छ ।
आधुनिक जमानाका महिलामा छिट्टै विवाह गर्ने चलन हट्दै गएको र उमेर बढ्दै गएपछि प्रजनन क्षमता पनि कम हुँदै जाने भएकाले उमेरमा नै डिम्ब संकलन गरी सुरक्षित राख्ने होड चलेको हो भन्ने अध्ययनले देखाएको छ । बेल्जियमको एउटा क्लिनिकले महिलामा गरिएको एक अध्ययनले सो कुरा पत्ता लगाएको हो ।
अध्ययनमा सहभागी हजाराँै महिलामध्ये आधाभन्दा बढी महिलाले तीस वर्षको उमेरपछि डिम्बको सुरक्षित राख्ने पद्धति अपनाएको बताएका छन् ।
उनीहरूले डिम्ब सुरक्षित राखेपछि छिट्टै विवाह गर्नु नपर्ने र करिअर राम्रो पार्न सक्ने जवाफ दिएका थिए । अध्ययनमा सहभागीमध्ये एकतिहाइमा भविष्यमा बच्चा नै जन्माउन नसक्ने अवस्था आउने हो कि भन्ने डरसमेत रहेकाले तीसको उमेरमै डिम्ब सुरक्षित राख्नुपरेको बताएका छन् ।
यसैगरी, युकेमा गरिएको अर्को अध्ययनले धेरै महिला आमा बन्नुभन्दा पहिले करिअर बनाउन इच्छुक रहेको देखाएको छ । दुई हजारभन्दा बढी छात्रामा गरिएको उक्त अनुसन्धानमा ८० प्रतिशत छात्राले पहिला करिअर बनाएर मात्र आमा बन्ने इच्छा रहेको र यसका लागि डिम्ब सुरक्षित राख्न चाहेको कुरा व्यक्त गरेका छन् । अध्ययनले पहिल्यै सुरक्षित गरिएको डिम्ब भविष्यमा आइबिएफ चिकित्सा प्रणालीबाट प्रयोगमा ल्याउन सकिने उल्लेख गरेको छ ।
डिम्ब सुरक्षित राख्ने महिलामा अधिकांश ३५ वर्षभन्दा माथि रहेका छन् । अध्ययनले पहिल्यै सुरक्षित राखिएको डिम्बले पछि महिलाले स्वस्थ बच्चा जन्मन्छ वा जन्मदैन भन्ने अध्ययन भइरहेको जनाएको छ । 'महिलामा डिम्ब सुरक्षित गर्ने होड चलेपछि त्यसबाट भविष्यमा कस्तो बच्चा जन्मन्छ भन्ने अध्ययन गर्न आवश्यक भएकाले क्लिनिकले अध्ययनका लागि काम सुरु गरिसकेको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ ।                                                                            by naya patrika agency

0 comments:

Post a Comment