Translate

Wednesday

सबैभन्दा लामो जिब्रो भएका कलाकार

by enasha
अमेरिकाको चर्चित फक्स च्यानलले एउटा अमेरिकी कलाकारको जीवनको परिचय नै बदलिदिएको छ । ती कलाकार पहिले अभिनयका कारणले चिनिन्थे भने अब अहिले आएर संसारकै लामो जिब्रो भएका व्यक्ति भनी परिचय बनाउन पाउने भएका छन् ।



ल आउनुहोस्, अब यिनलाई चिनौँ । यी हुन्, कलाकार निक अफानासिभ । उनी बस्छन्, क्यालिफोर्नियामा । यिनी अमेरिकाकै सबैभन्दा लामो जिब्रो भएका व्यक्तिका रुपमा प्रख्यात छन् । यस कुरालाई हालै सान डिएगो न्यूज स्टेशन फक्स फाइभले जनाएको हो ।

उनको ज्रि्रोको आकार ३.५ इन्च रहेको छ । अनि संसारकै सबैभन्दा छोटो जिब्रो चाहिँ ०.३६ इन्चको रहेको विश्वकिर्तिमान बेलायती स्टेफन टेलरले बनाएका छन् ।

रमाइलो त के छ भने लामो जिब्रो भएकै कारणले उनी कलाकार भएका हुन् । एक पटक क्यामेरामा अनुहार देखाएपछि उनले पछि फर्केर हेर्नु परेको चाहिँ छैन ।

२० वर्षो कलाकार भन्छन्- "मलाई थाहा थियो मेरो जिब्रो लामो छ तर यति लामो होला र राष्ट्रिय किर्तिमान नै बन्ला भन्ने चाहिँ सोचेको थिइनँ ।"

0 comments:

Post a Comment