अंग्रेजी फिल्म 'लाइटर'मा सुनन्दाको प्रभावकारी अभिनय हेर्न पाइन्छ । जीवन र करियरप्रति अल्मलिएका चार किशोरहरुको कथामा आधारित चलचित्रमा सुनन्दाले खेलेकी हुन् । उनी राजधानीको ग्यालेक्सी पब्लिक स्कुलकी छात्रा पनि थिइन् ।
जीवनका व्यवहारिक पक्ष र मान्यताका दुई पक्षबीचमा निर्णय गर्न नसकिरहेका युवाहरुको कथामा आधारित छ फिल्म । आगामी दिनहरु करियरका लागि महत्वपूर्ण छन् भन्ने सन्देश फिल्मको छ । जसमा सुनन्दाले एक किशोरीको भूमिका निर्वाहा गरेकी छिन् ।
सो चलचित्रलाई 'मनोबैज्ञानिक थ्रीलर' श्रेणीमा राख्न सकिन्छ । 'अभिनय मेरो रुचि पनि हो' हालैको एक अनलाइन संवादमा सुनन्दाले भनिन् 'संगीत र अभिनयलाई सँगै अगाडि बढाउने सोच छ । अन्य चलचित्रमा पनि अभिनय गर्ने योजनामा छु ।'
अर्की नेपाली युवती श्वेता लामिछाने यतिबेला हलिउडका चलचित्रमा जमेकी छिन् ।
by मेरो सिनेमा








0 comments:
Post a Comment