Translate

Tuesday

रोलरकोस्टरमा नाङ्गै किर्तिमान

पुर्वी बेलायतको एसेक्स निवासीहरुले नाङ्गै किर्तिमान बनाउने प्रयास गरेका छन् । यो किर्तिमान आफ्नो क्षेत्रलाई लोकप्रिय बनाउने एउटा अभियानअर्न्तर्गत गरिएको किर्तिमान आयोजकहरुले बताएका छन् । बालबालिकाहरुका लागि निकै लोकप्रिय मानिने रोलर कोस्टरमा नाङ्गै खेलेर यो किर्तिमान बनाउने प्रयास गरिएको हो ।



यो किर्तिमान अभियानमा एक सय जना रोमाञ्च खोजीकर्ताहरुले भाग लिएका थिए । सन् २००४ मा एल्टन टावरमा ३२ जना नाङ्गा व्यक्तिहरुले बनाएको रोलरकोस्टर किर्तिमानलाई तोड्नका लागि यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् ।

यो किर्तिमानको अर्को मानवीय पक्ष के छ भने, यो कार्यक्रम हर्ेन थुप्रै निम्तालुहरुलाई बोलाइएको थियो । र, कार्यक्रम अवधिभर उठेको रकम साउथेन्ड हस्पिटललाई प्रदान गरिने पनि बताइएको थियो ।

कार्यक्रम आयोजक ट्रयासी जोन्सले भने- "यो निकै राम्रो कामका लागि हामी पैसा उठाउन चाहन्थ्यौँ । र, यसका लागि किर्तिमानमा सहभागी गराउन बढीभन्दा बढी व्यक्तिहरु भेला होऊन् भन्ने हाम्रो चाहना थियो । नभन्दै हामीले नग्न रोलरकोस्टर कार्यक्रम आयोजन गर्‍यौँ र रोचक अभियानमा साथ दिन चाहने व्यक्तिहरुले नाङ्गै रोलर कोस्टरमा घुम्नुको मज्जा लिए ।" कार्यक्रम आयोजक बोसोम पाल्स अपिलकी बार्बरा वार्नरले भनिन्- "सबै मिडियाहरुका अघिल्तिर लुगा फुकाल्नु कम्ता गाह्रो कुरा हुँदैन तर राम्रो कामका लागि सहभागीहरुले त्यो पनि पचाइदिए ।"

कार्यक्रमबाट २२ हजार पाउण्ड उठेको र चाँडै अस्पताललाई हस्तान्तरण गरिने आयोजकहरुले जनाएका छन् । अब कर्ीर्तिमान बन्छ कि बन्दैन भन्ने चाहिँ लामो  प्रक्रिया भएका कारण केही समय कर्ुर्नुपर्ने आयोजक बार्बरा वार्नरले बताइन् ।                                                                                           by enasha

0 comments:

Post a Comment