मेरो सिनेमा १ भदौ २०६७,
'चालिसवटा फिल्म पक्का भैसकेको छ' प्रोडक्सनकी अध्यक्ष प्रतिमा श्रेष्ठले भनिन् 'लघुफिल्म सहभागी गराउन विभिन्न देशका राजदुतावासहरुले पनि कुरा गरिरहेका छन् ।' गोपीकृष्ण मूभिजको प्रस्तुतिमा आगामी भदौ २१ देखि २४ गतेसम्म फिएस्टा आयोजना हुँदैछ ।
'सेभ ट्यालेन्ट' नाराका साथ हुने फिएस्टामा चलचित्र सूचना प्रविधि, फेसन, संस्कृति र बहिरा व्यक्तिको क्षमताबारेका जानकारीहरु उपलब्ध हुनेछन् । फिएस्टामा आख्यान र गैरआख्यान दुवै विधाका लघुफिल्महरु सहभागि हुन पाउनेछन् । जहाँ प्रतिस्पर्धा र गैरप्रतिस्पर्धा विधा छुट्याइएको छ ।
'फिएस्टाले पर्यटन वर्ष २०११ को प्रवद्र्धन गर्ने पनि आशा लिएका छौं' अध्यक्ष श्रेष्ठले भनिन् । प्रतिस्पर्धामा तीनदेखि ३० मिनेटसम्मका लघुफिल्म सहभागि गराइनेछ । प्रतिस्पर्धाका लागि पाँचजना निर्णायक पनि तोकिसकिएको छ ।
यो फिएस्टाको अफिसियल वेभ पार्टनर मेरोसिनेमा डटकम रहेको छ । जहाँबाट तपाईंहरुले समारोहबारेका अपडेटिङ न्यूजहरु जानकारी पाइरहनुहुनेछ ।








0 comments:
Post a Comment