मेरो सिनेमा
फिल्म मेकिङका विद्यार्थी मीनबहादुर बमले निर्माण गर्न लागेको चलचित्र 'कालो कन्भस्र'मा नेपाली फिल्मका आइकन थिन्लेले पुनः डोल्पाली जादु छर्नेछन् ।
बमले आफ्नै निर्माण/निर्देशन गर्ने चलचित्रमा थिन्ले मुख्य पात्रका रुपमा अभिनय गर्नेछन् । 'फिल्म खेल्न थिन्लेले पहिल्यै सहमति जनाइसक्नुभएको थियो' बमले मेरो सिनेमासँग भने 'पुसमा उहाँ राजधानी आएपछि सुटिङ थाल्नेछौं ।'
डिजिटल फ्म्र्याटमा निर्माण गर्न लागिएको चलचित्रको स्क्रिनप्ले पनि बम आफैको छ । स्क्रिप्टको काम सकिएको छ । एकजोर कालो जुत्ताले व्यक्तिहरुको सम्बन्धमा कसरी उतारचढाव ल्याउँछ भन्ने कथावस्तुमा फिल्म बन्नेछ ।
'किनकी कालो जुत्ता नेपाली समाजको यथार्थ हो, जसले सामन्तवाद जनाउँछ' बम भन्छन् 'खासगरि समानताको सन्देश चलचित्रको उद्देश्य हो ।' थि्रलर चलचित्रमा थिन्लेले नायकको पिताको भूमिकामा छन् । उनको गेटअप पूर्णरुपमा भिक्ष्ाको हुनेछ ।
निर्माणपक्ष यतिबेला चलचित्रका अन्य कलाकारको तय गर्न लागिपरेको छ । 'सम्भवतः नायकमा रकस्र रविन तामाङ वा रंगकर्मी सौगात मल्ल हुनेछन्' बमले जनाए 'नायिकामा झरना बज्राचार्य वा नम्रता श्रेष्ठलाई लिनेछौं ।'
बमले फिल्मको स्क्रिप्ट सबै थिन्लेलाई सुनाइसकेका रहेछन् । 'हुन्छ म तयार छु' थिन्लेको भनाई उध्दृत गर्दै बम भन्छन् 'म पुसमा काठमाडौं आउँछु अनि सुटिङ थालौंला ।' सुटिङ जाडो मौसममा गरिने तय भएको छ ।
के गर्दैछन् थिन्ले ?
८३ वर्षिय थिन्लेले ओस्कार मनोनित चलचित्र 'क्याराभान'मा कहिल्यै बिस्रन नसकिने अभिनय गरेका थिए । यतिबेला उनी आफ्नै जिल्ला डोल्पाको दुर्गम गाउँमा बस्छन् जुन ठाउँ पुग्न डोल्पा एयरपोर्टदेखि नौ दिनको पैदल हिँड्नुपर्छ ।
थिन्लेले नेपथ्यको 'सा कर्णाली' म्युजिक भिडियोमा पनि अभिनय गरेर प्रसिद्धी बटुलेका थिए । राष्ट्रिय योजना आयोगको ५० लाख र अन्य दातृ निकायबाट संकलित पैसाबाट उनले आफ्नो दुर्गम गाउँमा विद्यालय र स्वास्थ्य चौकी खोलेका छन् ।
उनी त्यहाँ समाजसेवा गर्छन् । उनको नाममा गठित 'थिन्लेक्याराभान' नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले उपल्लो डोल्पामा शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ । प्रायः गाउँ नछाड्ने थिन्ले फिल्म सुटिङका लागि पुसको जाडोमा काठमाण्डू आउँदैछन् ।








0 comments:
Post a Comment