Translate

Sunday

पार्टी नेतृत्व निकम्मा हुँदा मुलुकलाई समस्या : ओली

काठमाडौं, १५ साउन। एमाले नेता केपी शर्मा ओलीले पार्टी नेतृत्वको निकम्मापनका कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको आरोप लगाएका छन्। एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीको सम्मानमा एमाले जोरपाटी गाउँ कमिटीले आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले १७ गते पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसक्ने बताए। उनले एमालेको केन्द्रीय नेतृत्व निकम्मा र असक्षम रहेको आरोप समेत लगाएका छन्। एमाले नेता ओली माओवादीप्रति पनि निक्कै आक्रमण रुपमा प्रस्तुत भएका थिए। कुनै हालतमा माओवादीलाई सरकारमा जान दिन नहुँने भन्दै नेता ओली नागरिक पार्टीमा रुपान्तरण नभएसम्म माओवादीलाई विश्वास गर्न नसकिने जिकिर गरे। माओवादी सरकारमा गए शान्तिप्रक्रिया र संविधान निर्माणको काम सम्पन्न हुन नसक्ने भन्दै ओलीले माओवादीलाई सरकारमा पुर्‍याएमा देशै बरबाद हुने बताए।

0 comments:

Post a Comment