This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Translate

Friday

Bryan Adams नेपालमा

'समर अफ सिक्स्टी नाइन', 'कट्स लाइक अ नाइफ' तथा 'एभि्रथिङ आई डु' जस्ता गीत आफ्नो आई पोडमा सुनिरहेका श्रोताहरू यो साता  असाध्यै खुसी छन् । सञ्चारमाध्यम तथा विद्युतीय उपकरणमा मात्र सुन्न तथा हेर्न पाइएका गायक ब्रायन एडम्स आफ्नै आँखाअघि उभिएर  यिनै गीत गाइरहेको देख्न पाउने भएपछि उनका युवा प्रशंसकहरूमा अहिले खुसीको लहर छाएको छ । ओडीसी नेटवर्कको आयोजना तथा जे पीआर इभेन्ट्सको व्यवस्थापनमा भोलि शनिबार राजधानीका दशरथ रंगशालामा विश्वप्रसिद्ध गायक ब्रायन एडम्स एकल गायन कार्यक्रममा  सहभागी हुँदैछन् । नेपालका लागि आफ्नो पहिलो सांगीतिक कार्यक्रममा सहभागी हुन एडम्स भोलि शनिबार बिहान आफ्ना ४० भन्दा बढी  संगीतकर्मीसँगै आफ्नै निजी विमानबाट काठमाडौं अवतरण गर्दैछन् ।

जेपीआर इभेन्ट्सले यू ट्युबमा समावेश गरेको भिडियोमा छोटो केश राख्न रुचाउने ५१ वर्षीय क्यानडियन गायक तथा संगीतकारले आफ्ना  संगीतकर्मीसँग उभिएर बोलेका छन्, 'हाई, म ब्रायन एडम्स । हामी फेब्रुअरी महिनामा नेपाल आउँदैछौं । तपाईंहरूलाई त्यही भेट्ने वाचा गर्छौं ।' 

विश्वप्रसिद्ध गायकलाई काठमाडौंसम्म ल्याउने कार्य आयोजकहरूका लागि कम चुनौती पूर्ण भने छैन । ओडिसी नेटवर्कका सुरेशजंग  रायमाझीका अनुसार दुई साताअघि एडम्सका पर्सनल म्यानेजर रोई ल्याम्ब तथा एडम्सका प्रोडक्सन म्यानेजर रिचार्ड क्रोमले सांगीतिक कायर् क्रम आयोजनास्थल दशरथ रंगशाला, एडम्स बस्ने पाँचतारे होटल, काठमाडौंको सुरक्षा व्यवस्था आदि सबै निरीक्षण गरेर चित्त बुझाएपछि  मात्र ब्रायन एडम्स काठमाडौं आउने पक्का भएको हो ।

ब्रायन एडम्सको कार्यक्रमलाई भव्य बनाउन आयोजक संस्थाले भारतबाट आवश्यक साउन्ड सिस्टम तथा स्टेज सजावटका सामग्रीहरू  ल्याइसकेका छन् । कार्यक्रमलाई आकर्षक बनाउन रंगशालाभित्रका विभिन्न स्थानमा २० बाई २० का चारवटा एलसिडी स्क्रिन राखिनेछन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भोलि फागुन ७ गते ब्रायन एडम्सको सांगीतिक कार्यक्रम आयोजना गर्ने दौडधूपमा ओडिसी नेटवर्क  तथा जेपीआर इभेन्ट विगत तीन महिनादेखि सक्रिय छन् । '२ हजार, ३ हजार तथा ६ हजार रुपैयाँको टिकट नेपाली दर्शकहरूलाई बेचेर कायर् क्रम सफल बनाउनु वास्तवमै चुनौतीपूर्ण छ,' आयोजक संस्थाका रायमाझी भन्छन्, 'नेपाल पर्यटन वर्ष-२०११ लाई हामीले तथा हामीलाई यो  अवसरले राम्रो साथ दिइरहेको छ ।' रायमाझीका अनुसार ब्रायन एडम्सको कन्सर्ट हेर्नका लागि टिकट काट्नेहरूमा नेपाल भ्रमणमा रहेका  विदेशीहरूको संख्या पनि उल्लेख्य छ । 'जापानीहरूको एउटा ठूलो समूह फेब्रुअरी १९ तारिखकै दिन काठमाडौं अवतरण गर्दैछन्, रायमाझी  भन्छन्, 'उनीहरू नेपाल भ्रमणका क्रममा ब्रायन एडम्सको कन्सर्टमा समेत सहभागी हुने लक्ष्यका साथ नेपाल आउन लागेका हुन् ।'

सुरक्षाको राम्रो व्यवस्था

ब्रायन एडम्स काठमाडौं आउने पक्का भएलगत्तै सांगीतिक कार्यक्रम सुरक्षित रूपमा सम्पन्न गर्ने ठूलो जिम्मेवारी आयोजकसमक्ष आएको छ ।  आयोजकले कन्सर्टका लागि झन्डै २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन् । 'हामीलाई नेपाल प्रहरीले ठूलो सहयोग गर्दैछ, आयोजक  संस्थाका सीमान्त गुरुङका अनुसार कार्यक्रमलाई सुरक्षित बनाउन निजी क्षेत्रको सुरक्षा गार्डको समेत प्रयोग गरिँदैछ ।' गरुड सेक्युरिटीले  प्राइभेट सुरक्षाको जिम्मा लिएको छ । कन्सर्टलाई व्यवस्थित गर्न रंगशालाभित्र तथा बाहिर दुई दर्जनभन्दा बढी सीसीटीभी जडान गरिएका  छन् । कार्यक्रम आयोजनास्थललाई तीन भागमा विभाजन गरेर सुरक्षा प्रदर्शन गरिनेछ । रंगशालाभित्रै पाँच सयभन्दा बढी सरकारी सुरक्षाकर्मी  खटिनेछन् । रंगशालाको वरिपरि करिब १ हजार नेपाल प्रहरी, सशस्त्र तथा ट्राफिक प्रहरीले सहकार्य गर्दैछन् । कन्सर्टमा स्टेज सुरक्षा, स्टिल  रेखा तथा दर्शक चेक गरी तीन समूहमा निजी सुरक्षाकर्मी खटाइनेछ । ब्रायन एडम्सका निजी सुरक्षाकर्मीहरूसँग पनि नेपाली सुरक्षाकर्मीले  सहकार्य गर्नेछन् । उच्च टिकट मूल्यका कारण पनि कन्सर्टमा होहल्ला गर्ने समूहको संख्या बढी नहुने अनुमान आयोजकहरूको छ ।

दोहोरो अवसर

पर्यटन वर्ष-२०११ को अवसर परेकाले कन्सर्टमा नेपाली पर्यटनमा सहयोग गर्ने दाबी आयोजक जेपीआर तथा ओडीसी नेटवर्कको  छ ।  कन्सर्टका लागि ब्रायन एडम्स भोलि शनिबार बिहान काठमाडौं ओर्लर्नेछन् । काठमाडौं ओर्लिएलगत्तै उनी सोझै होटल जानेछन् । दुईदिने ने पाल बसाइपछि उनी आइतबार अपराह्न फर्किनेछन् । काठमाडौं बसाइका क्रममा उनलाई हेलिकप्टर चार्टर गरेर हिमाली भेगको अवलोकन  गराउने योजनासमेत बनाइएको छ । फोटोग्राफरका रूपमा समेत चर्चित ब्रायन एडम्सले माउन्टेन फ्लाइटको क्रममा कैद गर्ने हिमाली क्षे त्रका तस्बिरले विदेशमा नेपालको राम्रो प्रचार-प्रसार हुने अनुमान आयोजकको छ ।

कन्सर्टका दर्शक

रंगशालामा १८ हजार दर्शक अटाउने क्षमता छ । आयोजकहरू पनि यही संख्याको हाराहारीमा टिकट बिक्री गर्दैछन् । रंगशालाको प्यारापिट  निर्माण भएको धेरै भैसकेकाले पनि आयोजक १८ हजारभन्दा बढी दर्शकलाई रंगशालामा नछिराउने पक्षमा छन् । कन्सर्टका लागि गत माघ १  गतेदेखि टिकट बिक्री प्रारम्भ भएको हो । मनकामना बैंक, भाटभटेनी सुपर मार्केट, दरबारमार्गका विभिन्न आउटलेट्स, नाङ्लो बेकरी क्याफे  आदि स्थानमा भोलि शनिबार बिहानसम्म टिकट बिक्री गरिनेछ । दिउँसो २ बजे रंगशालाको मुख्य द्वार खुल्नुअघिसम्म पनि रंगशालाको मुख्य  प्रवेशद्वारमा काउन्टर सेलमार्फत टिकट बिक्री गरिनेछ । कन्सर्टका दिन रंगशालाका सबै गेट खोलिनेछन् । विश्व प्रसिद्ध गायकको नेपालमा  पहिलो कन्सर्ट हुन लागेकोमा पर्यटन व्यवसायीहरूसमेत उत्साहित छन् । पर्यटन व्यावसायिक योगेन्द्र शाक्य भन्छन्— 'यसले नेपालको पर्यटन  प्रवर्द्धन गर्नेछ । यो कन्सर्ट कर्पोरेट हाउसका लागि पनि आफ्नो प्रचार प्रसार गर्ने ठूलो अवसर हो ।' आयोजक ओडिसीका निर्देशक सीमान्त  गुरुङ भने यो कन्सर्टलाई नेपालकै गौरवका रूपमा चित्रण गर्छन् । 'हामी यो कन्सर्टप्रति उत्साहित छौं, गुरुङ थप्छन्— 'यो कार्यक्रम सफल  भएपछि नेपालमा विदेशी कलाकार ल्याउने कामलाई हामी निरन्तरता दिन्छौँ ।'

पार्किङको व्यवस्था

कन्सर्टका दिन अर्थात् भोलि शनिबार काठमाडौंका ट्राफिक व्यवस्थालाई सहज बनाउन ट्राफिक प्रहरीले ठूलो भूमिका निर्वाह गर्दैछ । कन्सर्ट  हेर्न भेला हुने दर्शकका सवारी साधनहरू टुँडिखेल, खुलामञ्च, रंगशालाको वरिपरिको स्थान, युनाइटेड वल्र्ड टे्रड सेन्टर, काठमाडौं मल, सिभिल  मल आदि स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । 'भोलि रंगशालासँगैका सडकहरूमा एकतर्फी सवारी चलाउने विषयमा ट्राफिक  प्रहरीसंग सहकार्य गर्दैछौं, आयोजक रायमाझी भन्छन्— 'ट्राफिक प्रहरीबाट सकारात्मक आश्वासन पाएका छौं ।'

सात बजेदेखि ब्रायनको कन्सर्ट

भोलि शनिबार दिउँसो २ बजे नै दशरथ रंगशालाका ढोकाहरू खोलिनेछन् । दिउँसो ४ देखि साढे ५ बजेसम्म डिजे सेसन सञ्चालन गरिनेछ ।  साँझ ५ बजेदेखि ७ बजेसम्म तीनवटा नेपाली सांगीतिक समुहले गीत-संगीत प्रस्तुत गर्दैछन् । मंगोलियन हार्ट, १९७४ एडी तथा नमस्ते  ब्यान्डले नेपाली दर्शकहरूलाई नेपाली गीत गाएर मनोरञ्जन गराउनेछन् । साँझ ७ देखि ९ बजेसम्म ब्रायन एडम्सले आफ्ना लोकप्रिय गीत -संगीत प्रस्तुत गर्नेछन् । दिनेश डिसी तथा माल्भिका सुब्बाले कन्सर्टमा उद्घोषण गर्दैछन् ।

को हुन् ब्रायन एडम्स ?

५१ वर्षअघि क्यानाडामा जन्मिएका ५ फिट ८ इन्च अग्ला ब्रायन एडम्स रक गायक मात्र नभै संगीतकार तथा गीतकार समेत हुन् । लेखक  तथा समाजसेवीका रूपमा समेत आफ्नो छवि बनाएका ब्रायन फोटोग्राफर समेत हुन् । सन् १९८० को दशकमा 'ब्रायन एडम्स' शीर्षकको  पहिलो गीतिसंग्रहबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायन एडम्स 'समर अफ सिक्स्टी नाइन', 'एभि्रथिङ्स आई डु' तथा 'प्लिज फर्गिभ मी' जस्ता  गीतमार्फत विश्वभरिका दर्शकमाझ लोकप्रिय छन् । ३२ वर्षदेखि निरन्तर रूपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका ब्रायन एडम्सले अमेरिकन  म्युजिक एवार्डसहित विश्वकै प्रतिष्ठित संगीत पुरस्कार ग्रामी एवार्डसमेत जितिसकेका छन् । उनका २० भन्दा बढी एकल गीतिसंग्रह सावर् जनिक भैसकेका छन् । उनको 'रेकलेस' शीर्षकको चौथो गीतिसंग्रह सर्वाधिक बिक्री भएको एल्बम थियो । उक्त संग्रह विश्वभरिमा ६ करोडदे खि १० करोडको संख्यामा बिक्री भएको बताइन्छ । तीन वर्षअघि २००८ मा बिल बोर्डको पचासौँ वर्षगाँठमा प्रकाशित एउटा सूचीमा उनी  ३८ औं स्थानमा परेका थिए ।

कार्यक्रम अत्यन्त सफल हुन्छ



सुरेशजंग रायमाझी (आयोजक)

कन्सर्टको तयारी कस्तो छ ?

ब्रायन एडम्सको कन्सर्टको सम्पूर्ण तयारी पूरा भैसकेको छ । स्टेज निर्माण तथा दर्शक प्रवेशद्वारलाई व्यवस्थित बनाउने तयारीमा जुटेका छौं ।

एडम्सको आतिथ्य कसरी गर्दै हुनुहुन्छ ?

निजी विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उहाँलाई सोझै होटल पुर्‍याउनेछौं । उहाँका निजी सचिवसँग काठमाडौं आएपछि  के-के गर्ने भन्ने सम्बन्धमा सल्लाह भैरहेको छ । उहाँले काठमाडौंका विभिन्न स्थानको भ्रमण गर्ने रुचि राख्नुभएकाले त्यो रहर पूरा गर्छौं ।

माउन्टेन फ्लाइटमा जान ब्रायनले नै रुचि देखाएका हुन् ?

त्योचाहिं हामी आयोजकहरूका तर्फबाट हो । माउन्टेन फ्लाइटमा लान सकियो भने ब्रायनले हाम्रा हिमाली क्षेत्रका तस्बिरहरू खिचेर ने पाललाई विश्वमा चिनाउन सहयोग पुर्‍याउनेछन् भन्ने हाम्रो सोचाइ हो ।

कन्सर्टको सुरक्षाको व्यवस्था कस्तो छ ?

हामीलाई नेपाल प्रहरीले राम्रो सुरक्षा व्यवस्था प्रदान गर्ने आश्वासन दिएको छ । यसका साथै हामीले गरुड सेक्युरिटीलाई निजी सुरक्षाको  जिम्मा दिएका छन् । सिसिटिभीलगायतका उपकरणले कन्सर्ट पूर्ण सुरक्षित रूपमा सम्पन्न हुनेछ ।

कन्सर्ट सम्पन्न भएपछि तपाईंको नयाँ कार्यक्रम के हुनेछ ?

यो कन्सर्ट सफल रूपमा सम्पन्न गर्न सक्यौं भने भविष्यमा हामी नाम चलेका गायक-गायिकाहरूलाई नेपाल ल्याउनेछौं । ब्रायनको कन्सर्ट  एउटा सुरुवात मात्र हो, हामी यसलाई निरन्तरता दिनेछौं । यसले नेपाल पनि ठूला कन्सर्ट आयोजना गर्न सक्षम छ, शान्ति-सुरक्षाको राम्रो  प्रबन्ध छ भन्ने सन्देश पनि जान्छ ।

कन्सर्टका सम्बन्धमा नेपाल प्रहरी 

नेपाल प्रहरीले रक गायक ब्रायन एडम्सको कन्सर्टका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बताएको छ । महानगरीय प्रहरी आयुक्त कायार् लयले पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । रानीपोखरीस्थित आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मे लनमा एसएसपी माधव नेपालले कन्सर्टको दिन अर्थात् भोलि शनिबार रंगशालाका सबै गेटमा पर्याप्त मात्रामा जनपद प्रहरी राखिने बताए ।  सुरक्षाकर्मीले मादक पदार्थसेवन गरेका दर्शकहरूलाई प्रवेश निषेध गर्नेछन् । सादा पोसाकका प्रहरी पनि परिचालन गरी कन्सर्टका सम्पूर्ण  गतिविधि सिसिटिभी क्यामेरामार्फत आयुक्तको कार्यालयले हेर्नछ । एसएसपी नेपालका अनुसार कन्सर्टका क्रममा रंगशालाभित्र शंकास्पद  गतिविधि प्रदर्शन गर्ने दर्शकलाई नियन्त्रणमा लिई बाहिर पठाइनेछ । रंगशालामा मेटल डिटेक्टर, बम डिस्पोजल टोलीका साथै एम्बुलेन्स तथा  वाटरभ्यान पनि रहनेछन् । काठमाडौं प्रशासनले त्यस दिन रंगशालामा सशस्त्र प्रहरी पनि खटाउनेछ । कन्सर्ट आयोजकहरूका अनुसार  रंगशालामा निजी सेक्युरिटी फोर्सका साथै २ सय स्वयंसेवक पनि परिचालन गरिनेछ ।



नजिकबाट ब्रायन एडम्स

नामः ब्रायन गाए एडम्स

जन्मः १९५९ नोभेम्बर ५

उचाइः ५ फिट ८ इन्च

जन्मस्थानः किङ्सटन, ओन्टारियो, क्यानडा

सांगीतिक शैलीः रक

पेशाः गायक, गीतकार, संगीतकार, फोटोग्राफर, सामाजिक कार्यकर्ता

वाद्ययन्त्रः गिटार, बास गिटार, किबोर्ड, पियानो, होर्मोनियम

सक्रियताः सन् १९७७ देखि हालसम्म

ब्रायन एडम्सका दश लोकप्रिय गीत

१. समर अफ  सिक्स्टी नाइन

२. (एभ्रिथिङ आई डू) आई डू इट फर यू

३. हेयर आई एम

४. प्लिज फर्गिभ मी

५. हेवेन

६. द बेस्ट अफ मी

७. अल फर लभ

८. क्लाउड नम्बर नाइन

९. डू आई हृयाब टु से द वर्ड्स

१०. ब्याक टु यू

ब्रायन एडम्सका गीतिसंग्रह

स्टुडियो एल्बम

ब्रायन एडम्स (१९८०)

यू वान्ट इट यू गट इट (१९८१)

कट्स लाइक अ नाइफ (१९८३)

रेकलेस (१९८४)

इन टु द फायर (१९८७)

वेकिङ अफ द नेबर्स (१९९१)

१८ टिल आई डाइ (१९९६)

अन अ डे लाइक टु डे (१९९८)

रुम सर्भिस (२००४)

११ (२००८)

लाइभ एल्बम

लाइभ ! लाइभ ! लाइभ ! (२००२)

एमटिभी अनप्लग्ड (१९९७)

लाइभ एट द बुडोकान (२००३)

लाइभ इन लिस्बन (२००५)

बेयर बोन्स (२०१०)

साउन्ड ट्रयाक एल्बम

स्प्रिटः स्टालियन अफ द किमारोन (२००२)

कलर मि कुब्रिक (२००५)

कम्पिलेसन एल्बम

हिट्स अन फायर (१९९८)

सो फार सो गुड (१९९३)

द बेस्ट अफ मि (१९९९)

एन्थोलोजी (२००५)

आइकन (२०१०)

पुरस्कार

अमेरिकन म्युजिक एवार्ड  (१९९२)

ग्रामी एवार्ड (१९९२)

जुनो एवार्ड (१९८३ देखि २००० सम्म )

एमटिभी भिडियो म्युजिक एवार्ड्स (१९८६)

sapthahik

अब मोबाइल सिमकार्ड मै फेसबुक

तपाईसँग सस्तो मोबाइल सेट छ भनेपनि अब फेसबुक चलाउन मिल्ने प्रविधि आएको छ। फेसबुकको एप्लिकेसनलाई मोबाइलको सिमकार्डमै राखेर अब जुनसुकै मोबाइलबाट पनि यसलाई चलाउन सकिने प्रविधिको प्रदर्शन यहाँ सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसमा गरिएको छ।

'हामी फेसबुकलाई अब सिमकार्डमै राख्ने प्रविधि विकास गर्न सफल भएका छौं,' फ्रान्सेली कम्पनी जेमाल्टोका उपाध्यक्ष (डिजिटल) डिर्क डोरेले भने। जेमाल्टोले फेसबुकसँगको सहकार्यमा यो सेवा परीक्षणको रुपमा सुरु गरिसकेको छ। जसरी अहिले सिमकार्ड लिएपछि निश्चित नम्बर त्यसैमा सेभ गर्न सकिन्छ फेसबुक पनि त्यसैगरी त्यही हुन्छ। जेमाल्टो सिमकार्ड बनाउने कम्पनी हो। फेसबुकको विश्वभर बढ्दो लोकप्रियताले गर्दा यो कम्पनीले सिमकार्डमै फेसबुक एप्लिकेसन भएको प्रविधि ल्याएको हो। मोबाइलबाट फेसबुक चलाउन अहिलेसम्म इन्टरनेट सुविधा भएको सेट या मोबाइलमै फेसबुक एप्लिकेसन हुन पर्थ्यो। 'यो प्रविधि अब सिमकार्डमै हामीले राखेका छौं, यसबाट जतिसुकै सस्तो सेटबाट पनि फेसबुकको स्टाटस अपडेट गर्न, साथीहरुको स्टाटसमा कमेन्ट गर्नमात्र नभई सन्देश समेत पठाउन सकिन्छ,' उनले भने।
यो सेवा लिनको लागि जेमाल्टोकै सिमकार्ड मोबाइल टेलिफोन कम्पनीहरुले लिनु भने पर्छ। 'फेसबुकको लोकप्रियतालाई हामीले अब सिमकार्डमै राखेर जतिसुकै सस्तो सेटबाट पनि चलाउन सकिने प्रविधि ल्याएका हौं,' डारेले भने।
यो सुविधा लिनको लागि मोबाइल टेलिफोन कम्पनी र जेमाल्टोबीच सम्झौता हुन भने जरुरी छ। जुन जुन मोबाइल टेलिफोन सेवा प्रदायकले सिमकार्डमै फेसबुक राख्न आग्रह गर्छन उनीहरुलाई यो सुविधा दिन तयार भएको जेमाल्टोले जनाएको छ। सिमकार्डमै भएको फेसबुकले गर्दा कोही साथीको फेसबुक स्टाटसमा कमेन्ट गरेपछि एसएमएसको रुपमा उसकोमा सन्देश पुग्छ र के कमेन्ट गरेको छ भन्ने पनि दखिन्छ।

नयाँ प्रविधि भएकोले यो सेवाप्रति अहिले विश्वभरिका मोबाइल टेलिफोन सेवा प्रदायकहरुले निकै चासो दिएका छन्। फेसबुकको वालबाट सन्देश पठाउन पनि सकिन्छ। 'एसएमएसभन्दा यो निकै सजिलो र सस्तो पनि पर्छ,' जेमाल्टोका अधिकारीहरुले दावी गरेका छन्।
यो प्रविधि नेपालमा आउन भने समय लाग्न सक्छ। मोबाइल टेलिफोन सेवा प्रदायक एनसेल र नेपाल टेलिकमले यो प्रविधि ल्याएर आफ्ना उपभोक्तालाई मोबाइल इन्टरनेट (जिपिआरएस, थ्रीजी) बिना पनि फेसबुक चलाउने सुविधा दिनसक्छन्।
अहिले मोबाइल टेलिफोनबाट फेसबुक चलाउनेहरु संसारभरि बढेका छन्। यसले गर्दा मोबाइल सेटमै फेसबुकको एप्लिकेसनलाई राख्न समेत ठूला कम्पनीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ मोबाइल इन्टरनेट सेवा महंगो छ त्यस्तो देशमा सिमकार्डमै फेसबुक सेवा भएको सेवा निकै लोकप्रिय र सजिलो हुने दावी जेमाल्टोको छ।

nagarik
रामचन्द्र भट्ट, बार्सिलोना (स्पेन)

सरकार बनाउन नसक्नेलाई ‘नो सेक्स’

बेल्जियममा लामो समयदेखि सरकार गठन हुन सकेको छैन् । गत जूनमा निर्वाचन भएको भएपनि राजनीतिक दलहरुले अझैसम्म सरकार गठन गर्न सकेका छैनन् । यसबीचमा सांसद मारलीम टेमरम्यानले गतिरोध अन्त्यका लागि गजवको सुझाव दिएकी छिन् । उनले बेलजियमका राजनीतिकर्मीहरुको जीवन साथीहरुलाई सल्लाह दिएकी छिन् कि ‘जबसम्म नयाँ सरकार बन्दैन, तबसम्म यौन सम्वन्ध नराख्ने ।’
एक वेल्जियन पत्रिकामा उनले लेखेकी छिन्-’म सबै वार्ताकारका जीवनसाथीहरुलाई अपिल गर्छु कि तबसम्म यौन सम्वन्ध नराखौ, जबसम्म नयाँ सरकार गठनका लागि सहमति हुँदैन ।’ उनले आफ्नो सल्लाह कार्यान्वयन भए छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने दावी गरेकी छिन् । स्त्री रोग विशेषज्ञ समेत रहेकी टेमरम्यानले केन्यामा पनि सेक्स व्याण्डपछि राजनीतिक गतिरोध अन्त्य भएको उदाहरण पेश गरेकी छिन् ।
उनको सुझावमा राजनीतिकर्मीहरुको कुनै प्रतिक्रिया नआएको भएपनि यो प्रस्तावमा सर्वसाधारण भने सकारात्मक रहेको बीबीसीले जनाएको छ । केहीले भने उनको सुझावलाई ‘बकबास’ भनेका छन् ।
यता नेपालमा पनि १७ पटकसम्मको निर्वाचनले परिणाम ननस्किएपछि गत माघ २० गते १८ औं पटकको निर्वाचनमा प्रधानमन्त्री चुनिए । तर, सरकार गठनपछि प्रधानमन्त्री झलनाथ खनाललाई मन्त्रिपरिषद् बनाउन हम्मे हम्मे परिरहेको छ । आफैलाई समर्थन गरेको दल माओवादी सरकारमा नजाने भन्दै घुक्र्याइरहेको छ । कतै टेमरम्यानको सुझाव नेपालको गतिरोध सुल्झाउन पनि काम लाग्दो पो हुन्छ कि !

online khabar

‘Twilight’ scribe will tackle ‘Highlander’ remake.

‘Twilight’ scribe will tackle ‘Highlander’ remake.

The woman who put the words into Bella and Edward’s mouths (I’m embarrassed that I even know character names) in the Twilight movies is set to take on the remake of the 1986 Sean Connery flick, Highlander.
Melissa Rosenberg has been in the business quite a while and actually wrote some episodes for Showtime’s Dexter, but I’m still not convinced she’s the right lady for the job.
Most of her other works are in the lusty, melodrama vein; Party of Five, The OC, and Dr. Quinn, Medicine Woman. It’s just an odd choice for a remake of a film that is so decidedly manly — that may be attributed the overwhelming manliness due to the presence of Sean Connery, but still.
In case you aren’t a nerd who used to watch this movie with her dad on Sunday afternoons, Highlander is the story of Connor MacLeod, an immortal Scottish swordsman.
MacLeod must face the immortal barbarian who seeks to destroy their kind until there is only one left. This storyline isn’t the one that bothers me, it’s the romantic aspect of the plot.
MacLeod has a mortal lady who ages while he does not and struggles to understand and believe his reality…does  sound familiar? I’ll say it: TWILIGHT.
If Summit insists on using Rosenberg for this film, I sincerely hope she stays on the lighter side of this romantic plot, resists adding any sparkle or glow to MacLeod’s skin and focuses on the action at hand: the fact that the dude is an immortal swordsman fighting the last battle of good versus evil. If she can do that, we’ll be cool.




मुन्नी... र शीला...लाई उछिन्न दिपीका तयार




alt

मुन्नी... र शीला...ले यो जाडोमा धेरैलाई तताए। बलिउडमा मलायका अरोरा र कैटरिना कैफको 'हट डान्स' लाई उछिन्ने तयारीमा छिन् हिरोइन दिपीका पादुकोण। दिपीकाको 'आइटम डान्स' तपाँईहरुले दम मारो दम... मा देख्‍न पाउनुहुनेछ। रोहन सिप्पीको दम मारो दममा 'सेक्स' र 'ड्रग' एडिक्सनमा आधारित गीतमा दिपीका देखिनेछिन्। प्रितमले कम्पोज गरेको गीतको ट्र्याकका लागि उनी तयार छिन् सबैलाई तताउन।
यो फिल्ममा अभिषेक बच्चन, विपासा वसु र दक्षिण भारतीय स्टार रानु दुगावत्टीसँग दिपीका पनि देखिनेछिन्।
उनको यो गीतमाथि सिप्पीले दिएको निर्देशनका कारण पनि चर्चा गर्माएको हो। सिप्पीले कोरियोग्राफरलाई बोलाएर यो गीत वर्षको चर्चित 'हट गीत' हुनुपर्ने निर्देशन दिएका छन्। र, यो म्यासेज दिपीकालाई पनि फरवार्ड गरिएको छ। - हिन्दुस्तान टाइम्स

कसरी बुझ्ने, तपाईं प्रेममा हुनुहुन्छ ?



प्रेम अनुभूति हो । प्रेम शब्दरहित अभिव्यक्ति पनि हो । जहाँ नजरबाटै धेरै कुरा व्यक्त हुन्छ, तर कैयन अवस्थामा त्यो भावना बुझ्न धेरै गाह्रो हुन्छ । यस स्थितिमा कसरी  बुझ्ने कि, तपाईं प्रेममा हुनुहुन्छ ?

आज फेरि सुगन्धित रातमा पनि बिरहमा जले सरह अनुभव भयो, आज फेरि धड्कनको आवाज बुझ्न गाह्रो भयो, आज फेरि खुल्ला आँखाले तिम्रा विषयमा सपना देखेर  रात बित्यो, आज फेरि चन्द्रमालाई पनि समस्या अनुभव भयो । मनको यस्तै बेहाल स्थितिले प्रेम अभिव्यक्त गर्छ ।

बिहान उठ्ने बित्तिकै वा बिहानीपखको निद्रामा पनि उनको सम्झना आउँछ र उनीसित भेट्न मन बेचैन हुन्छ । मनमा उनको झलक आइरहन्छ । हावामा पनि हरेक पल  उनकै सुगन्ध महसुस हुन्छ ।

उनलाई भेट्न, उनीसित कुरा गर्न राम्रो लाग्न थाल्छ । मन हरेक क्षण उनीसित भेट्न तडपिरहन्छ । स्मृतिका हरेक पानामा उनको नाम कोरिएको पाइन्छ भने, पक्कै तपाईं  कसैको प्रेममा हुनुहुन्छ ।

मनलाई उनी आउने प्रतिक्षा मात्र छ, उनलाई भेट्न चाहना जति खेर पनि उत्तिकै छ ।

जब जीवन उनीविना विरानो अनुभव हुन थाल्छ र उनको उपस्थितिले मन शान्त हुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

उनका लागि केही पनि गर्दा एक किसिमको तृप्ति अनुभूति हुन्छ ।

आवश्यक कामका बीच पनि ध्यान कोही विशेष व्यक्तिमा आएर रोकिन्छ र लामो समयपछि मात्र आफूले के गर्न खोजेको हो, थाहा हुन्छ । बारम्बार उनकै याद आइरहन्छ  भने तपाईं प्रेममा पर्नुभयो भन्ने बुझ्नुपर्छ ।

उनको उपस्थिति नभएकाले भीडमा पनि एक्लो महसुस हुन्छ ।

जब तपाईं केही राम्रो गर्नुहुन्छ तब यो सोचेर गर्नुहुन्छ कि त्यसले उनलाई खुसी प्रदान गर्छ । त्यो कामले तपाईं र उनीबीचको आत्मीयता अझ प्रगाढ हुने अपेक्षा  गर्नुहुन्छ भने त्यो प्रेम हो ।

जब कुनै कुरा प्राप्त गर्नुहुन्छ चाहे त्यो कामको सफलता होस वा सम्मानको उपलब्धि तब तपाईं त्यो खुसीमा उनको सहभागिता खोज्नुहुन्छ । आफ्नो अनुभूति र उपलब्धि  उनीसित बाँड्न चाहनुहुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब तपाईंको सोच उनको वरपर नै घुम्छ, तपाईं उनलाई खुसी राख्ने, सुख दिने अनेकौं उपाय खोज्नुहुन्छ । जब तपाईं उनको प्रतिक्रियाको प्रतीक्षा गर्नुहुन्छ । उनको  कुरामा समय बितेको चाल पाउनुहुन्न र पनि उनीसित समय बिताउनु चाहनुहुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

तपाईं यो संसारलाई सुन्दर मान्नुहुन्छ, कारण यो संसारमा उनी छिन् । उनको कारणले संसार सुन्दर महसुस हुन्छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब आफ्ना बारेमा कम र उनका बारेमा बढी सोच्न थालिन्छ उनको रुचि-अरुचिका बारेमा विशेष ख्याल राखिन्छ । आफूलाई हानी पुर्‍याएर पनि उनको फाइदाका बारेमा  सोचिन्छ । उनको खुसीका लागि आफ्नो खुसी त्याग गर्न थालिन्छ । उनको खुसीमै आफनो खुसी खोजिन्छ, अर्थात् हरेक प्रार्थनामा मात्र उनको चाहना छ । हरेक धड्कनमा मात्र उनको भावना छ भने तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब उनको खुबीका साथमा उनको कमी कमजोरी पनि राम्रो लाग्न थाल्छ र उनमा कुनै सुधारको चाहना नराखी उनलाई त्यही रूपमा स्वीकार्न तयार भइन्छ, तब  बुझ्नुहोस्— तपाईंलाई प्रेमरोगले छोयो ।

जब तपाईंलाई उनी हाँस्नु, मुस्कुराउनु, जिस्क्याउनु, ख्याल ठट्टा गर्नु, रिसाउनु, सरी भन्नु आदि सबै कुरा राम्रो लाग्न थाल्छ ।

जब उनीसितको प्रत्येक भेटमा नयाँपनको अनुभूति हुन्छ र मन खुसीले प्रफुल्लीत बन्छ तब बुझ्नुपर्छ कि तपाईं कसैको प्रेममा हुनुहुन्छ ।

जब कसैसित बिताएका हरेक क्षण तपाईंको मन मस्तिष्कमा कैद हुन्छ र यी सम्पूर्ण तस्बिर एक पटक नभै बारम्बार आफ्नो आँखा अगाडि देखा परिरहन्छ, मन-मस्तिष्कमा  छाइरहन्छ भने मान्नुहोस्- तपाईं प्रेममा पर्नुभयो ।

Beyonce to headline Glastonbury

Beyonce Knowles 
Knowles attended the 2008 Glastonbury festival "as a fan", her record company said

Singer Beyonce Knowles will be one of the headline acts at Glastonbury this year, her record company has announced.
The US pop star will perform on the Pyramid Stage on the last day of the event in Pilton in Somerset, Columbia Records revealed in a statement.
"I'm pumped just thinking about that huge audience and soaking up their energy," the 29-year-old star said.
Organisers of the festival, which runs from 22 to 26 June, have yet to officially announce 2011's line-up.
Tickets for this year's event went on sale in October and sold out in around four hours.
"This really is the biggest festival in the world and I cannot wait to perform there," said Knowles.
"Everyone who attends is really appreciative of music and is in such a good mood that entire weekend."
Last year's line-up included Stevie Wonder, Kylie Minogue and Gorillaz, who stepped in when U2 were forced to pull out.