बेल्जियममा लामो समयदेखि सरकार गठन हुन सकेको छैन् । गत जूनमा निर्वाचन भएको भएपनि राजनीतिक दलहरुले अझैसम्म सरकार गठन गर्न सकेका छैनन् । यसबीचमा सांसद मारलीम टेमरम्यानले गतिरोध अन्त्यका लागि गजवको सुझाव दिएकी छिन् । उनले बेलजियमका राजनीतिकर्मीहरुको जीवन साथीहरुलाई सल्लाह दिएकी छिन् कि ‘जबसम्म नयाँ सरकार बन्दैन, तबसम्म यौन सम्वन्ध नराख्ने ।’
एक वेल्जियन पत्रिकामा उनले लेखेकी छिन्-’म सबै वार्ताकारका जीवनसाथीहरुलाई अपिल गर्छु कि तबसम्म यौन सम्वन्ध नराखौ, जबसम्म नयाँ सरकार गठनका लागि सहमति हुँदैन ।’ उनले आफ्नो सल्लाह कार्यान्वयन भए छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने दावी गरेकी छिन् । स्त्री रोग विशेषज्ञ समेत रहेकी टेमरम्यानले केन्यामा पनि सेक्स व्याण्डपछि राजनीतिक गतिरोध अन्त्य भएको उदाहरण पेश गरेकी छिन् ।
उनको सुझावमा राजनीतिकर्मीहरुको कुनै प्रतिक्रिया नआएको भएपनि यो प्रस्तावमा सर्वसाधारण भने सकारात्मक रहेको बीबीसीले जनाएको छ । केहीले भने उनको सुझावलाई ‘बकबास’ भनेका छन् ।
यता नेपालमा पनि १७ पटकसम्मको निर्वाचनले परिणाम ननस्किएपछि गत माघ २० गते १८ औं पटकको निर्वाचनमा प्रधानमन्त्री चुनिए । तर, सरकार गठनपछि प्रधानमन्त्री झलनाथ खनाललाई मन्त्रिपरिषद् बनाउन हम्मे हम्मे परिरहेको छ । आफैलाई समर्थन गरेको दल माओवादी सरकारमा नजाने भन्दै घुक्र्याइरहेको छ । कतै टेमरम्यानको सुझाव नेपालको गतिरोध सुल्झाउन पनि काम लाग्दो पो हुन्छ कि !
online khabar








0 comments:
Post a Comment