Translate

Friday

Holleywood का दस डायनामिक HOT कपल



'हुकअप' हुनु वा 'ब्रेकअप' को समाचार बन्नु हलिउडको पुरानो फेसन हो। कतिबेला, कसको, कोसँग 'हुकअप' हुन्छ र 'ब्रेकअप' हुन्छ, हलिउडका समाचार सञ्जाल चनाखो भैरहनुपर्ने अवस्था छ। हलिउडको 'गसिप चार्ट'मा यस्ता समाचारले विशेष स्थान पाउने गरेका छन्। चार्टमा वर्ष २०१० मा हलिउड तताएका र केमेस्ट्री मिलेका अफस्क्रिन रियललाइफ जोडीका बारेमा निकै चर्चा चल्यो। यी जोडीहरूबाटै पछिल्लो पटक हलिउडको गसिप कोलम भरिने गरेको छ।

जोनी डिप र भेनिसा पाराडिस

'पाइरेट्स अफ क्याराबियन'का नायक जोनी डिप २०१० का सर्वाधिक पारिश्रमिक पाउने अभिनेता हुन् । फ्रान्सकी सफल मोडल, गायिका  तथा अभिनेत्री भेनिसा पाराडिस एक-अर्कासँग विवाह नगरी १३ वर्षदेखि सँगै बसेका छन् । उनीहरूका दुई सन्तान पनि छन् । यी दुईको सम्बन्धमा अब विवाहको आवश्यकता पनि नपर्ने अवस्था छ । किनभने यो जोडीको केमेस्ट्रीलाई सबैले राम्रो मानेका छन् । त्यसैले यो जोडी  वर्ष २०१०को सातौं जोडीमा परेको छ ।

माइकल डगलस र क्याथरिन जेटा जोन्स

६६ वर्षीय अभिनेता माइकल डगलस तथा ४१ वर्षीय अभिनेत्री क्याथरिन जेटा जोन्सको सम्बन्ध २५ वर्ष पुरानो भैसकेको छ । १२ वर्षसम्म सँगै बसेपछि उनीहरूको छोरा डायलनको जन्म भयो । त्यसपछि सन् २०००मा उनीहरूले विवाह गरे । यो जोडीलाई वर्ष २०१० को सर्वाधिक चर्चित जोडीमध्ये दसौं स्थानमा राखिएको छ ।

टम क्रुज र केटी होम्स

लोकप्रियताको कसीमा अघि बढेको अर्को जोडी अभिनेता टम क्रुज र अभिनेत्री केटी होम्सलाई अचेल 'सुपर कपल' तथा मायालु शब्दमा ' टमक्याट' पनि भन्न थालिएको छ । 'मिसन इम्पोसिबल'लगायत दर्जनौं चलचित्रका सफल नायक अभिनेता क्रुजले 'ब्याटम्यान विगिन'की  नायिका केटीलाई २००८मा आफ्नी पत्नी बनाए । एक वर्षपछि उनीहरूकी सुपुत्रीका रूपमा सुरीको जन्म भयो । सुरीलाई हलिउडमा 'फेसन  किड'का रूपमा लिइन्छ । 'टमक्याट'को जोडी चर्चा र सफलतामा चौथो स्थानमा छ ।

एन्जिलिना जोली र ब्राड पिट

भने त्यो प्रसंग अपूरो हुन्छ । अब त यी दुईको नाम जोडेर 'ब्रान्जिलिना' पनि भन्न थालिएको छ । 'ड्यासिङ एन्ड ह्यान्डसम' ब्राड पिट तथा सेक्सी एन्जिलिना जोलीले वर्ष २०१० मा मात्र ४ करोड डलर आर्जन गरे । उनीहरूले छ जना बालबालिकालाई धर्मपुत्र-पुत्री बनाए र उनीहरूको अभिभावक भएर चर्चा कमाए । यसका अतिरिक्त जोली-पिट फाउन्डेसनमार्फत लाखौं डलर सहयोग गरे । २००५ को हिट चलचित्र 'मिस्टर एन्ड मिसेस स्मिथ'का यी जोडी हलिउडका चर्चित जोडीमा पहिलो स्थानमा छन् ।

टम ब्रान्डी र जिसेले बन्डसे

टम अमेरिकन फुटबलका स्टार हुन् । जिसेले ब्राजिलियन मोडल तथा यदाकदा पर्दामा देखिने अभिनेत्री हुन् । यी दुईको भेट मोडलिङका  क्रममा भएको थियो । प्रेमको टुसा पलाएपछि उनीहरू २००६ देखि सँगै बस्न थाले । त्यसपछि गत वर्ष अर्थात् २०१०मा एक-अर्कासँग वै वाहिक जीवनमा बाँधिए । वर्ष २०१० मा गुगलमा खोजिएको जोडीमध्ये उत्कृष्ट दस शमा परेका छन् । त्यसैले पनि टम र जिसलेको जोडी  नवौं चर्चित जोडीमा परेको छ ।

रोबर्ट पेटन्सन र क्रिस्टन स्टेबार्ट

'ट्युलाइट सिरिज'का चलचित्रबाट २४ वर्षीय अभिनेता रोबर्टसँग २० वर्षीया अभिनेत्री क्रिस्टनको अनस्क्रिन केमेस्ट्री सबैले रुचाए । युवाबीच  क्रिस्टन र युवतीबीच रोबर्टको लोकप्रियता निकै बढ्यो । यहाँसम्म कि गुगल सर्चमा यो जोडी वर्षको सबैभन्दा बढी खोजिएका जोडी बन्यो ।  विवाह नगरे पनि यो जोडीको प्रेम प्रसंग चासोको विषय बन्ने गरेको छ । त्यसैले पनि यो जोडीको वर्ष २०१० को चर्चित आठौं जोडी  मानिएको छ ।

डेविड र भिक्टोरिया बेक्ह्याम

डेबिड बेक्ह्याम सर्वाधिक पारिश्रमिक लिने फुटबलर हुन् । बेलायती टिमका सर्वाधिक चर्चित डेबिडले एकताका चर्चाको चुचुरोमा रहेको  महिला ब्यान्ड 'स्पाइस गल्र्स' की गायिका भिक्टोरिया १९९७ मा डेविडसँग डेट जान थालिन् । त्यसपछि यो जोडी १९९८मा विवाह-बन्धनमा  बाँँधियो । धेरै पटक यो जोडीमा अन्तरकलह भएको हल्ला चल्यो । यद्यपि यो जोडीको केमेस्ट्री अहिलेसम्म टिकिरहेको छ । यो जोडी अत्यधिक  चर्चा पाउने जोडीहरूमध्ये दोस्रो स्थानमा छ ।

बिल स्मिथ र जाडा पिन्केट

बिल स्मिथ चलचित्र अभिनेता तथा गायकका रूपमा धेरै लोकप्रिय छन् । उनी चलचित्र, टेलिभिजन सो तथा संगीत कम्पनीका निर्माता पनि  हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । १९९०मा उनले निर्माण गरेको 'द फ्रेस प्रिन्स अफ बेल एयर'का लागि अडिसन दिन आएकी अभिनेत्री जाडा पिन्केटसँग उनको सम्बन्ध राम्रो भयो र १९९५सम्म उनीहरू सँगै बसे । त्यसपछि १९९७ मा सानो समारोहको आयोजना  गरेर उनीहरू वैवाहिक बन्धनमा बाँधिए । यो जोडीका दुई सन्तान पनि भैसकेका छन् । 'नटी प्रोफेसर'की नायिका जाडा तथा 'म्यान इन  ब्ल्याक'का नायक स्मिथ हलिउडको चर्चामा रहेका जोडीहरूमध्ये पाँचौं स्थानमा छन् ।

डेमी मुर र एस्टन कुचर

आफूभन्दा १५ वर्ष कान्छा अभिनेता एस्टन कुचरसँग २००५मा विवाह गर्नुअघि अभिनेत्री डेमी मुरको दुई जनासँग पारपाचुके भैसकेको थियो ।  पहिलो श्रीमान् फ्रेडी मुरको थर उपयोग गरिरहेकी डेमीले फ्रेडीसँग विच्छेद भैसकेपछि अभिनेता ब्रुस विल्ससँग विवाह गरिन् । त्यो सम्बन्ध  पनि लामो समय टिकेन । दुई वर्षको डेटिङपछि डेमी मुरले एस्टनलाई पतिका रूपमा स्वीकार गरिन् । 'चार्लिज एञ्जल्स'मा नौलो किसिमले  छाएकी मुरसँग एस्टनको सम्बन्धले निकै चर्चा पायो । त्यसैले यो जोडी वर्ष २०१० को चर्चित जोडीमा छैंटौ स्थानमा छ ।

जे-जे र बियोन्से

अमेरिकी समाजमा विकसित 'लिभिङ टुगेदर'को अवधारणाबाट हलिउड अछुतो हुने कुरै छैन । त्यसैको एउटा उदाहरण हुन् र्‍याप गायक जे-जे  र सेक्सी गायिका बियोन्से नलेजको जोडी । सन् २००२ देखि सँगै बस्न थालेका उनीहरूले आफ्नो सम्बन्धलाई सन् २००८ मा मात्र वै धानिकता दिन विवाह गरे । 'सिंगल लेडी' गीतबाट चर्चामा आए पनि बियोन्सेले आफ्नो सम्बन्ध जे-जेसँग जोडिसकेकी थिइन् । वर्ष २०१०मा  यो जोडीले डेढ करोड डलर कमाए । अत्यधिक चर्चा कमाउने जोडीमा उनीहरू तेस्रो स्थानमा छन् ।

sapthahik

0 comments:

Post a Comment