न्यूयोर्कको बेभर्ली हिल्समा आयोजित वर्ष २०११ को एएफआइ अवार्डस्को रेडकार्पेटमा हलिउड अभिनेत्री जेनिफर लरेन्स प्रवलले तयार पारेको डिजाइनमा देखापरिन् । गुरुङका स्प्रिङ डिजाइनमा लरेन्सले क्याटवाक गरिन् ।
ब्ल्याएक एन्ड ह्वाइट ग्राफिक प्लेटफर्ममा लरेन्स अप्टिक ह्वाइट स्ट्रेच डिजाइनमा थिइन् । यो अवार्ड सिजनका लागि प्रवलले जेनिफरका लागि भनेरै उक्त डिजाइन तयार गरेका थिए । पछिल्लो अवार्डको सिजन जेनिफरका लागि उतारचढावपूर्ण भएपनि फेसन उनका लागि त्यस्तो भएन ।
अमेरिकी चलचित्र र टेलिभिजन एक्ट्रेसका रुपमा चर्चित अभिनेत्रीले दर्जन अवार्ड हात पारिसकेकी छिन् । थुप्रै फेस्टिभलमा आउडस्ट्यान्डिङ पर्फमेन्स अवार्ड पनि उनले जितेकी छिन् । सन् २००८ मा भेनिस फिल्म फेस्टिभलमा उनले बेस्ट इमर्जिङ एक्ट्रेसको अवार्ड कब्जा गरेकी थिइन् ।
mero cinema








0 comments:
Post a Comment