Translate

Friday

कुकुर गर्भवती भएपछि प्रशिक्षक निलम्वित

अचानक गर्भवती भएको भन्दै भारतको छत्तीसगढस्थित सशस्त्र पुलिसको सातौं वाहिनीमा कार्यरत कुकरलाई निलम्वन गरिएको छ ।
उनीहरुको साथमा कर्तव्यहीन र अवैधानिक काम गरेको आरोपमा दुई प्रशिक्षकलाई पनि निलम्वनमा परेका छन् । साथै प्रशिक्षकहरुलाई कुकुर गर्भवती हुनुको कारण बारे स्पष्टिकरण सोधिएको बीबीसीले जनाएको छ ।
प्रशिक्षकद्धय भने आफुहरु निर्दोष रहेको बताएका छन् । उनीहरुले कुकुर राख्ने स्थान भत्किएकाले राति बाहिर गएको र गल्लीका कुकरहरुसँग सम्पर्क राखेको हुन सक्ने समेत दावी गरेका छन् ।
सीमा र लीन्जा छत्तीसगढ पुलिसको ‘डग स्क्वाँड’ सदस्य हुन् । उनीहरुको काम विस्फोटक र नशालु पदार्थ पत्ता लगाउन र विभिन्न अनुसन्धानमा प्रहरीलाई सघाउनु हो । उ
नीहरु गर्भवती हुनुलाई गम्भीर गल्तीका रुपमा हेरिएको छ ।

0 comments:

Post a Comment