Translate

Friday

सबैभन्दा सेक्सी शाकाहारी विद्या

bidhya_in_400बलिउड अभिनेत्री विद्या बालन र पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई लोकप्रीय शाकाहारी हस्तीको रुपमा चुनिएको छ । पशु अधिकारवादी संस्था पेटाले गरेको एक अनलाइन सर्वेक्षणमा उनीहरुलाई यो उपलब्धी मिलेको हो । दुवैले आर माधवन र अभिनेत्री लारा दत्तालाई पछाडि छाड्दै उपाधि जितेका हुन् ।

यो सर्वेक्षणमा विद्याले मल्लिका शेरावत, करिना कपुर, अमिताभ बच्चन, साहिद कपुरसहित अन्तराष्ट्रिय हस्ती नाताली पोर्टमैन र ब्रायन एडम्ससँग प्रतिस्पर्धा गर्नुपर्‍यो ।

पीपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा)का भारत प्रमुख पूर्वा जोशिपुराले भने 'विद्या बालन र शशि थरुर केही प्रशंसनिय गुणका प्रतीक हुन् । तर शाकाहारी भोजनप्रति उनीहरुको प्रतिबद्धता जनावरप्रति उनीहरुको दयालुपन कारण हो ।'

उनले भने 'हाम्रा सबै उम्मेदवार विजेता हुन् । किनकी आकर्षक व्यक्तित्व र हृदयमा देखभालको भावनाजस्तो सुन्दर अरु केही हुनैसक्दैन ।'  

mero cinema

0 comments:

Post a Comment