Translate

Friday

Sex का कुरा Of The Week

कसको पोसाक राम्रोः


कसको पोसाक राम्रोः टिन भोगले हालै सन् २०१० मा आकर्षक पोसाक लगाउने ५० महिलाको छनोट गर्‍यो । उक्त छनोटमा ग्ल्यामर क्षेत्रका यूवतीह रूकै वर्चस्व थियो ।

अलाबामामा पहिलो सेक्स ड्राइभ

अमेरिकाको अलाबामा राज्यमा सेक्सटोयको खरिद बिक्रीमाथि प्रतिबन्ध लगाइएको छ, यद्यपि सोही राज्यमा हालै सेरी विलियमले सवारी साधनमा बोकेर  घुमाउँदै बेच्न मिल्ने सेक्सटोयको पसल खोलेकी छिन् । प्लिजर नाम दिइएको उक्त पसलको झ्यालबाट सेरीले यौनका विभिन्न सामग्री बिक्री गर्छिन् ।  उनी ग्राहकलाई पसलभित्र पस्न दिन्नन् भने खैरो कागजमा पोको पारेर झ्यालबाटै सेक्सटोय दिने व्यवस्था मिलाइएको छ । अहिले त्यहाँ सेक्सटोयका  अतिरिक्त चिल्लो पदार्थ र उत्तेजना बढाउने सामग्रीहरू बिक्री हुन्छ । सेक्सटोय बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गर्न सेरीले अदालतमा मुद्दासमेत दायर  गरेकी थिइन् । यस विषयमा अझै पनि स्पष्ट सुनुवाइ भएको छैन । सेरी चिकित्सकको परामर्शअनुसार मात्रसेक्स टोय बिक्री गर्छिन् । यसबाहेक यौ नसमस्याका विषयमा विभिन्न कार्यक्रम निरन्तर चलाउने उनले बताएकी छिन् ।

कन्डमको प्रयोग राम्रो

पोप बेनिडिक्ट सोर्‍हौंले कन्डमको प्रयोग केही हदसम्म राम्रो भएको बताएका छन् । जर्मनीका एक पत्रकारले लेख्न लागेको पुस्तकमा आफ्नो भनाइ  राख्ने क्रममा पोप बेनिडिक्ट सोर्‍हौंले कन्डमको प्रयोग यौनसुख प्राप्त गर्नका लागि मात्र प्रयोग गर्न नहुने बताए । यौनका विषयमा नबोल्ने पोपले यस्तो  विचार प्रस्तुत गरेपछि धर्मका अनुयायीहरूमा सकारात्मक भावना बढ्ने विश्वास गरिएको छ । 'लाइट अफ दि वल्र्डः द चर्च एन्ड द साइन्स अफ दि  टाइम्स' पुस्तकमा अन्तर्वार्ता दिँदै बेनिडिक्ट सोर्‍हौंले भनेका छन्- कन्डम एड्सको रोकथाममा प्रभावकारी छ, तर व्यभिचार र बाहिरी व्यक्तिहरूसँग हुने  यौनसम्पर्कलाई मनबाटै नियन्त्रण गर्न सक्नु नै एचआईभी/एड्सलाई नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय हो । पोप बेनिडिक्ट सोर्‍हौंबाट यस्तो धारणा आएपछि संयुक्त राष्ट्रसंघले  त्यसको स्वागत गरेको छ । पोपको यस्तो भनाइले एचआईभि/एड्सविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

फेसबुकमा स्तन देखाउन किन नपाइने

सामाजिक सम्पर्कको सर्वाधिक लोकप्रिय माध्यमका रूपमा प्रस्तुत भएपछि फेसबुकले आफ्ना प्रयोगकर्तालाई दिने सुविधाहरूका विषयमा बेलाबेलामा  विवाद हुने गरेको छ । प्रयोगकर्ताहरू फेसबुक डटकम आफ्नो इच्छाअनुसार चलोस् भन्ने चाहिरहेका छन् भने साइटका निर्माताहरू यसमा अश्लीलता  नबढोस् वा कुनै नकारात्मक कामका लागि यसको प्रयोग नहोस् भन्ने विषयमा सजग छन् । केही समयअघि फेसबुकमा महिलाले स्तनपान गराएको  तस्बिर राख्ने विषयमा ठूलै विवाद भएको थियो । स्तनपान मायाको क्षण भएका कारण त्यसलाई अश्लीलतासँग जोड्न नहुने बताउँदै फेसबुकले  स्तनपानका तस्बिर अपलोड गर्ने अनुमति दियो । हालै स्तन क्यान्सरका कारण स्तनको शल्यक्रिया गरेकी एक महिलाले आफ्नो काटिएको स्तनको तस्बिर  अपलोडलगत्तै फेसबुकका सञ्चालकहरूले ती तस्बिर साइटबाट हटाए । ४३ वर्षीया एन्ना एन्टेलीले आफ्नै काटिएको स्तनको तस्बिर फेसबुकमा राख्न  पाउनुपर्छ भन्ने आवाज उठाएपछि उक्त तस्बिरले फेसबुकमा पुनः प्रवेश पायो । एन्नाको मान्यता के थियो भने यो नग्नता होइन, यसले सकारात्मक  सन्देश दिन्छ । किनभने अहिले विश्वमा महिलामा स्तन क्यान्सरको खतरा बढिरहेको छ । यो रोगका कारण महिलाले कति कुरुप भएर वाकी जीवन  बिताउनुपर्छ भन्ने कुराको सन्देश यो तस्बिरले दिनेछ ।

अदालतमा हाजिर

यौनसम्बन्धका क्रममा अत्यधिक ठूलो आवाज निकालेर छिमेकीको निन्द्र विगार्ने एक दम्पतीलाई अदालतले जरिवाना तिराएको छ । जर्मनीको लिचेनवर्गका  ती दम्पतीविरुद्ध १० जना छिमेकीले उजुरी दिएपछि अदालतमा उपस्थित गराइएको थियो । जर्मन दम्पती स्टेफानी मुलर तथा लुकास जेष्ट्सुमाथि ध्वनि  प्रदूषण बढाएको अभियोगका साथै छिमेकीमाथि व्यवधान खडा गरेको अभियोग लगाइएको थियो ।

अदालतले उनीहरूलाई राति साढे ११ बजेदेखि बिहान १ बजेसम्म ध्वनि प्रदूषण बढाएर छिमेकीलाई सुत्न नदिएको अभियोगमा ११ हजार रुपैयाँ जरिवना  गर्ने निर्णय सुनायो । ती दम्पतीले आफूहरूले सामान्य रुपमा यौनसम्बन्ध राखेको र कुनै किसिमको चर्को आवाज ननिकालेको जिकिर गरेका थिए ।  अदालतले भने उनीहरूको मुखबाट आवाज नआए पनि खाटबाट आएको हुन सक्ने बताउदै जरिवना तिर्नैपर्ने आदेश दियो ।

भोट बढाउन कामुक प्रचार

स्पेनको काटालोनियामा हुन लागेको निर्वाचनका लागि उत्पादन गरिएको एक टेलिविज्ञापन अहिले चर्चामा छ । योङ सोसलिष्ट पार्टीले चुनावमा आफ्नो  पार्टीलाई मतदान गर्न अपिल गर्दै जारी गरेको उक्त विज्ञापन कामोत्तेजक भएको भन्दै सत्तारुढ एवं प्रतिपक्ष पार्टीहरूले आलोचना गरेका छन् । लैगिंक  समानता मन्त्रीले त्यसलाई समाजलाई नकारात्मक बाटोतर्फ मोड्न प्रेरित गर्ने विज्ञापनको संज्ञा दिएका छन् । विज्ञापनमा एक महिला सोसलिस्ट पाटीर् लाई मतदान गर्न लालायित रहेको देखाइएको छ । आफ्नो मतपत्रलाई ब्यालेट बक्समा खसालेपछि उनले भोटिङ गर्नु सर्वाधिक आनन्दको क्षण हो भन्ने  कुरा बताउँछिन् । कामोत्तेजक हाउभाउमा प्रस्तुत गरिएको उक्त विज्ञापनले महिलाको बेइज्जत गरेको आरोप

पपुलर पार्टीले लगाएको छ । उक्त विज्ञापनले गर्दा महिलाहरूलाई मतदान गर्न आउन अप्ठ्यारो स्थिति उत्पन्न हुने हुँदा त्यस्ता किसिमका विज्ञापनमाथि  प्रतिबन्ध लगाउनुपर्ने माग पनि हुन थालेको छ । उक्त भिडियोलाई संसारभरका लाखौं व्यक्तिले हेरिसकेका छन् ।

अन्त्यमा...

अमेरिकाका चिकित्सकहरू रोमान्टिक हुँदै गएको पछिल्लो सर्वेक्षणले देखाएको छ । अनलाइन मेडिकल कन्सल्टेन्सी वेवएमडीले १० हजार चिकित्सकबीच  गरेको सर्वेक्षणमा ११ दशमलब ७ प्रतिशत चिकित्सकले आफ्ना विमारीसँग रोमान्टिक एवं शारीरिक सम्बन्ध  राख्ने गरेको बताएका छन् । उक्त  अनलाइन सर्वेक्षण चिकित्सकहरूले पालना गर्नु पर्ने न्यूनतम सिद्धान्तलाई आधार मानेर गरिएको थियो । सर्वेक्षणमा सहभागि भएका चिकित्सकहरूले  बिमारीसँगको रोमान्टिक सम्बन्ध अस्पतालमा नभएर उनीहरूको उपचार सम्पन्न भएको करिब ६ महिनापछि हुने गरेको बताएका छन् । चिकित्सकले  बिमारीलाई देख्ने बित्तिकै रोमान्टिक व्यवहार नदेखाए पनि निरन्तर स्वास्थ्य परिक्षण गर्ने क्रममा उनीहरूसँग नजिक भएर कतिपय अवस्थामा सम्बन्धसमेत  रहने गरेको बताए । सोही सर्वेक्षणमा सहभागी ८३ दशमलव १ प्रतिशत चिकित्सकले औषधी र रोमान्सलाई सँगै लान नसकिने बताएका थिए ।

sapthahik

0 comments:

Post a Comment