Translate

Wednesday

जस्टिन बिबर र सेलेनाको डेटिङ हल्ला

 
लस एन्जल्स (एजेन्सी), टि-आइडल जस्टिन बिबर र सेलेना गोमेजबीच रोमान्स चलेको हल्लाले हलिउड केही दिनयता तातेको छ । फिलाडेल्पिmया अन्तर्राष्ट्रिय हाउस अफ प्यानकेक्समा गत बुधबार दुईजनालाई हात समातेको देखेपछि उनीहरू डेटिङ गरिरहेको हल्ला चलेको हो । तर, पहिलेदेखि नै 'राम्रो साथी' रहेको गायक-गायिकाले रोमान्स हल्ला मात्र रहेको प्रस्ट्याएका छन् ।
क्यानेडियन १६ वर्षे पपस्टार जस्टिनसँग डेटिङ गरेको हल्ला चल्नासाथ सेलेनाले प्रतिक्रिया जनाउँदै 'सो कुरा सत्य नभएको' बताएकी थिइन् । 'हामी प्यानकेक खाइराखेका थियौं,' १८ वषर्ीया नायिकाले भनिन्, 'सँगै प्यानकेक खाँदैमा रोमान्स गरेको भन्न मिल्दैन ।' एकै ठाउँमा परर्फम गर्नुपरेपछि भेट भएका उनीहरूले प्यानकेक खान गएको खुलेको हो । उनले 'माई फेभरेट गर्ल' गायकसँगको सम्बन्धबारे थप स्पष्टहँुदै 'जस्टिन मेरो भाईजस्तो हो' भनेकी छन् । डिज्ने च्यानलको 'विजार्डस् अफ बेभर्ली प्लेस' टेलिसिरियलकी नायिका सेलेनाले भनिन्, 'जस्टिन धेरै राम्रो केटा हो । ऊ प्रतिभाशालीका साथै कोमल हृदयको छ । उसले करिअर सुरु हुनुअघिदेखि नै हामी राम्रो साथी थियांै र छौं तर रोमान्टिक भने
होइन ।' यू-ट्युबबाट गायनयात्रा सुरु गरेका जन्टिनको करिअर सफलतालाई नजिकबाट हेरेकी उनले आफू जहिले पनि गायकका लागि 'ठूलो दिदी' सरह रहेको थपिन् । यता सेलेनाका साथै अर्की डिज्ने स्टार ज्यास्मिन भिलेगाससँग एकै समयमा डेटिङ गरिरहेका आरोप लागेको गायक जस्टिनले सेलेनासँग रोमान्सबारे गरिएको अडल पूर्णरूपमा गलत रहेको बताएका छन् । 'सेलेना धेरै राम्री र सुन्दर छिन्,' गायकले भने, 'तर, उनलाई मैले रोमान्टिक रूपमा कहिल्लै हेरेको छैन ।'

0 comments:

Post a Comment