Translate

Friday

दर्शक तर्साउने सिनेमा रिलिज


अंग्रेजी नयाँवर्षको छेकोमा नेपाली थ्रीलर चलचित्र 'एकदिन एकरात'को सार्वजनिक प्रदर्शन सुरु भएको छ । विहिबार राजधानीको जयनेपाल चित्रघरमा एक जमघटका बीच चलचित्रको प्रीमियर गरियो र दर्शक तर्साउने सिनेमाले गुड रिभ्यू बटुल्यो । डिजिटल सिनेमा नेपालको सर्भरजडित राजधानीका प्रमुख मल्टिप्लेक्ससहित मोफसलका सिङ्गल स्क्रिनमा पनि सिनेमा रिलिज भएको छ । अनुप बराल, कर्म, दिया मास्के, विनय श्रेष्ठ स्टारर सिनेमाले 'अदृश्य शक्ति'लाई उठान गरेको छ ।

रेडकार्पेट प्रीमियरमा उपस्थित अभिनेता बरालले आफू हिरोभन्दा पनि अभिनेता भएको बताए । 'फिल्ममा म धेरै बोल्दिन तर मेरो अभिनयले धेरैलाई बोल्न बाध्य बनाउँछ' उनले भने । नेपालमा थ्रीलर कथावस्तुमाथिका सिनेमा कम बनेकाले दर्शकले रुचाउने आशा निर्देशक देवकुमार श्रेष्ठले व्यक्त गरे । 'म आफै थ्रीलर फिल्मको दर्शक हुँ' अभिनेता कर्मले भने 'उस्तै फिल्ममा अभिनय गर्न पाउँदा धोको पुरा भएको लाग्यो ।' डेब्यु गर्ल मेनुका प्रधान र प्रवेश गिरीले सिनेमाले आफूहरुलाई परिचित गराउने आशा गरे ।

जगदीश्वर थापाले लेखेको स्क्रिप्टमा काठमाडौं-हेटौंडा राजमार्गमा अलौकिक शक्तिबारे उल्लेख गरिएको छ । पूजा लामा, गौरी मल्ल र बीएस राणाको अभिनय दर्शनिय छ । यसअघि 'विषालु', 'गोधुली' र 'बदमास' निर्देशन गरिसकेका श्रेष्ठ निर्देशित यो चलचित्रको गीत पनि निकै लोकप्रीय थिए । चलचित्रको पब्लिसिटीका लागि सिनेमा टोली पोखरा, बिराटनगर, धरान, बुटवल, नेपालगन्ज लगायतका सहरमा पुग्ने जानकारी निर्माता निर्मलरत्न शाक्यले दिए ।
mero cinema

0 comments:

Post a Comment