Translate

Friday

नायिका नम्रता श्रेष्ठ समाज सेवामा


गत शुक्रबार दरबारमार्गमा खुलेको नयाँ ब्युटी सैलुन हेयर स्टोरी एन्ड फेस ग्यालरीको उद्घाटनका क्रममा भेटिएका सेलिब्रेटीहरूलाई नायिका नम्रता श्रेष्ठ आफ्नो समाजसेवी छविका बारेमा जानकारी दिँदै थिइन् । थुप्रै निमन्त्रणा आए पनि रिबन काटेर उद्घाटन गर्न ‘लाज लाग्ने’ भएकाले हालसम्म एउटा पनि उद्घाटन कार्यक्रममा सहभागी नभएकी नम्रताले ब्युटिसियन सान्द्रा पुनकी दुई बहिनी भिस पुन तथा चन्द्रमा पुनले सञ्चालनमा ल्याएको उक्त पार्लरको रिबन काटेर उद्घाटन गरेकी थिइन् । दीपाश्री निरौला, राजबल्लभ कोइराला, नन्दिता केसी, सरिता ज्ञवाली आदि परिचित अनुहारमाझ नम्रताले मुम्बईमा उपचाररत गायक कुमार कान्छालाई सहयोग पुर्‍याउने उदेश्यले भोलि शनिबार एउटा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । नम्रताले भनिन्- ‘यसमा मैले सबैको सहयोगको आशा गरेकी छु ।’

news pokhara

0 comments:

Post a Comment