Translate

Wednesday

नम्रतालाई बहुराष्ट्रिय कम्पनीको सहयोग

namrata_shrestha_in_400नेपाली सिनेमाकी डिभा नम्रता श्रेष्ठ यतिबेला निकै बेचैन छिन् । लाग्छ उनका लागि चौविस घण्टा छोटो हुन थालेको छ । न खानु न सुत्नुको पत्तो । शनिबार आफ्नै पहलमा गर्न लागेको कन्सर्ट व्यवस्थापनका लागि यतिबेला यी सुन्दरी धपेडीमा छिन् । स्पोन्सर खोज्न नम्रतालाई पापड पेल्नुपर्‍यो । हम्मे गरेपछि भनेजस्तो स्पोन्सर पाएकाले 'सानो संसार' स्टार गदगद छिन् ।

नम्रताको कन्सर्टका लागि बहुराष्ट्रिय कम्पनीका उत्पादन रोएल स्टग, काल्सवर्ग, डाबर नेपालको रिएल जुस, रेडबुल, स्प्यारो एसएमएसले स्पोन्सर गर्दैछन् । 'निकै दुःख हुँदो रहेछ स्पोन्सर खोज्न र ब्यवस्थापन गर्न' नम्रताले सुस्केरा हालिन् 'अर्कालाई कन्भिस गर्न कति गाह्रो हुँदो रहेछ बल्ल बुझें ।' सँधै फिल्ममा अभिनय मात्र गर्ने नम्रतालाई निर्माताको पीडा कस्तो हुँदो रहेछ बोध भएको हुनसक्छ । कारण -उनी यो कन्सर्टकी एकखाले निर्मात्रीजस्तै हुन् ।

नम्रता भनेपछि ती कम्पनी पनि स्पोन्सर बन्न राजी भए । नम्रताको क्रेजले स्पोन्सरलाई पनि आच्छु-आच्छु परेको हुनुपर्छ । यो भन्दा पनि गायक कुमार कान्छाको उपचारका लागि गरिने कन्सर्टमा ती स्पोन्सरलाई दया पलाएछ । बहुराष्ट्रिय कम्पनीको उत्पादनले सहयोग गर्ने भएपछि भने नम्रताको कन्सर्ट पक्कापक्की जस्तै भएको छ ।


mero cinema

0 comments:

Post a Comment