Translate
Wednesday
सुपरहिट क्यालेन्डर
बेलायतका एक फोटोग्राफरले हालै निकालेको क्यालेन्डर विवादमा परेको छ । यसको मूल कारण चाहिँ, क्यालेन्डरको मुख्य आकर्षा नै सडकमा मृत्यु बेहोर्न पुगेका जनावर, कीरा फट्याङ्ग्रालाई क्यालेन्डरको मुख्य तश्वीर बनाइएको छ । क्यालेन्डरको नाउँ नै 'रोडकिल क्यालेन्डर' नाउँ दिइएको छ ।
क्यालेन्डर बेच्ने केही बिक्रेताहरुले यस्तो क्यालेन्डरहरु विवादको केन्द्रबिन्दु बन्ने भन्दै बेच्न अस्वीकार गरेका छन् । तर यो विवाद सडकमा छताछुल्ल भएयता यसको प्रचार भएको भन्दै यसका प्रस्तुतकर्ता केभिन बेरेसफोर्डले आफ्नो सिर्जना बेच्न अनलाइनको उपयोग गर्न थालेको बताएका छन् ।
५८ वर्षो फोटोग्राफर बेरेसफोर्डले देशका विभिन्न भागमा डुलेर खिचिएका तश्वीरहरुलाई आफ्नो क्यालेन्डरमा उपयोग गरेका छन् । कुनै कुनै जनावर त यति धेरै किचिपिची भएका छन् कि ती जनावरहरु के हुन् भन्ने पनि चिनिएका छैनन् ।
'केही व्यक्तिले यस्तो नयाँ सोचलाई बेच्न नै अस्वीकार गरिदिए', गुनासोको भाका सुनाउँदै उनले भने- 'तर क्यै छैन, मैले चाहिनेजति अर्डर अनलाइनमार्फ् पाइरहेकै छु ।'
उनले पारम्परिक बिक्रेताहरु ज्यादै पारम्परिक भएकाले तिनीहरुले आफ्नो सोच परिवर्तन गर्नुपर्ने समेत सुझाव दिए ।
पहिलो पटक यस्तो क्यालेन्डर निकालेका उनले भने- 'मलाई सुरुदेखि नै यस्ता अनौठा विषयमा फोटो खिच्ने रहर थियो । जब मलाई प्रशस्त फोटो भयो भन्ने लाग्यो अनि मैले यसको क्यालेन्डर निकाल्दा ठीकै होला भन्ने लाग्यो ।'
'बेलायती क्रेताहरु जनावर भनेपछि कति हत्ते गर्छन् भन्ने कुरा मरेका जनावरहरुको क्यालेन्डर किन्न मरिहत्ते गरेबाटै प्रष्ट हुन्छ', उनले भने । उनले यो क्यालेन्डर बिनापत्तामा ज्यान गुमाएका ती जनावरहरुप्रति समर्पित गरेका छन् ।
enasha
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment