Translate

Saturday

ऋतिक खान्छन् २२ अण्डा !

hritik_roshan_in_400
























ऋतिक रोशनले संजयलीला भन्सालीको फिल्म 'गुजारिस'का लागि निकै तौल बढाएका थिए भने करन जोहरको फिल्म 'अग्निपथ'का लागि तौल घटाएका थिए । उनै ऋतिक पुनः सुगठित शरिर बनाउन चाहन्छन् । उसैपनि ऋतिक आफ्नो भूमिकालाई जीवन्त तुल्याउन आफ्नो दिलोज्यान त्यसमा लगाउँछन् ।यसैकारण हुनुपर्छ उनले दुईमहिनाभित्र करनको फिल्मका केन्द्रिय पात्र दीनानाथ चौहानको शरिरको आकारसँग मिल्दोजुल्दो शरिर बनाउनुपर्छ । चुनौतिलाई आत्मसात गर्दै ऋतिकले आफ्ना फेव्रेट ट्रेनर सत्यजीत चौरासियाको मद्दत लिन चाहेका छन् ।यसबारे सत्यजित भन्छन् -ऋतिक यतिबेला हरेक दिन चारघण्टासम्म खास तरिकाको कसरत गर्छन् । योसँगै उनी विहान एक घण्टा कार्डियो पनि गर्छन् । साँझको तीनघण्टा तौलसँग आधारित कसरत गर्छन् । यसकारण ऋतिकको डाइट चार्ट ट्वीटरसम्म आइपुगेको छ ।'सत्यजित अगाडि भन्छन् -ऋतिकले उच्च प्रोटिनयुक्त खाना पनि लिन्छन् । उनी एकदिनमा धेरै मासु र २२ वटा अण्डा खान्छन् । उनलाई एक छाकमा चार-चार अण्डा दिने गरिएको छ तथापि उनलाई दिनभरमा २२ अण्डा खान कुनै कठिनाइ नहोस् । ऋतिक र उनका प्रशिक्षकले दुईमहिनाभित्र ठूलो उपलब्धी हासिल हुने लक्ष्य राखेका छन् ।


mero cinema

0 comments:

Post a Comment