त्यो घरमा मुकेश, उनको श्रीमती नीता र तीन छोराछोरी बस्छन्। सेप्टेम्बरमा यो घरमा ६ लाख ३७ हजार २ सय ४० युनिट खपत भएको छ। उनले बिजुलीको बिलसमेत तिरिसकेका छन्। उनले चाँडै बिल तिरेकाले ४८ हजार ३ सय ५४ भारु छुटसमेत पाएका छन्। विश्लेषकहरुका अनुसार यो बिल भारतको ७ हजार घरको मासिक बिजुलीको बिल हो।
डेढ खर्बमा बनेको यो घरमा पार्किङ तथा मोटरकारको मर्मतसम्भार सुविधा, बगैंचा, मनोरञ्जन तथा दृश्यावलोकनका लागि कौसीमा गरिएको विशेष व्यवस्था, हेलिप्याड लगायतले सर्वसाधारणको ध्यान खिचेको छ। अम्बानी परिवारका लागि ४ छुट्टाछुट्टै तल्लामा शयनकक्ष र पाहुनाहरुका लागि अलग्गै कोठाको व्यवस्था गरिएको छ।
nagarik








0 comments:
Post a Comment