उनी हुन् एसिड रिफलक्स नामको रोगबाट ग्रसित ५ वषिर्य बालक डेनियल हैरिसन । डेनियलले कुनै पनि चीज खान सक्दैनन् । केवल एउटा नलीको माध्यमबाट शरिरमा पौष्टिक पदार्थ पुर्याउने व्यवस्था मिलाइएको छ । एसिड रिफलक्सका कारण खाने नली क्षतिग्रस्त छ । भोजन पचाउने एसिड नलीमा पनि क्षति पुगेको छ । जसका कारण उसले कुनै पनि चीज खान सक्दैनन् ।
करीब एक वर्षको उमेरदेखि हैरिसन यस रोगबाट पीडित बनेका हुन् । त्यसै समयदेखि उनी कुनै पनि चिज खानाका लागि डराउने गर्दथे । त्यही बानी अहिलेसम्म उसलाई निरन्तर रही रहेको छ । नाँटिंघम निवासी उनको मातापिता केविन र कैथरीन बच्चाको उपचारका लागि पानी जसरी नै पैसा बगाएपनि उनको उपचार हुन नसकेको बताउँछन् । हैरिसनको यसप्रकारको विरामीको कुनै उपचार नभएको विशेषज्ञहरुले बताउने गरेको उनका माता-पिता भन्छन् ।
हैरिसनका बुवा केविनलाई अझैपनि अस्टि्रयामा रहेको एक अस्पतालबाट आफ्नो छोराका उपचार हुनेमा आशावादी छन् । हैरिसनको उपचारका लागि उनका बुवालाई कम्तिमा २० हजार पाउण्डको आवश्यक्ता पर्दछ । केविन आफ्नो छोरा पनि अरुको बच्चाले जस्तै खानेकुरा खाएको हेर्ने सपना छ । जसका लागि सबै कुरा गर्न आफू पछि नपर्ने केविनको भनाई छ ।








0 comments:
Post a Comment