गोप्य दस्तावेजहरु सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्गेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले 'रेड नोटिस' जारी गरेको छ। तर यो नोटिस विकिलिक्सले हालै जारी गरेको अमेरिकी दूतावासहरुका गोप्य दस्तावेजसँग सम्बन्धित भने छैन।यो स्वीडेनमा उनले गरेको भनिएको एउटा यौन अपराधका विषयमा हो। स्वीडेन प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको हो।
रेड नोटिस कसैलाई गिरफ्तार गर्न चाहिने अरेस्ट वारेन्ट जस्तो भने हैन। यसमा उनको बारेमा जानकारी भएकालाई उनी कहाँ छन् भन्ने बारे जानकारी दिन भनिएको हुन्छ। इन्टरपोलमा १८८ राष्ट्र सदस्य छन्।
स्वीडेनको एउटा अदालतले उनलाई गिरफ्तार गर्ने आदेश दिइसकेको छ। उनीमाथि बलात्कार लगायतको यौन दुर्व्यवहारको आरोप लगाइएको छ। असान्गे यी आरोपलाई अस्वीकार गर्छन्। अभियोग प्रमाणित भए उनले कम्तिमा दुई वर्ष कैद सजाय भोग्नु पर्नेछ।
nagarik








0 comments:
Post a Comment