Translate

Saturday

यो कस्तो विश्व

 मलेसियाले यौनशिक्षा दिने

मलेसियाले आगामी वर्षदेखि आफ्नो पाठ्यक्रममा यौन शिक्षालाई अनिवार्य गर्ने बताएको छ । पुरातनवादी धार्मिक समुदायले यौन शिक्षाका विषयमा विरोध गरे पनि सरकारले आगामी वर्ष माध्यमिक तहको पाठ्यक्रममा यौन शिक्षालाई लागू गर्ने भएको हो ।

१३ वर्षदेखि १७ वर्षका विद्यार्थीहरूलाई प्रत्येक दिन ४० मिनेट प्रजनन स्वास्थसम्बन्धी अध्यापन गराइने शिक्षा मन्त्री विका सियोङले जानकारी दिए । सियोङका अनुसार पाठ्यक्रममा स्वास्थ, मनोविज्ञान तथा यौनसम्बन्धका विषयमा अध्ययन गराइनेछ । गत वर्ष प्रहरीबाट प्राप्त भएको तथ्यांक अध्ययन गरेपछि सरकारले पाठ्यक्रममा यौनशिक्षालाई समावेस गर्ने निर्णय गरेको हो । प्रहरीको प्रतिवेदनअनुसार मलेसियामा प्रत्येक वर्ष १ सय बालबालिका बेवारिस अवस्थामा छोडिन्छन् भने क्वालालम्पुरमा प्रत्येक १० दिनमा एक बेवारिस शिशु फेला पर्ने गरेका छन् ।

कानुनका विद्यार्थीको चाला


अमेरिकाको ब्रुकलिन ल स्कुलका विद्यार्थीले लाइब्रेरीलाई प्रयोग गरेर एक भित्री पोसाक निर्माताका लागि फोटोसुट गरेका छन् । 'डिसेल’ ब्रान्डका अण्डरवेयर, पेन्टि तथा ब्राका लागि विद्यार्थीहरूले लाइब्रेरीको प्रयोग गरेका थिए । कामोत्तेजक पोजमा खिचिएका उक्त तस्बिरमा विद्यार्थीहरूले लगाएको भित्रि पोसाकमा लेखिएका शब्द पनि कामोत्तेजक थिए । एक तस्बिरमा एक छात्रले लगाएको भित्री पोशाकमा 'आज म तिम्रो स्कुल टिचर’ भनिएको छ भने उनीसँगै रहेकी अर्की छात्राले लगाएको भित्रि पोसाकमा 'आज राती म तिम्रो छात्रा’ लेखिएको छ । यस्तो तस्बिर सार्वजनिक भएपछि कानुनका विद्यार्थीहरूको उपहास भएको जिकिर पनि हुन थालेको छ ।

टेलर सेक्सटोय

पश्चिमी मुलुकमा सेक्सटोयको कारोबार रेडिमेड ढंगमा हुँदै आएको छ । उत्पादक कम्पनीले विभिन्न ढंगमा निर्माण गरेका सेक्सटोयहरू उपभोक्ताले रहर तथा बाध्यताले प्रयोग गर्दै आएका छन् । यस्ता किसिमका सेक्सटोयले उपभोक्ताहरूलाई सही अर्थमा आनन्द नदिने देखेपछि बर्लिनकी स्टेफानी डोरले ग्राहकको यौनाङ्गको नापअनुसार सेक्सटोय निर्माण थालेकी छिन् । नाप लिएर हातले निर्माण गरिएको सेक्सटोय रेडिमेडको तुलनामा विश्वासिलो हुन्छ । स्टेफनीले प्लेस्टिक्स नामक कम्पनी खोलेर टेलर मेड सेक्सटोयको कारोबार थालेकी हुन् । उनले प्राचीन कालमा पनि यौनांगको नापअनुसार सेक्सटोय प्रयोग हुने गरेका कारण यसको विश्वसनीयता बढी भएको बताइन् । केही समयअघि स्वीडेनमा फेला परेको एउटा सेक्सटोय ४ इन्चको थियो । उक्त सेक्सटोयलाई पुरातत्वविद्हरूले ६ देखि ८ हजार वर्ष पुरानो मानेका थिए ।


अर्धनग्नतस्बिर नखिच्ने

चीनमा पछिल्लो पटक विकास भएको नयाँ ट्रेन्डअनुसार नवदम्पतीहरू आफ्नो विवाहको सम्झना अर्धनग्न, नग्न तस्बिर खिचेर गर्न थालेका छन् । नवविवाहिताहरूले अर्धनग्न तस्बिर नाम चलेका फोटोग्राफरमार्फत खिचाउने लहर बढेपछि स्थानीय फोटोग्राफरहरूले पनि कुन पोजमा आकर्षक अर्धनग्न तस्बिर खिच्ने भन्ने प्रतिस्पर्धा नै गर्न थाले । यो प्रतिस्पर्धा बढ्दै जाँदा कतिपय दम्पतीले पूर्ण नग्न समेत तस्बिर भएर खिचाउन थाले । विवाहजस्तो पवित्र कार्यमा नकारात्मक धारणा विकास भैरहेको महसुस हुन थालेपछि स्थानीय विवाह परामर्श संस्थाहरूले दम्पतीहरूको अर्धनग्न तथा पूर्ण नग्न तस्बिर खिच्न रोक लगाउने अभियान थालेका छन् । 

विवाह गराउने संस्थाहरूको संगठनले विवाहको तस्बिर खिच्ने फोटोग्राफरहरूलाई कुनै पनि दम्पतीको अर्धनग्न तस्बिर नखिच्न भनेको छ । संस्थाले फोटोग्राफरहरूले यो अनुरोधलाई स्वीकार गरेर दम्पतीहरूलाई त्यस्तो किसिमको तस्बिर खिच्न निरुत्साहित गर्नुपर्ने बताएको छ । विवाह पवित्र बन्धन भएका कारण त्यसमा नग्नता झल्कने र समाजमा नकारात्मक भावना विकसित हुने किसिमको काम कसैले गर्न नहुने उनीहरूले बताएका छन् । यस्ता किसिमका तस्बिर संस्मरणका लागि खिचिए पनि कुनै कारणले बाहिर आए गोपनियतासमेत भंग हुने हुँदा दम्पती र फोटोग्राफरहरूले सचेत हुनुपर्ने परामर्शदाताहरूले बताएका छन् ।

चुनाव जित्नका लागि

राजनेता हुन जनताको मन जित्नुपर्छ । यसका लागि जनताको सेवा गर्नुपर्‍यो कि जनतालाई आकषिर्त हुने कुनै काम गर्नुपर्‍यो । यस्तै किसिमको दोधारमा परेकी चेककी एक महिला नेताले नग्न भएर जनताको मन जित्ने सोच बनाएकी छिन् । यसअघि कामोत्तेजक पहिरन लगाएर सभासद्हरूका सामु प्रस्तुत भएकी इभोना फिसेरोभाले आगमी दिनमा नग्न भएर पनि जनताको मन जित्ने दाबा गरेकी छिन् । उनले प्ले ब्वाइका लागि निवस्त्र फोटो सुट गरेर आएको रकम सेवामुखि संस्थाहरूलाई दिन चाहेको बताएकी छिन् ।

इभोनाले आफ्नो फेसबुकमा अहिलेका बुढा राजनेताहरूले नयाँ पुस्ताको राजनीतिक सोचलाई बुझ्न नसकेको पनि दाबी गरेकी छिन् । नेताहरूले चुनाव जित्नका लागि पहिलो पटक निर्वस्त्र हुने अभियान थालेका भने होइनन् । सन् २००७ मा बेल्जियमको निर्वाचनमा तानिया डर्भेउक्सले पनि ४० हजारलाई रोजगारी दिने नाराका साथ निवस्त्र भएर चुनाव प्रचार गरेकी थिइन् ।

अन्त्यमा...

कुन प्राणीको अण्डकोष ठूलो हुन्छ भन्ने अनुसन्धानमा वैज्ञानिकहरूले बल्ल सफलता हात पारेको दाबा गरेका छन् । अनुसन्धानमा फरक-फरक किसिमको तथ्य आए पनि युनिभर्सिटी अफ डर्बीका वैज्ञानिकहरू प्लाटिसेलिस जातको फट्याङ्ग्राको अण्डकोष शरीरको तुलनामा ठूलो भएको पाएका थिए । उक्त जातको फट्याङ्ग्राको अण्डकोष उसको शरीरको तौलको १४ प्रतिशत तौल बराबर हुन्छ । यसअघि वैज्ञानिकहरूले गुह्य झींगाको अण्डकोष शरीरको तौलअनुसार साढे १० प्रतिशत भएको पाएका थिए । वैज्ञानिकहरूले ठूला अण्डकोष हुने कीटहरूले थोरै मात्रामा शुक्रकिट निकाल्ने गरेको समेत पत्ता लगाएका छन् । यदि आममानिसको अण्डकोष त्यही अनुपातमा ठूलो हुने हो भने त्यसको तौल सरदर ५ किलोग्राम हुन्छ ।

0 comments:

Post a Comment