जुन बेली डान्समा राजेशलाई साथ दिनेछिन् अभिनेत्री झरना थापाले । नेपाली सिनेमामा पहिलोपटक यस्तो अरबी नृत्य प्रस्तुत गर्न लागिएको हो । साकिराले विश्वकपमा नाचेपछि बेली डान्स लोकप्रिय भएको थियो । निर्देशक बस्नेतले यो चलचित्रमा हमाललाई पहिलोपटक कमेडियनका रुपमा प्रस्तुत गर्दैछन् । 'पहिलोपटक महानायकलाई कमेडियनका रुपमा प्रस्तुत गर्दैछु' बस्नेतले मेरोसिनेमासँग भने 'उहाँको गेटअप पनि एक्सक्लुसिभ हुनेछ ।'
हमाल पनि पहिलोपटक कमेडियनका रुपमा बेली डान्स नाच्न लागेकोमा एक्साइटेड छन् । भारतको गोवाबाट कोरियोग्राफर बनेर आएका बस्नेतले फिल्मको स्क्रिप्ट सुनाउँदा हमाल उत्साहित थिए । यसअघि 'नमस्ते' कमेडी सिनेमा बनाएका बस्नेतले हमालको एकैप्रकारको भूमिकालाई ब्रेक गरेका हुन् । विश्व नेपाल, कृष्णा पराजुली र शुभ पराजुलीले निर्माण गर्ने चलचित्रमा किरण केसी, गोपाल ढकाललगायत कमेडियन पनि देखिनेछन् । साकिराले बेलीडान्स मार्फत विश्वलाई नचाइन् भने हाम्रँ महानायकले कस्तो प्रभाव पार्ने हुन् ? बेलीडान्स हेरेपछि थाहा लाग्ला ।








0 comments:
Post a Comment