काल्पनिक कर्मचारीलाई तलब
by agencyनयाँदिल्ली/ भारतको दिल्ली सरकारले २२ हजार आठ सय ५३ काल्पनिक कर्मचारीलाई तलब खुवाइरहेको छ । दिल्लीका मेयर कंवर सेनले एक बयानमा काल्पनिक कर्मचारीलाई तलब खुवाउन वाषिर्क चार करोड ३० लाख अमेरिकी डलर खर्च हुन्छ ।
दिल्ली सरकारले बायोमेटि्रक प्रणाली लागू गरेपछि काल्पनिक कर्मचारी संख्या सार्वजनिक भएको हो ।
राज्यको कोषबाट पैसा निकाल्नका लागि सरकारी अधिकारीले यो सूची बनाएको भारतीय सञ्चारकर्मीले बताएका छन् ।
दिल्ली नगर निगममा एक लाखभन्दा बढी सफाइ कर्मचारी, माली, अध्यापक र अन्य कर्मचारी छन् ।
दिल्ली नगर निगमले गतवर्षको अगष्टदेखि बायोमेटि्रक प्रणाली लागू गरेको हो । दिल्लीका मेयर कंवर सेनका अनुसार निगममा कुल एक लाख चार हजार ४१ कर्मचारी छन् । तर, रेकर्डअनुसार भने कर्मचारीको संख्या एक लाख २७ हजार ९४ छ ।
वास्तविक कर्मचारी र रेकर्डमा दर्ता गरिएका कर्मचारीमा २२ हजार आठ सय ५३ को फरक छ ।
मेयर सेन भन्छन्, 'यस मामलामा विस्तृत जाँच गरिन्छ । कर्मचारीको फर्जी सूची बनाएर भ्रष्टाचार गर्ने कर्मचारीविरुद्ध कारबाही हुन्छ ।'
दिल्ली नगर निगममा थुप्रै काल्पनिक कर्मचारी रहेको आरोप लगाइको थियो । तर, निगमले यस आरोपको सधैँ खण्डन गर्दै आएको थियो ।








0 comments:
Post a Comment