मानिससमेत कुकुर-बिरालाझैँ मररिहेका बेला गाईगोरुलाई पनि मानिसलाई झैँ विधि पुर्याएर दाहसंस्कार गरनिु आश्चर्यजनक हो । तर, यो दृश्य दाङको लालमटियामा भने सामान्यजस्तै भइसकेको छ ।
गाउँघरमा कुनै पशुले पशुको मरण गर्नु पर्दैन । सबैले मानवीय व्यवहार पाउँछन् । सबै प्राणीले समान रूपमा बाँच्न पाउनुपर्छ भन्ने लक्ष्यका साथ लालमटियावासीले यस्तो अनौठो काम थालेका हुन् ।
मानिसले गाईगोरुलाई काममा लगाउन पाउँदासम्म मात्र पाल्ने त्यसपछि त्यत्तिकै छोडिदिने प्रचलन बढेपछि कालिका सामुदायिक वन समूहले पशु वृद्धाश्रम बनाउने जुक्ति निकालेको हो । "भैँसी र बाख्राहरू भने मानिसले वृद्ध भए पनि काटेर खान्छन् तर गाईगोरु त्यत्तिकै अलपत्र छोडिदिन्छन् । पशुले पनि सुखसँग मर्न पाउनुपर्छ," गोरुको दाहसंस्कार गदर्ैै गरेका स्थानीय डिलबहादुर कुमाल भन्छन्, "एउटा प्राणीले अर्को प्राणीको सम्मान गर्न सक्नुपर्छ ।" अहिले वृद्धाश्रममा २२ वटा पशु छन् । वृद्धाश्रममा हालसम्म १ सय ५५ पशु आएको र त्यसमध्ये १ सय ३३ मरसिकेको आश्रमका संरक्षक भगतराम चौधरी बताउँछन् । मरेका सबै पशुलाई मान्छेलाई जस्तै दाहसंस्कार गरएिको उनको कथन छ ।








0 comments:
Post a Comment