मेरो सिनेमा
यो धपेडी बेफुस्रदीबाट केही समयका लागि फ्रेस हुन चाहन्छिन् उनी । यी दुई फिल्मको सुटिङ सकाएपछि नम्रता ट्रेकिङमा निस्कँदैछिन् । सगरमाथा आधार शिविरको लुक्लातर्फ पदयात्राका लागि जानेछिन् ।
'मिस यू र पर्पल डेज सकाएपछि लुक्लातिर टे्रकमा जाने प्लानमा छु' नम्रता भन्छिन् 'अस्तिभर्खरै मेरी एउटी साथी त्यतातिर टे्रकिङमा गएर आ'की थिई । उसले खिचेका फोटो हेर्दा त त्यतै जाउँ जस्तो लाग्यो ।' यतिबेला रिहस्रलका क्रममा नम्रताले केही कठिनाइ महसुस गरिरहेकी छिन् ।
'दुवैवटा फिल्मको कथा पूर्णरुपमा भिन्न भयो' भन्छिन् 'एउटा सकेर अर्कोमा जाँदा मुड नै चेन्ज हुन्छ ।' यही कारण हुनुपर्छ उनी छिटोभन्दा छिटो रिफ्रेस हुन चाहन्छिन् र ट्रेकिङ जसलाई फ्रेस हुने माध्यमका रुपमा लिएकी छिन् ।
यसबीचमा उनलाई अन्य चलचित्रको प्रस्ताव नआएका पनि होइनन् । तर, यी दुई फिल्ममा व्यस्त भएपछि ती प्रस्तावमा अनुबन्धित भइनन् उनी । अन्तराष्ट्रिय चलचित्रमा पनि अभिनय गर्ने उनको चाहना छ ।








0 comments:
Post a Comment