Translate

Sunday

कम्प्युटरबाटै उपचार !













राजधानीबाहिरका बासिन्दालाई खुसीको खबर छ किनभने अब उपचारका लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब 'राम्रा डाक्टर'लाई देखाउन राजधानी आउन, लाइन छिचोलेर टिकट काट्न र घन्टौँ कुर्सीमा बसेर पालो पर्खनु नपर्ने भएको छ ।

बिरामीले टेलिमेडिसिनबाट राजधानीमै रहेका विशेषज्ञ डाक्टरसँग समस्या राखे सल्लाह र प्रेस्िक्रप्सन पाउने सुविधा उपलब्ध भएको छ, फर्पिङको मनमोहन सामुदायिक अस्पतालमा । टेलिमेडिसिनको सहायताले विशेषज्ञ डाक्टरबाट उपचार भइरहेको छ । धेरैले गाउँमै बसेर विशेषज्ञ डाक्टरको सेवा पाएका छन्् ।

सहर धाउन नसक्नेहरूले स्थानीय अस्पतालमै पुगेर टेलिमेडिसिनको सुविधा मागे काठमाडौँको मोडल अस्पतालको केन्द्रीय कक्षमा रहने विशेषज्ञ डाक्टरसँग समस्या राख्न अनि प्रेस्िक्रप्सन र सल्लाह लिन पाइन्छ । ललितपुरको डुकुछाप, दक्षिणी काठमाडौँको चाल्नाखेल, शेषनारायण, सेतीदेवी, टल्कु, दक्षिणकाली र छैमले अनि मकवानपुरको फाखेल र इपाका बासिन्दालाई यस सेवाबाट प्रत्यक्ष फाइदा पुगेको अस्पतालका मेडिकल डाइरेक्टर पारस श्रेष्ठ बताउँछन् ।

अस्पतालमा आएका बिरामीलाई भूउपग्रहबाट चलाइएको इन्टरनेटबाट भिडियो कन्फरेन्समार्फत विशेषज्ञ डाक्टरसँग छलफल गराइने श्रेष्ठको कथन छ । "बिरामीले समस्या बताउँछन््, हामीले जाँचेर रपिोर्ट बताउँछौँ र कुराकानी हुन्छ," उनी भन्छन्, "त्यसैका आधारमा डाक्टरले पस्िक्रप्सन र निर्देशन दिन्छन् ।"

0 comments:

Post a Comment