Translate

Sunday

पाहुना भगाउने मेला



पाहुनालाई भगाउने संस्कृतिका रुपमा रहेको परम्परागत १२ वर्षमा लाग्ने नवदुर्गा मेला आइतबारदेखि सुरु भएको छ ।

हरेक १२ वर्षमा लाग्ने नवदुर्गा भवानीको मेला यो वर्ष ललितपुरको ठेचोमा सुरु भएको हो ।

मेलास्थल नवदुर्गा मन्दिरमा आइतबार बिहान ११ बजेको साइतमा ३४ गुठियारले पूजा गरेर मन्दिरमा ताल्चा लगाएपछि मेला सुरु भएको हो । यसरी ताल्चा लगाएपछि एक महिनासम्म मन्दिरको ताल्चा खोलिँदैन ।

पूजाका बेलामा एउटा राँगो बलि दिइन्छ । सोही दिन दिउँसो पूजा सकिएपछि साँझ ठेचोका बासिन्दाले भोज खाने चलन छ ।|

पर्व सुरु भएपछि ठेचोका बासिन्दाका परिवारजनहरू ठेचो आउन नहुने यो पर्वको मुख्य विशेषता हो । यो पर्वका अवधिभर पाहुनालाई निम्त्याइँदैन । घरमा भएका पाहुनालाई पनि आफ्नो घर छाड्न पहल गरिन्छ । ूपाहुनालाई हेलाँ गरेर रोकिने हैन, बाबुबाजेदेखिनै चलन नै यस्तै छ,ू पर्वका नाइके कृष्ण मालीले बताए ।

बाह्र वर्षको यो मेला माघ महिनामा भोज खुवाएर औपचारिकरुपमा सकिने धार्मिक परम्परा छ ।

पहिला मान्छे बलि दिने मेला भन्ने गरिए पनि पछिल्लो चरणमा मान्छे लखेट्ने अर्थात् पाहुना भगाउने मेलाका रुपमा प्रख्याति पाउँदै नवदुर्गा पर्वका नाइके कृष्ण माली बताउँछन् ।

अझ पछिल्लो समयमा त पर्व सुरु भएपछि बाहिरका मान्छे लखेट्छन् भन्ने सुन्ने गरेकाले मानिस नै आउन छाडेको पनि उनी बताउँछन् ।

ललितपुर गुठीले विसं २०५५ को पर्वमा खर्चस्वरुप जम्मा रु। पाँच हजार दिने गरेको भए पनि यसपालि भने पर्व र मेलाका लागि पैसा दिन आनकानी गरेको नाइकोको भनाइ छ ।

यकिन मिति नभए पनि विसं ९ सय ४५ सालदेखि परम्परागत रुपमा यो पर्व मनाइँदै आएको जानकार बताउँछन् ।

0 comments:

Post a Comment