मेरो सिनेमा १९ साउन २०६७,
आठवर्षपछि उनले पुनरागमन गरेको चलचित्र 'इसारा' यतिबेला सम्पादनको चरणमा छ । 'इसारा'बाट करियरलाई आइसब्रेक गरेका उनले यसअघि प्रस्तावित तीन चलचित्रमा खेलेनन् । वर्षौंपछि फिल्ममा उनी एउटा कुशल प्रेमीका रुपमा देखा परेका छन् जसले प्रेममा इशाराको भाषा बोल्छ ।
कमब्याक हिरोको अभिनय यो चलचित्रमा परिपक्व लाग्छ । 'दर्शकले यसमा उत्तमको दर्पण छायाँ फ्लेवर पाउनेछन्' एक मध्यान्ह अनामनगरस्थित स्टुडियोमा निर्देशक सविर श्रेष्ठ गफिए 'एउटा वर्गीय प्रेमीको प्रतिनिधित्व गरेका छन् उनले ।' उनको काउन्टरमा नायिका रेखा राजसी युवतीका रुपमा भैहालिन् ।
यतिबेला सिक्किममा उत्तम बाटो निर्माण र ठेक्कापट्टाको व्यवसायमा संलग्न छन् । यसअघि दुई नेपाली चलचित्र खेलिसकेका छन् उनले । 'इसारा' उनको तेस्रो फिल्म हो । यही फिल्मबाट अर्का नायक भूपेन चन्द ६ वर्षपछि कमब्याक गर्दैछन् । उमा बेबी उनकी प्रेमिका छिन् पर्दामा ।








0 comments:
Post a Comment