बिकिनी किलर चाल्स्र शोभराजको जीवनमा आधारित चलचित्रमा अमिर खान लिड रोल निर्वाह गर्ने क्रममा थिए । उनले यस सिलसिलामा दुईपटक शोभराजसँग भेटिसकेका छन् । शोभराजले यो कुरा एउटा अन्तवार्ताका क्रममा बताएका हुन् ।
एक अमेरिकी युवतीको हत्या अभियोगमा नेपालको सर्वोच्च अदालतले शोभराजलाई सर्वस्वसहित जेल सुनाए सुनाएको छ । फैसलाका क्रममा शोभराज भविष्यको योजनालाई लिएर निकै उत्साहित थिए । टाइम्स अफ इन्डिया-क्रेस्टलाई शनिबार दिएको अन्तवार्तामा शोभराजले अझै पनि आफ्नो सच्चाई मानिसहरु समक्ष नपुगिसकेको दाबी गरेका छन् ।
शोभराजका अनुसार उनको जीवनमा आधारित चलचित्र बनाउन हलिउड र बलिउडका निर्माताहरु हुरुक्क छन् । 'म यसबारे उहाँहरुसँग छलफलका लागि तयार छु' उनले भनेका छन् । स्वयम नेपालका एक निर्माता नारायण पुरीले शोभराजको जीवनमा आधारित चलचित्र बनाउने बताएका थिए ।
अमिरबारे बोल्दै शोभराजले भने 'मेरो जीवनबारेको फिल्म बनाउन मैले उसको प्रोजेक्टलाई अनुमति दिएको थिएँ । तर पछि उनीसँग भेट्न समस्या भएपछि मैले समय बढाउने प्रस्ताव अस्वीकार गरिदिएँ ।'








0 comments:
Post a Comment