पर्यटकीय नगरी पोखराका सबै वडामा अहिले कालो प्लास्टिकको झोला प्रयोग गर्न पाइँदैन। अहिले हैन, साउन १ गतेदेखि नै यस्तो प्रतिबन्ध लगाइएको हो। प्रयोग गरे १५ हजारसम्म जरिवाना गर्न सकिन्छ। अरु नगरपालिकाले पोखराको यो राम्रो पहललाई कहिलेदेखि पछ्याउने हुन् कुन्नि!
त्यसैगरी इलाम नगरपालिकाले नगरक्षेत्रभित्रका बासिन्दालाई आफ्नो लुगाफाटा जहीँतहीँ सुकाउन प्रतिबन्ध लगाएको पनि यही महिना हो।
नगरपालिकाको कार्यालयले घर अगाडि बार्दलीमा लुगा नसुकाउन र राजमार्ग छेऊमा सुँगुरको खोर नबनाउन समेत बजारबासीलाई चिठी पठाएको छ।
यस्तै पर्यटकीय जिल्ला इलामलाई थप सुन्दर बनाउन बार्दलीमा गमलामा फूल फूलाउन समेत सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ।








0 comments:
Post a Comment